गोरुले हान्दा मान्छेको ज्यान गयो
सारांश
- काठमाडौं, २२ असोज ।
- रुकुमको घोरनेटीमा गोरुले हान्दा मान्छेको ज्यान गएको छ ।
- गोरुले हान्दा रुकुमको मुसीकोट नगरपालिका ९ घोरनेटीका ५२ वर्षीय केवलसिंह खड्काको मृत्यु भएको हो ।
काठमाडौं, २२ असोज । रुकुमको घोरनेटीमा गोरुले हान्दा मान्छेको ज्यान गएको छ । गोरुले हान्दा रुकुमको मुसीकोट नगरपालिका ९ घोरनेटीका ५२ वर्षीय केवलसिंह खड्काको मृत्यु भएको हो ।
घरमै आफैले पालेको गोरुले हानेपछि खड्काको घटनास्थलमै मृत्यु भएको बताइएको छ । सोमबार छिमेकी झकप्रसाद खड्काको बारी जोत्ने क्रममा गोरु नार्न खोज्दा उनलाई गोरुले हानेको स्थानीय खडानन्द शमाले बताएका छन् । खड्काको शव पोस्टमार्टमका लागि सदरमुकाम खलंगा ल्याइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया