सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २७, २०७४
|
|
२३ पटक हेरिएको
Shares
सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन

सारांश

  • काठमाडौँ, २७ मंसिर, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जननिर्वाचित स्थानीय तहका प्रतिनिधिलाई सात दिनभित्र आर्थिक वर्ष २०७३÷२०७४ को सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको छ ।
  • मन्त्रालयले आज जिल्ला समन्वय समिति तथा स्थानीय तहलाई परिपत्र गरी भ्रष्टाचार निवारण ऐन, २०५९ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको प्रवक्ता रुद्रसिंह तामाङले बताउनुभयो ।
  • यसअघि गत असार २८ गते र कात्तिक २४ गते स्थानीय तहका प्रतिनिधिलाई सम्पत्ति विवरण पेश गर्न परिपत्र गरे पनि २० जिल्लाका आंशिकबाट मात्र विवरण राष्ट्रिय सतर्कता केन्द्रको वेबसाइटमा प्रविष्टि गराइएको थियो ।

काठमाडौँ, २७ मंसिर, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जननिर्वाचित स्थानीय तहका प्रतिनिधिलाई सात दिनभित्र आर्थिक वर्ष २०७३÷२०७४ को सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले आज जिल्ला समन्वय समिति तथा स्थानीय तहलाई परिपत्र गरी भ्रष्टाचार निवारण ऐन, २०५९ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको प्रवक्ता रुद्रसिंह तामाङले बताउनुभयो ।

यसअघि गत असार २८ गते र कात्तिक २४ गते स्थानीय तहका प्रतिनिधिलाई सम्पत्ति विवरण पेश गर्न परिपत्र गरे पनि २० जिल्लाका आंशिकबाट मात्र विवरण राष्ट्रिय सतर्कता केन्द्रको वेबसाइटमा प्रविष्टि गराइएको थियो । मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले मंगलबार निर्णय गरी सात दिनभित्र विवरण दर्ता गराउन अनुरोध गर्नुभएको हो ।

सात दिनभित्र विवरण नपठाए कानूनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड अस्पतालमा !
प्रचण्ड अस्पतालमा !
महामारीको सन्नाटामा विश्व शक्तिराष्ट्र अमेरिका
महामारीको सन्नाटामा विश्व शक्तिराष्ट्र अमेरिका
निर्माण व्यवसायी र युवा संघका अध्यक्षको हत्यामा संलग्नहरु जेल
निर्माण व्यवसायी र युवा संघका अध्यक्षको हत्यामा संलग्नहरु जेल
राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जनचाहना पुरा हुने : अध्यक्ष थापा
राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जनचाहना पुरा हुने : अध्यक्ष थापा
देशभरका १४० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन
देशभरका १४० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन
कहाँबाट आईस……..सिमाना मा नेपाली लाई ठाडो प्रश्न
कहाँबाट आईस……..सिमाना मा नेपाली लाई ठाडो प्रश्न
‘राष्ट्रिय दिवस मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ’
‘राष्ट्रिय दिवस मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ’
३३ किलाे सुन प्रकरणका एसएसपी खत्रीले गरे आत्मसर्मपण !
३३ किलाे सुन प्रकरणका एसएसपी खत्रीले गरे आत्मसर्मपण !
स्थानीय तह निर्वाचनमा थोरै मत अन्तरले जित्ने भागयमानी हरु को को ? हेर्नुहोस नाम लिस्ट
स्थानीय तह निर्वाचनमा थोरै मत अन्तरले जित्ने भागयमानी हरु को को ? हेर्नुहोस नाम लिस्ट
‘हिन्दूराष्ट्र नेपाल’ माग्दै भारतमा गतिविधि, त्यसको प्रभाव काठमाण्डूमा कति?
‘हिन्दूराष्ट्र नेपाल’ माग्दै भारतमा गतिविधि, त्यसको प्रभाव काठमाण्डूमा कति?

तपाईंले छुटाउनुभयो कि?