अन्तरिक्ष तारामण्डल अवलोकनमै सीमित

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १७ माघ- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय  परिसरमा ४ हजार २ सय वर्गमिटर क्षेत्रफलको ठूलो भवन छ ।
  •   बिपी मेमोरियल प्लानेटोरियम अब्जरभेटरी तथा विज्ञान संग्रहालय नाम दिइएको यो संस्था २६ वर्षपहिले अन्तरिक्ष विज्ञान अध्ययनका लागि स्थापना गरिएको आजको नागरिक दैनिकमा खबर छ ।
  • संस्थाले अहिले नगरकोटमा रहेको वेधशालाबाट आकाशीय पिण्डको दृश्यावलोकन गर्नेबाहेक अन्य काम गर्न सकेको छैन ।

काठमाडौं, १७ माघ- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय  परिसरमा ४ हजार २ सय वर्गमिटर क्षेत्रफलको ठूलो भवन छ ।  बिपी मेमोरियल प्लानेटोरियम अब्जरभेटरी तथा विज्ञान संग्रहालय नाम दिइएको यो संस्था २६ वर्षपहिले अन्तरिक्ष विज्ञान अध्ययनका लागि स्थापना गरिएको आजको नागरिक दैनिकमा खबर छ ।

संस्थाले अहिले नगरकोटमा रहेको वेधशालाबाट आकाशीय पिण्डको दृश्यावलोकन गर्नेबाहेक अन्य काम गर्न सकेको छैन ।२०४८ सालमा स्थापना भएको यो संस्थासँग अध्ययन गर्ने उपकरणका रुपमा एउटा १६ इन्चको टेलिस्कोप छ । संस्थासँग अन्तरिक्षको अध्ययन गर्ने छुट्टै जनशक्ति छैन ।

 खगोल विज्ञान, अन्तरिक्ष विज्ञान र वेधशालाको अध्ययन एवं  विज्ञान संग्रहालय निर्माणको लक्ष्यसहित स्थापना भएको संस्थाले हाल नगरकोटमा रहेको वेधशालामार्फत खगोल विज्ञानका विद्यार्थीलाई सय पूर्णांकको शोधलेखन गराउँदै आएको छ । यसबाहेक संस्थाको लक्ष्यअनुसारको उपलब्धि देखिँदैन । ‘हामीसँग प्रविधिको अभाव छ, यसको परिणाम अध्ययनमा पनि देखिन्छ,’ संग्रहालयका सहकार्यकारी निर्देशक सनतकुमार शर्माले भने ।

उनका अनुसार १६ इन्चको टेलिस्कोपमार्फत  विद्यार्थीलाई आकाशीय पिण्ड अवलोकन तथा अध्ययन गराइन्छ । ‘हामीसँग एउटा टेलिस्कोपमात्र छ, त्यो पनि बिग्रेमा विद्यार्थीलाई शोधलेखन गराउन नसक्ने अवस्था छ’, उनले भने । संस्थाको लक्ष्यमा लेखिएको छ, ‘नेपाललाई अति उत्कृष्ट वैज्ञानिक र प्राविधिक अध्ययन र विकासको परिपे्रक्ष्यबाट योगदान गर्दै अन्तरिक्ष प्रविधिलाई अद्वितीय स्रोतका माध्यमबाट सबै नेपालीको गर्वको स्रोतका रुपमा विकास गर्ने ।’  संस्थाले लक्ष्यअनुसार काम गर्न सकिरहेको छ त ? संस्थाका सहकार्यकारी निर्देशक शर्मा भन्छन्, ‘त्यसका लागि सुविधासम्पन्न प्रयोगशाला र पर्याप्त स्रोतसाधन एवं जनशक्ति आवश्यक पर्छ तर हाम्रोमा त्यस्तो सुविधा छैन ।’ स्रोतसाधनबिना लक्ष्य पूरा हुन नसक्ने उनी बताउँछन् । उनी नेपालमा अन्तर्राष्ट्रिय स्तरको अन्तरिक्ष अध्ययनका लागि आवश्यक उपकरण नभएको बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धादिङको ज्वालामुखीमा बोलेरो दुर्घटना, १३ जना घाईते
धादिङको ज्वालामुखीमा बोलेरो दुर्घटना, १३ जना घाईते
ओखलढुंगामा वाम गठबन्धनको क्लिनस्वीप, कांग्रेसका रामहरीले भने- मेरो पनि जित भयो
ओखलढुंगामा वाम गठबन्धनको क्लिनस्वीप, कांग्रेसका रामहरीले भने- मेरो पनि जित भयो
एकाएक अमेरिका पलायन भएका प्रेम बानियाँले अमेरिकाबाटै झटारो हाने नेताहरूलाई {भिडियो हेर्नुस}
अकुत सम्पत्ति कमाएको आरोपमा पूर्वमुख्यसचिव क्षेत्री र तीन पूर्व आइजिपी अख्तियार तानिए
अकुत सम्पत्ति कमाएको आरोपमा पूर्वमुख्यसचिव क्षेत्री र तीन पूर्व आइजिपी अख्तियार तानिए
गठबन्धनमा गडबडीको संकेत
गठबन्धनमा गडबडीको संकेत
बर्खास्त भएपछि प्रधानन्यायाधीशले दिए राजीनामा
बर्खास्त भएपछि प्रधानन्यायाधीशले दिए राजीनामा
चितवनमा बस र ट्रक ठोक्किदा २९ घाइते, एक जनाको अवस्था गम्भीर
चितवनमा बस र ट्रक ठोक्किदा २९ घाइते, एक जनाको अवस्था गम्भीर
यो हो काठमाडौँको पहिलो मोटरसाइकल !
यो हो काठमाडौँको पहिलो मोटरसाइकल !
एमालेलाई एक्लै सरकार चलाएर देखाउन दिपेश पुनको चुनौती
एमालेलाई एक्लै सरकार चलाएर देखाउन दिपेश पुनको चुनौती
ट्रम्प-नेतान्याहुबीच गाजा युद्ध अन्त्य गर्ने २०-बुँदे योजना, समीक्षा गर्दै हमास
ट्रम्प-नेतान्याहुबीच गाजा युद्ध अन्त्य गर्ने २०-बुँदे योजना, समीक्षा गर्दै हमास