इलाम समानुपातिकमा एमाले पहिलो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २९, २०७४
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • इलाम, २९ मंसिर, प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ पहिलो बनेको वाम गठबन्धनकै एउटा घटक नेकपा (एमाले) समानुपातिकतर्फको मतगणनामा पनि पहिलो भएको छ ।
  • अन्तिम नतिजाअनुसार ६१ हजार ६३० मतसहित समानुपातिकमा एमालेकै अग्रता रहेको हो ।
  • दोस्रो स्थानमा नेपाली काँग्रेसले ४२ हजार ३९२ मत प्राप्त गरेको छ ।

इलाम, २९ मंसिर, प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ पहिलो बनेको वाम गठबन्धनकै एउटा घटक नेकपा (एमाले) समानुपातिकतर्फको मतगणनामा पनि पहिलो भएको छ । अन्तिम नतिजाअनुसार ६१ हजार ६३० मतसहित समानुपातिकमा एमालेकै अग्रता रहेको हो ।

दोस्रो स्थानमा नेपाली काँग्रेसले ४२ हजार ३९२ मत प्राप्त गरेको छ । नेकपा (माओवादी केन्द्र)ले सात हजार २२६ मत प्राप्त गरेको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा एमालेले ३१ हजार २४७ र क्षेत्र नं २ मा ३० हजार ३८३ मत प्राप्त गरेको हो । त्यस्तै, नेपाली काँग्रेसले प्रतिनिधिसभा क्षेत्र नं १ मा १७ हजार ७०६ मत र क्षेत्र नं २ मा २४ हजार ६८६ मत प्राप्त गरेको छ ।

नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा क्षेत्र नं १ मा तीन हजार २०४ र प्रतिनिधिसभा क्षेत्र नं २ मा चार हजार २२ मत प्राप्त गरेको छ ।

चौथो स्थानमा रहेको संघीय समाजवादी फोरम नेपालले निर्वाचन क्षेत्र नं १ मा एक हजार ७९० र क्षेत्र नं २ मा एक हजार ५६७ मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा क्षेत्र नं १ मा दुई हजार २२१, क्षेत्र नं २ मा ३५९ मत प्राप्त गरेको छ । नयाँ शक्ति पार्टी नेपालले प्रतिनिधिसभा क्षेत्र नं १ मा २१२ र प्रतिनिधिसभा क्षेत्र नं २ मा १०५ मत प्राप्त गरेको छ ।

प्रदेशसभातर्फ क्षेत्र नं १ को (क) मा एमालेले १५ हजार ३५२, नेपाली काँग्रेसले सात हजार ८५१ र माओवादी केन्द्रले एक हजार ५६८ मत प्राप्त गरेको हो ।

प्रदेशसभा क्षेत्र नं १ (ख) मा एमालेले १४ हजार २४०, नेपाली काँग्रेसले आठ हजार ७५२ र माओवादी केन्द्रले एक हजार ९७३ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा क्षेत्र नं २ (क) मा एमालेले १६ हजार २०२, नेपाली काँग्रेसले १४ हजार ३११ र माओवादी केन्द्रले दुई हजार १८४ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा क्षेत्र नं २ (ख) मा एमालेले ११ हजार ८७१, काँग्रेसले आठ हजार ९६१ र माओवादी केन्द्रले दुई हजार ९६७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

इलाममा दुई लाख चार हजार ४६ मतदाता रहेका थिए । यहाँ प्रदेशसभा क्षेत्र नं १ मा ६४ हजार ४७९ मत खसेको थियो भने चार हजार ५३० मत बदर भएको थियो ।

प्रदेशसभा–२ मा ६९ हजार ७४८ मत खसेको थियो भने तीन हजार ५३७ मत बदर भएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको इलामका सबै स्थानमा वाम गठबन्धनले एकलौटी विजय हासिल गरिसकेको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थमन्त्रालयले निकाल्यो कर्मचारीको तलब विवरण, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, सेना, पुलिस, सशस्त्र, शिक्षक कस्को तलब कति ?
अर्थमन्त्रालयले निकाल्यो कर्मचारीको तलब विवरण, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, सेना, पुलिस, सशस्त्र, शिक्षक कस्को तलब कति ?
Neha Dhupia and Angad Bedi’s candid clicks
Neha Dhupia and Angad Bedi’s candid clicks
एमाले–माओवादी केन्द्रको ब्यानर : लेनिन दिवसमै छैन लेनिनको फोटो, कार्यकर्तामा आक्रोश र चर्को नाराबाजी
एमाले–माओवादी केन्द्रको ब्यानर : लेनिन दिवसमै छैन लेनिनको फोटो, कार्यकर्तामा आक्रोश र चर्को नाराबाजी
एक महिनाभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही
एक महिनाभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही
बैतडीमा र बाजुरामा बजार अनुगमन शुरु
बैतडीमा र बाजुरामा बजार अनुगमन शुरु
चन्द्रागिरी हिल्सको शेयर बाँडफाँड, १० लाखको हात खाली
चन्द्रागिरी हिल्सको शेयर बाँडफाँड, १० लाखको हात खाली
प्रधानमन्त्री ओलीको बहुअंगमा समस्या आएपछि बढ्यो जोखिम
प्रधानमन्त्री ओलीको बहुअंगमा समस्या आएपछि बढ्यो जोखिम
म त माया गर्ने मान्छे:प्रिय
म त माया गर्ने मान्छे:प्रिय
प्रधानमन्त्रीलाई डा. संग्रौलाले दिए यस्तो सुझाव : ‘हाम्रा परिवार एनजिओले भत्काइसके, एकनाथजस्ता असफल पार्न उद्दत छन्’
प्रधानमन्त्रीलाई डा. संग्रौलाले दिए यस्तो सुझाव : ‘हाम्रा परिवार एनजिओले भत्काइसके, एकनाथजस्ता असफल पार्न उद्दत छन्’
OH NO! Karan Patel’s wife Ankita Bhargava suffers miscarriage
OH NO! Karan Patel’s wife Ankita Bhargava suffers miscarriage

तपाईंले छुटाउनुभयो कि?