राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जनचाहना पुरा हुने : अध्यक्ष थापा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
४२ पटक हेरिएको
Shares
राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जनचाहना पुरा हुने : अध्यक्ष थापा

सारांश

  • काठमाडौं, माघ १६ ।
  • राप्रपाले आज राष्ट्रियता, प्रजातन्त्र र जनताको अधिकारका लागि प्राणको बलिदान गर्ने शदिहरुको सम्मानमा श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।
  • सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले शहिदहरुको बलिदानबाट नेपाली जनताले प्रजातन्त्रको सुनौलो बिहानी देख्ने अवसर प्राप्त भएको उल्लेख गरे ।

काठमाडौं, माघ १६ । राप्रपाले आज राष्ट्रियता, प्रजातन्त्र र जनताको अधिकारका लागि प्राणको बलिदान गर्ने शदिहरुको सम्मानमा श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।

सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले शहिदहरुको बलिदानबाट नेपाली जनताले प्रजातन्त्रको सुनौलो बिहानी देख्ने अवसर प्राप्त भएको उल्लेख गरे ।

अध्यक्ष थापाले प्रजातन्त्रको स्थापना भएको ६७ वर्षसम्म स्थायी राजनीतिक प्रणाली स्थापना गर्न नसकिएकोमा दुःख व्यक्त गर्दै ०७२ सालमा संविधान जारी भएपश्चात पनि राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जनचाहना पुरा हुनेमा आशंका व्यक्त गरे ।

नयाँ जनादेश अनुसार अब केही दिनमा नयाँ सरकार बन्दैछ तर राजनीतिक स्थिरता, आर्थिक समृद्धि र विकासको मुद्धामा साझा दृष्टिकोण नबनेकोले जनताको चाहना अधुरे रहनेमा उनले आशंका व्यक्त गरेका हुन् ।

उहि पात्र, उहि दल र उहि चरित्र कायम रहेसम्म जनचाहना कुठाराघात भइरहने पनि उनले दाहो¥याएका छन् ।

शदि दिवसको अवसरमा शहिदहरुको त्याग र वलिदान सम्झेर पार्टीभन्दामाथि उठेर एकताबद्ध हुन उनले सबै राजनीतिक दल र नेताहरुलाई आग्रह समेत गरेका छन् ।

कार्यक्रमलाई पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री जयन्त चन्दले समेत सम्बोधन गरेका थिए ।

सो कार्यक्रममा शदिहरु गंगालाल श्रेष्ठ, दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा लगायत राष्ट्रियता, प्रजातन्त्र र हिन्दूत्वको रक्षार्थ प्राण आहुती दिने करिब १०० जना राप्रपाका नेता तथा कार्यकर्ताहरुको स्मरण गरिएको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    पदम राज गिरि

    खै अब तिमिले सिङ्गह भयर जाँदा केही माखाे मारेनाै अब स्यल भयर झरेउ के उपति पाराैला ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशसभा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान
प्रदेशसभा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान
आत्मघाती बम आक्रमणमा दुई पत्रकारकाे मृत्यु !
आत्मघाती बम आक्रमणमा दुई पत्रकारकाे मृत्यु !
कर्णालीका नाममा ओली-प्रचण्डबीच टकराव, नेकपाभित्र ठुलै कम्पनको संकेत
कर्णालीका नाममा ओली-प्रचण्डबीच टकराव, नेकपाभित्र ठुलै कम्पनको संकेत
करिव डेढ लाख गाई मारिँदै !
करिव डेढ लाख गाई मारिँदै !
कांग्रेसमा विभागहरुको नाम र कार्य क्षेत्रमा पनि व्यापक हेरफेर
कांग्रेसमा विभागहरुको नाम र कार्य क्षेत्रमा पनि व्यापक हेरफेर
नेपालगञ्ज बसपार्कबाट प्रतिबन्धित भारतीय नोटसहित एक पक्राउ
नेपालगञ्ज बसपार्कबाट प्रतिबन्धित भारतीय नोटसहित एक पक्राउ
नेकपा विवादः प्रचण्डलगायतका नेताहरुको राजीनामाको माग यथावत्, मंसिरमा महाधिवेशन अमान्य
नेकपा विवादः प्रचण्डलगायतका नेताहरुको राजीनामाको माग यथावत्, मंसिरमा महाधिवेशन अमान्य
यस्ता छन् २०७५ सालको मुख्य चाडपर्वः दसैंको टीका २ कात्तिकमा
यस्ता छन् २०७५ सालको मुख्य चाडपर्वः दसैंको टीका २ कात्तिकमा
लोकमान पथमा आईओएमका डिन अग्रवाल, डा. केसीको आन्दोलनका उपलव्धि संकटमा
लोकमान पथमा आईओएमका डिन अग्रवाल, डा. केसीको आन्दोलनका उपलव्धि संकटमा
डेब्यू गरेका सन्दिपले लीए पहिलो ओभर मै दुई विकेट
डेब्यू गरेका सन्दिपले लीए पहिलो ओभर मै दुई विकेट