प्रदेश २ का हत्याकोआरोपी मन्त्रीले गरेआत्मसमर्पण
सारांश
- काठमाडौ साउन,२८ ।
- प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले आज आफ्ना कानुन व्यावसायी रमेशकुमार पाण्डे मार्फत निवेदन दिँदै आत्मसर्मण गरेका हुन्।
- उनले महोत्तरी जिल्ला अदालत जलेश्वरसमक्ष आत्मसमर्पण गरेका हुन् ।
काठमाडौ साउन,२८ । प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले आज आफ्ना कानुन व्यावसायी रमेशकुमार पाण्डे मार्फत निवेदन दिँदै आत्मसर्मण गरेका हुन्।उनले महोत्तरी जिल्ला अदालत जलेश्वरसमक्ष आत्मसमर्पण गरेका हुन् ।
मधेस आन्दोलनको क्रममा आन्दोलनकारीहरुबाट असई थमन विकको हत्या गरिएको थियो। सोही मुद्दाका फरार अभियुक्त शर्माले सोमबार आत्मसमर्पण गरेका हुन्। उनले अदालतबाट उपस्थितिका लागि जारी भएको परमादेशको सम्मान गर्दै आफू अदालतसमक्ष उपस्थित भएको निवेदनमा उल्लेख गरेका छन्।
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरी उच्च अदालतमा मुद्दा विचाराधीन रहेको समयमा २ नम्बर प्रदेशले उनलाई राज्यमन्त्रीमा सपथ गराएको थियो। सपथलगत्तै विवादमा आएपछि उनी बिरुद्ध उच्च अदालत धनुषाले उनलाई अदालत उपस्थित हुन नत्र पक्राउ गर्न प्रहरीको नाममा आदेश जारी गरेको थियो।पक्राउ गर्ने आदेश आएपछी भने उनि फरार रहेका थिए।
Umesh Limbu
हाम्रो देशमा गुन्डाहरु संमसद बन्छ्न ! हत्याराहरु मन्त्री @?? अनि सुखी र श्रमृिद्धी नेपालको सपना जन्ताहरु लाई देखांउँ छ्न, अरे बाफ्रे, बाफ @????
Uday Tamang
कर्म काे फल !!!