‘दलहरू एक ठाउँमा नउभिएसम्म उपलब्धि संस्थागत हुनेछैन’

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २, २०७४
|
|
२९ पटक हेरिएको
Shares
‘दलहरू एक ठाउँमा नउभिएसम्म उपलब्धि संस्थागत हुनेछैन’

सारांश

  • इलाम-२ बाट योसँगै लगातार ४ पटक चुनाव जित्ने सांसद हुन्, सुवासचन्द्र नेम्वाङ ।
  • नेम्वाङ २०४८ र ०५२ सालमा राष्ट्रियसभाको सदस्य भएका थिए ।
  • उनी ०५१ मा कानुन, न्याय तथा संसदीय व्यवस्था, सामान्य प्रशासन र स्थानीय विकास मन्त्री भएका थिए ।

इलाम-२ बाट योसँगै लगातार ४ पटक चुनाव जित्ने सांसद हुन्, सुवासचन्द्र नेम्वाङ । नेम्वाङ २०४८ र ०५२ सालमा राष्ट्रियसभाको सदस्य भएका थिए । उनी ०५१ मा कानुन, न्याय तथा संसदीय व्यवस्था, सामान्य प्रशासन र स्थानीय विकास मन्त्री भएका थिए । २०५६ र ०६४ मा उनी दुईपटक सभामुख तथा संविधानसभाको अध्यक्ष भइसकेका छन् ।

विपक्षीले गरेको बिनाआधारको आलोचना जनताले पत्याएनन् । त्यसको जवाफ मैले दिनुपरेन ।

निर्वाचित भएपछि कस्तो अनुभव भइरहेको छ ?    
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँगै संविधानको ठोस कार्यान्वयन भएको छ । त्यसमा पनि म आफैँले नेतृत्व गरेको संविधानसभाले बनाएको संविधानअन्तर्गत चुनाव भएकाले पनि अझ गर्वको अनुभूति भएको छ । इलामका जनताले चौथोपटक मलाई जिताउनुभएको छ । वर्षाैँदेखि लडेर ल्याएको संघीयताअन्तर्गत प्रदेशको चुनावसमेत भएको छ । यो खुसी शब्दमा व्यक्त गर्न सकिने खालको होइन । असीम खुसी छु ।

निर्वाचित सांसदको हैसियतले आफ्नो क्षेत्रका कस्ता कार्ययोजनालाई प्राथमिकतामा राख्नुहुन्छ ?    
हामीले राम्रोसँग लोकतान्त्रिक परिपाटी बसाएका छौँ । सरकार बनाउने र लडाउने खेल चल्दै आएकामा त्यो परिपाटी अन्त्य गर्दै नेपालका लागि नयाँ परिवेश तयार भएको छ । दलहरूबीच गठबन्धन गरेर स्थायी सरकारका निम्ति हामी अघि बढेका छौँ । जनताको जनमत अनुसार धेरै पाउनेले पाँच वर्ष सरकारमा बस्ने र नपाउनेले पाँच वर्ष प्रतिपक्षमा बस्ने प्रक्रियाले अब मूर्त रूप पाउँछ । देश नयाँ युगमा प्रवेश गरेको छ । राजनीतिक परिवेशकै कारणले ०५६ सालमा म निर्वाचित हुँदा मेरो क्षेत्रमा एउटा बिजुलीको बल्ब झुन्डिएको थिएन । एक किलोमिटर मोटरबाटो थिएन । विकास ज्यादै ओझेलमा थियो । टेलिफोन थिएन । मैले जितेपछि ०७४ सालसम्ममा निकै परिर्वन भएको छ ।
तर, म यतिमै सन्तुष्ट छैन । अब पहिलो काम मेरो क्षेत्रमा नयाँ थपिएको इलाम नगरपालिकालाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने सबैभन्दा छोटो सडक सञ्चालन गर्ने नै हो । इलाम बजारबाट भञ्ज्याङ हुँदै बेलासे पुल भएर झापा जोड्ने रुट निर्माण गर्नु इलाम नगरपालिकाका लागि पहिलो आवश्यकता छ । पश्चिमी २ नम्बरका बासिन्दा त्यतैबाट झापन झर्ने रुट मेरै पालामा बनेकाले अहिले सदरमुकाम रहेको इलाम नगरपालिका बिस्तारै ओझेलमा पर्ने सम्भावनाले तराईको राजमार्ग जोड्ने छोटो सडक मैले कल्पना गरेको छु । इलाम, सन्दकपुर, पाँचथरको प्राङबुङ हुँदै कञ्चनजंघा बेसक्याम्प जोड्ने ट्र्याकको काम पनि मेरो योजना हुनेछ । निर्माण हुँदै गरेका र सञ्चालनमा रहेका कच्ची सडकमा कालोपत्रे गर्नुपर्ने आवश्यकता छ । शिक्षा, स्वास्थ्य, खानेपानीका विषय त्यस्तै जल्दाबल्दा छन् । यी सबै क्षेत्रमा मैले ध्यान दिनुपर्नेछ ।

अन्य दललाई समेटेर कसरी अघि बढ्नुहुन्छ ?
जसरी संविधान बनाउन दलहरू सबै मिलेर लागिपरेका छन् । यसको कार्यान्वयनका लागि पनि दलहरू एक ठाउँमा उभिनुको विकल्प छैन । आफू मात्रै कुदेर पहिलो हुने सम्भावना अब छैन । हामीले संविधानमै सहमति, सहकार्य र एकतालाई महŒव दिएका छौँ, सिद्धान्त बनाएका छौँ । लोकतन्त्रको रक्षा र नागरिकका अधिकार स्थापित गर्ने मामलामा म यो दल र त्यो दल भन्नुभन्दा सहकार्यमै अघि बढ्नुपर्छ । नयाँ संविधान, संघीयता, लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन एक ठाउँमा उभिएर मात्रै सम्भव छ । म सांसदका रूपमा रहँदा दलहरूबीचको तिक्तता बिर्सेर अघि बढ्नुपर्छ भन्ने मान्यता राख्छु । मैले पटक–पटक भन्ने गरेको छु, दलहरू एकठाउँमा नउभिएसम्म अहिलेसम्मको उपलब्धि संस्थागत हुनेछैन ।

तपाईंको क्षेत्रका मुख्य समस्या कस्ता छन् ?
मैले अघि पनि भनेँ, मेरो क्षेत्रमा अहिलेको प्रमुख आवश्यकता नै इलाम सदरमुकाम रहेको इलाम नगरपालिकालाई अन्य स्थानसँग कनेक्सन गराउनु हो । त्यो पनि छोटोभन्दा छोटो माध्यमबाट । इलाम नगरपालिकाबाट झापा पुग्न अहिले कम्तीमा ७० किलोमिटरको यात्रा गर्नुपर्छ । तर, मैले कल्पना गरेको ४० इलाम बजारबाट भञ्ज्याङ हुँदै बेलासे पुल भएर झापा जोड्ने रुटबाट ४० किलोमिटरमै पूर्वपश्चिम राजमार्ग पुगिन्छ । यो सडक बनेन भने इलाम नगरपालिका सधैँ पछि पर्छ । त्यस्तै, इलाम, सन्दकपुर, पाँचथरको प्राङबुङ हुँदै कञ्चनजंघा बेसक्याम्प जोड्ने ट्र्याकको काम मेरो निकै पहिलादेखिको कल्पना हो । त्यसलाई पूरा गर्न अब हामी सक्षम हुनुपर्छ । त्यो नहुँदा जिल्लामा पर्यटनको प्रचुर सम्भावना त्यसै खेर गइरहेको छ । कृषि, पशुपालन, व्यापारलगायत क्षेत्रका समस्या भनिसाध्य छैन । तैपनि, निकै सुधार भएको छ । अब ती चुनौतीको डटेर सामना गर्ने बेला भएको छ ।

तपाईंले आफ्नो क्षेत्र÷जिल्लाका लागि तत्काल गर्ने तीनवटा काम के–के हुन् ?
हामीले समृद्धि र सुशासनको नारालाई मूर्त रूप दिनुछ । इलामको मुख्य सम्भावना पर्यटनकै हो । त्यसका लागि पूर्वाधार तयार गर्नु पहिलो आवश्यकता हुनेछ । पर्यटन र कृषिलाई नै सहयोग पुग्नेगरी जिल्लामा बाह्रैमास सवारी साधन चल्ने सडक आवश्यक छ । त्यस्तो सडक बनाउनु विकास र समृद्धिको मार्गमा पहिलो खुड्किलो भएको छ । कृषिमा आधुनिकीकरण, औद्योगिकीकरण, शिक्षा, स्वास्थ्य, खानेपानीको पहुँच सबैमा पु¥याउनुलाई पनि तत्कालको कामका रूपमै लिएको छु ।

सांसदले खालि आश्वसन बाँड्छन्, पूरा गर्दैनन् भन्ने आमगुनासो छ । यसबारे के भन्नुहुन्छ ?    
विपक्षीले गरेको बिनाआधारको आलोचना जनताले पत्याएनन् । त्यसको जवाफ मैले दिनुपरेन । यो चुनावमा जनताले नै राम्ररी दिएका छन् । यसअघि पनि विकासको यस्तै कुरा भयो । क्षेत्र नम्बर—२ का जनता अहिले पनि सोझै झापा जाने गर्छन् । प्रशासनिक कामका लागि मात्र सदरमुकाम आउने हुन् । अहिले पनि क्षेत्र नम्बर–२ को प्रतिनिधि हुँदै गर्दा पनि मैले मेरो क्षेत्र मात्र होइन, सिंगो इलामका लागि काम गरेको छु भन्ने दाबी छ मेरो । इलामको विमानस्थल निर्माण, अर्बांैको सडक र पुलको काम, इलाम बजारमा बनेको शितभण्डार, माइपोखरीलाई रामसार क्षेत्रमा सूचीकृत गर्नेजस्ता सयौँ काम मेरै पहलमा भएको मैले भनिरहनुपर्दैन, स्थानीयलाई थाहै छ । मैले के–के काम गरेँ भनेर विपक्षी वा नकारात्मक भावना अभिव्यक्त गर्नेहरूसँग प्रमाण पेस गर्नुपर्ने आवश्यकता छैन । त्यो इलाममा निर्माण भएका पूर्वाधारले जवाफ दिएका छन् । अब, सन्दकपुरसम्म जाने सडक, माइपोखरीसम्मको कालोपत्रे, जिल्लामा पर्यटकीय पदमार्ग निर्माणको योजना ल्याउनुपर्छ भनेर लागिरहेको छु ।

मतदातालाई के सन्देश छ ?
सिंगो इलामका मतदातासँग मेरो के आग्रह छ भने दलहरू चाहेर, नचाहेर गलत बाटोमा पनि जान सक्छन् । यस्तो अवस्थामा दलहरूलाई झकझक्याउने जनताले नै हो । जनताले त्यो काम गर्नुपर्छ । अहिले पनि जनताले दूधको दूध, पानीको पानी छुट्याइदिएकै छन् । जनतालाई धन्यवाद दिन्छु र जनताले दिएको जिम्मेवारी पूरा गर्छु । अब देश राजनीतिबाट आर्थिक क्रन्ति र समृद्धितिर लम्केको छ । त्यसमा आ–आफ्नो भूमिका निर्वाह गरौँ ।नगरिक न्युज बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगरवासीकाे हितका लागि ३ किलाेमिटर घस्रिए मेयर
नगरवासीकाे हितका लागि ३ किलाेमिटर घस्रिए मेयर
दाउद इब्राहिमको मृत्यु ?
दाउद इब्राहिमको मृत्यु ?
पुरानो नेपालको जीवन्त चित्र भेटिन्छ पोखरा सङ्ग्रहालयमा
पुरानो नेपालको जीवन्त चित्र भेटिन्छ पोखरा सङ्ग्रहालयमा
आज नेप्सेमा दोहोरो अंकको गिरावट, इन्फ्रास्ट्रक्चर बैंकको १० प्रतिशतले शेयरमुल्य बृद्धि
आज नेप्सेमा दोहोरो अंकको गिरावट, इन्फ्रास्ट्रक्चर बैंकको १० प्रतिशतले शेयरमुल्य बृद्धि
वाणिज्य बैंकले एटिएम सेवा दिन नसक्दा सेवाग्राही मारमा
वाणिज्य बैंकले एटिएम सेवा दिन नसक्दा सेवाग्राही मारमा
विमस्टेक शिखर सम्मेलन फलदायी भएको प्रधानमन्त्रीको निष्कर्ष
विमस्टेक शिखर सम्मेलन फलदायी भएको प्रधानमन्त्रीको निष्कर्ष
सिङ्गो संसदको नायक निर्विवाद चयन गर्न कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने
सिङ्गो संसदको नायक निर्विवाद चयन गर्न कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने
७ बुँदे सहमति नै सरकारको साझा कार्यक्रम : सञ्चारमन्त्री गुरुङ
७ बुँदे सहमति नै सरकारको साझा कार्यक्रम : सञ्चारमन्त्री गुरुङ
सर्वोच्चको आदेशविरुद्ध प्रचण्ड र ओलीको चार बुँदे संयुक्त विज्ञप्ति
सर्वोच्चको आदेशविरुद्ध प्रचण्ड र ओलीको चार बुँदे संयुक्त विज्ञप्ति
बृद्धभत्ता ५ हजार पुराउने सरकारको लक्ष्य
बृद्धभत्ता ५ हजार पुराउने सरकारको लक्ष्य

तपाईंले छुटाउनुभयो कि?