अन्तरिक्ष तारामण्डल अवलोकनमै सीमित

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १७ माघ- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय  परिसरमा ४ हजार २ सय वर्गमिटर क्षेत्रफलको ठूलो भवन छ ।
  •   बिपी मेमोरियल प्लानेटोरियम अब्जरभेटरी तथा विज्ञान संग्रहालय नाम दिइएको यो संस्था २६ वर्षपहिले अन्तरिक्ष विज्ञान अध्ययनका लागि स्थापना गरिएको आजको नागरिक दैनिकमा खबर छ ।
  • संस्थाले अहिले नगरकोटमा रहेको वेधशालाबाट आकाशीय पिण्डको दृश्यावलोकन गर्नेबाहेक अन्य काम गर्न सकेको छैन ।

काठमाडौं, १७ माघ- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय  परिसरमा ४ हजार २ सय वर्गमिटर क्षेत्रफलको ठूलो भवन छ ।  बिपी मेमोरियल प्लानेटोरियम अब्जरभेटरी तथा विज्ञान संग्रहालय नाम दिइएको यो संस्था २६ वर्षपहिले अन्तरिक्ष विज्ञान अध्ययनका लागि स्थापना गरिएको आजको नागरिक दैनिकमा खबर छ ।

संस्थाले अहिले नगरकोटमा रहेको वेधशालाबाट आकाशीय पिण्डको दृश्यावलोकन गर्नेबाहेक अन्य काम गर्न सकेको छैन ।२०४८ सालमा स्थापना भएको यो संस्थासँग अध्ययन गर्ने उपकरणका रुपमा एउटा १६ इन्चको टेलिस्कोप छ । संस्थासँग अन्तरिक्षको अध्ययन गर्ने छुट्टै जनशक्ति छैन ।

 खगोल विज्ञान, अन्तरिक्ष विज्ञान र वेधशालाको अध्ययन एवं  विज्ञान संग्रहालय निर्माणको लक्ष्यसहित स्थापना भएको संस्थाले हाल नगरकोटमा रहेको वेधशालामार्फत खगोल विज्ञानका विद्यार्थीलाई सय पूर्णांकको शोधलेखन गराउँदै आएको छ । यसबाहेक संस्थाको लक्ष्यअनुसारको उपलब्धि देखिँदैन । ‘हामीसँग प्रविधिको अभाव छ, यसको परिणाम अध्ययनमा पनि देखिन्छ,’ संग्रहालयका सहकार्यकारी निर्देशक सनतकुमार शर्माले भने ।

उनका अनुसार १६ इन्चको टेलिस्कोपमार्फत  विद्यार्थीलाई आकाशीय पिण्ड अवलोकन तथा अध्ययन गराइन्छ । ‘हामीसँग एउटा टेलिस्कोपमात्र छ, त्यो पनि बिग्रेमा विद्यार्थीलाई शोधलेखन गराउन नसक्ने अवस्था छ’, उनले भने । संस्थाको लक्ष्यमा लेखिएको छ, ‘नेपाललाई अति उत्कृष्ट वैज्ञानिक र प्राविधिक अध्ययन र विकासको परिपे्रक्ष्यबाट योगदान गर्दै अन्तरिक्ष प्रविधिलाई अद्वितीय स्रोतका माध्यमबाट सबै नेपालीको गर्वको स्रोतका रुपमा विकास गर्ने ।’  संस्थाले लक्ष्यअनुसार काम गर्न सकिरहेको छ त ? संस्थाका सहकार्यकारी निर्देशक शर्मा भन्छन्, ‘त्यसका लागि सुविधासम्पन्न प्रयोगशाला र पर्याप्त स्रोतसाधन एवं जनशक्ति आवश्यक पर्छ तर हाम्रोमा त्यस्तो सुविधा छैन ।’ स्रोतसाधनबिना लक्ष्य पूरा हुन नसक्ने उनी बताउँछन् । उनी नेपालमा अन्तर्राष्ट्रिय स्तरको अन्तरिक्ष अध्ययनका लागि आवश्यक उपकरण नभएको बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?