आजपनि ओली–प्रचण्डबीच भेटवार्ता हुँदै, यस्ता छन् छलफलका एजेण्डा ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०७४
|
|
३१ पटक हेरिएको
Shares
आजपनि ओली–प्रचण्डबीच भेटवार्ता हुँदै, यस्ता छन् छलफलका एजेण्डा ?

सारांश

  • काठमाडौं, माघ ६ ।
  • एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आजपनि भेटवार्ता हुँदैछ ।
  • प्रदेश सरकार गठन र पार्टी एकताबारे बाम गठवन्धनका दुई शीर्ष नेताहरु छलफल हुन लागेको हो ।

काठमाडौं, माघ ६ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आजपनि भेटवार्ता हुँदैछ । प्रदेश सरकार गठन र पार्टी एकताबारे बाम गठवन्धनका दुई शीर्ष नेताहरु छलफल हुन लागेको हो ।

राष्ट्रियसभामा साझा उम्मेदवार चयनबारे सहमति गरिसकेका ओली र प्रचण्डले आज प्रदेश सरकारको प्रारम्भिक खाका र पार्टी एकताबारे छलफल गर्न लागेका एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

दुई शीर्ष नेताहरुवीच अपरान्ह छलफल हुने भनिएपनि समय र स्थान तय भइनसकेको उनले बताए । यसअघि हिजो ओली र प्रचण्डबीच वान टु वान वार्ता भएको थियो ।

प्रदेश सरकार गठन प्रक्रियाबारे भने दुई शीर्ष नेताहरुको आजको बैठकले टुङ्गो लगाउने बताइएको छ । प्रदेश सरकार र प्रदेशसभाका मुख्य पदमा कति सिट भागबण्डा गर्ने भन्नेमा दुईदलबीच ठोस सहमति भइसकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?