विकासमा एक भएर काम गर्ने तेह्रथुमबाट जित्ने र हार्ने नेताको प्रतिबद्धता

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १, २०७४
|
|
३० पटक हेरिएको
Shares
विकासमा एक भएर काम गर्ने तेह्रथुमबाट जित्ने र हार्ने नेताको प्रतिबद्धता

सारांश

  • तेह्रथुम, पुस १ – तेह्रथुममा चुनाव जित्ने र हार्ने सबै नेताले जिल्लाको विकासमा मिलेर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
  • प्रतिनिधिसभा चुनावमा जिल्लाबाट दोश्रोपटक विजयी हुनुभएका एमाले नेता भवानीप्रसाद खापुङले विजय उत्सवलाई सम्बोधन गर्दै ‘अहिलेसम्म संक्रमणकाल थियो, अब वाम गठबन्धनको स्थायी सरकार बन्छ, आर्थिक समृद्धि र विकासको लहर सुरु हुन्छ ।
  • ’ विजयी नेता खापुङले यसअघि संविधान सभाको सदस्य हुँदा अधिक समय संविधान निर्माणमा बितेको र अब विकासका काममा ध्यान लगाउने बताउनुभयो ।

तेह्रथुम, पुस १ – तेह्रथुममा चुनाव जित्ने र हार्ने सबै नेताले जिल्लाको विकासमा मिलेर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभा चुनावमा जिल्लाबाट दोश्रोपटक विजयी हुनुभएका एमाले नेता भवानीप्रसाद खापुङले विजय उत्सवलाई सम्बोधन गर्दै ‘अहिलेसम्म संक्रमणकाल थियो, अब वाम गठबन्धनको स्थायी सरकार बन्छ, आर्थिक समृद्धि र विकासको लहर सुरु हुन्छ ।’ विजयी नेता खापुङले यसअघि संविधान सभाको सदस्य हुँदा अधिक समय संविधान निर्माणमा बितेको र अब विकासका काममा ध्यान लगाउने बताउनुभयो ।

पहिलो संविभानसभा चुनाव २०६४ सालमा कांग्रेसका तुलसी सुब्बासँग पराजित खापुङ २०७० सालको दोस्रो संविधानसभा चुनावमा सुब्बालाई नै पराजित गरी सभासद हुनुभयो । दोश्रो पटक जिल्लाबाट निर्वाचित खापुङले अब सडक निर्माण, सिंचाई, खानेपानी लगायत पुर्वाधार विकास प्राथमिकतामा राख्ने बताउनुभयो ।

कोणसभामा नेकपा एमालेका विजयी नेताहरुले जिल्लालाई नमुना बनाउन भूमिका खेल्ने बताए । प्रदेशसभा (क) बाट विजयी नेकपा एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारीले जिल्लालाई प्रदेश नम्बर १ कै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने बताउनुभयो । त्यस्तै प्रदेशसभा (ख) बाट निर्वाचित एमाले नेता तेजमान कन्दङवाले आफ्नो क्षेत्रलाई भ्रष्टाचारमुक्त बनाउने घोषणा गर्नुभयो ।

चुनाव जितेका उम्मेदवारले विजय उत्सवमा विकास र समृद्धिका प्रतिवद्धता जनाउँदै गर्दा चुनाव हारेका कांग्रेस उम्मेदवारले पत्रकार सम्मेलन गर्दै अबका पाँच वर्ष नागरिक काम गर्ने बताउँनुभयो । पत्रकार सम्मेलनमा बोल्दै भौतिक पूर्वाधार तथा राज्यमन्त्री समेत रहनुभएकी कांग्रेस नेतृ सीता गुरुङले भन्नुभयो, ‘विकासका हिसाबले जिल्ला धेरै पछाडि छ, त्यसका निम्ती सबैले राजनीति भन्दा माथि उठ्न सक्नुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?