एमालेभित्र राष्ट्रपति बन्न लबिङ

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०७४
|
|
३६ पटक हेरिएको
Shares
एमालेभित्र राष्ट्रपति बन्न लबिङ

सारांश

  • काठमाडौं, माघ २४  ।
  • एमाले र माओवादी केन्द्रबीच संघीय सरकारमा प्रमुख पदहरुको बाँडफाँट नभए पनि एमालेभित्र राष्ट्रपति बन्नका लागि दौड चलेको छ ।
  • बर्तमान राष्ट्रपति विद्यादेखी भण्डारीले दोहोरिने ईच्छा देखाएकी छिन् ।

काठमाडौं, माघ २४  । एमाले र माओवादी केन्द्रबीच संघीय सरकारमा प्रमुख पदहरुको बाँडफाँट नभए पनि एमालेभित्र राष्ट्रपति बन्नका लागि दौड चलेको छ ।

बर्तमान राष्ट्रपति विद्यादेखी भण्डारीले दोहोरिने ईच्छा देखाएकी छिन् । एमाले वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री झलनाथ खनालले पनि राष्ट्रपतिमा दावी गरेका छन् । भण्डारी राष्ट्रपति हुनुअघि उनी एमाले पदाधिकारी थिइन् ।

भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग राष्ट्रपतिमा दोहोरिन ईच्छा दर्शाएकी छिन् ।

गत महिना माओवादी अध्यक्ष दाहाल परिवारलार्य राष्ट्रपति निवासमै डिनर दिएकी भण्डारीले यसैसाता ओली र दाहाललाई बोलाएर लन्च मिटिङ गरेकी छिन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?