नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान:चितवनमा घडा थापेर स्थानीयले स्वागत गरे
सारांश
- नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान शनिबार मकवानपुरबाट चितवन प्रवेश गरेको छ ।
- बिहान हेटौंडाको हुप्रचौरबाट अघि बढेको अभियान टोलीलाई राजमार्गका मनहरी लगायतका बजारमा स्थानीय एमाले कार्यकर्ता र समर्थकले स्वागत गरेका छन् ।
- टोली चितवन प्रवेश गर्दा लोथरमा सोही क्षेत्रबाट निर्वाचित सांसद तथा एमाले नेता सुरेन्द्र पाण्डे, जिल्ला अध्यक्ष कृष्णभक्ता पोखरेलसहितका नेता कार्यकर्ताले स्वागत गरेका थिए ।
नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान शनिबार मकवानपुरबाट चितवन प्रवेश गरेको छ । बिहान हेटौंडाको हुप्रचौरबाट अघि बढेको अभियान टोलीलाई राजमार्गका मनहरी लगायतका बजारमा स्थानीय एमाले कार्यकर्ता र समर्थकले स्वागत गरेका छन् ।
टोली चितवन प्रवेश गर्दा लोथरमा सोही क्षेत्रबाट निर्वाचित सांसद तथा एमाले नेता सुरेन्द्र पाण्डे, जिल्ला अध्यक्ष कृष्णभक्ता पोखरेलसहितका नेता कार्यकर्ताले स्वागत गरेका थिए । लोथरबाट अघि बढेको एमालेको र्यालीले करीव १२ किलोमिटर राजमार्ग ओगटेको प्रहरीले जनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार हेटौंडामा कम्तिमा १० किलोमिटर राजमार्ग एमालेको अभियानका गाडी,मोटरसाइकल र अन्य सवारी साधनले ढाक्नुपर्ने निर्देशन दिएबमोजिम एक घर एक साधनका हिसाबले चितवनबाट सहभागी जुटेको छ।
एमालेको अभियान चितवन प्रवेश गरेपछि राजमार्ग क्षेत्रमा ुएक घर एक घडा थापेर स्थानीयले स्वागत गरेका छन् । प्रत्येक घरबाट मोटरसाइकल र सवारी साधनसहित मानिसहरु अभियानमा थपिँदा एमालेको र्यालीमा दश हजार भन्दा बढीको सहभागिता रहेको थापाको दाबी छ ।

र्यालीको नेतृत्व एमाले नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, ईश्वर पोखरेल लगायतले गरेका छन् । अध्यक्ष ओली भने भरतपुरमा छन् ।
भण्डारा हुँदै नारायणी नदी किनारामा पुगेर जनसभा हुने एमाले प्रचार विभागका सचिव बिष्णु रिजालले बताए ।
नारायणगढको जनसभापछि सबैभन्दा ठूलो आमसभा नवलपरासीको कावासोतीमा तयारी भइरहेको एमालेका ४ नम्बर प्रदेश संयोजक किरण गुरुङले बताए । कावासोतीमा ५० हजार मान्छेको सहभागितामा मेची महाकाली अभियानको सभा हुने उनले बताए ।
अभियान टोली चितवन प्रवेश गरेपछि स्थानीय थारु गुरुङ मगर समुदायले आ आफ्ना सांस्कृतिक झाँकी सहित नाचगान गरेर स्वागत गरेका छन् । अभियानमा अहिलेसम्मकै सबैभन्दा ठूलो जनसहभागिता चितवनमा देखिएको थापाले बताए ।
फागुन २१ देखि झापाबाट सुरु भएको एमालेको अभियान २३ गते सप्तरीमा भएको झडपपछि तीन दिनका लागि रोकिएको थियो । कञ्चनपुरसम्म पुग्ने यो अभियान शुक्रबार मकवानपुरदेखि पुनः सुरु भएको छ ।
दुई नम्बर प्रदेशमा भने अभियान रोकिएको एमालेले जनाएको छ ।
प्रतिक्रिया