कालिगण्डकी जलयात्राको मज्जा (फोटो फिचर)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २५, २०७५
|
|
१७ पटक हेरिएको
Shares
कालिगण्डकी जलयात्राको मज्जा (फोटो फिचर)

सारांश

  • पोखरा, २५ वैशाख ।
  • भनिन्छ, पानीसँग खेलाँची चल्दैन ।
  • त्यसैले त साहसीहरु पनि नदीसँग जिस्कँदैनन् बरु पानीजस्तै बनिदिन्छन् ।

पोखरा, २५ वैशाख । भनिन्छ, पानीसँग खेलाँची चल्दैन । त्यसैले त साहसीहरु पनि नदीसँग जिस्कँदैनन् बरु पानीजस्तै बनिदिन्छन् । छालसँगै तैरिदिन्छन्, लहरसँगै रमाउँछन् अनि उसले तय गरेको गन्तव्यबाट सुटुक्क निस्केर नयाँ बाटो समात्छन् ।

हो, साहसिक खेल ¥याफ्टिङमा ठ्याक्कै यस्तै हुन्छ । पानीसँग जोरी खेलिँदैन बरु पानीको बहावसँग आफूलाई समाहित गरिन्छ । पानीसँगको मानवीय साइनोलाई गएको शनिबार टे«किङ एजेन्सिज एसोसियन अफ नेपाल ( टान) पश्चिमाञ्चलले पुनः जोड्ने प्रयत्न ग¥यो । आफ्नो रजत जयन्तीको अवसरमा टान पोखराले पदयात्रा मात्र हैन जलयात्रालाई पनि महत्व दियो ।

प्रख्यात कालिगण्डकी नदीमा संचारकर्मीसहित पर्यटन व्यवसायीलाई पानीसँग साक्षात्कार गरायो । बेनी नजिककै पुगेपछि ¥याफ्टिङ बोटहरु निकालियो । ¥याफ्टिङ गाइडहरुले नदीसँगै बग्न चाहनेहरुलाई सम्झाउन थाले । ‘पानीसँग जोरी खोज्ने हैन, ¥याफ्टिङ सामूहिक खेल हो, सबै मिलेर गन्तव्यमा पुग्ने हो’, उनीहरुले पानीमा सुरक्षित हुने तरिका सिकाउँदै भने,‘हामीसँग लाइफ ज्याकेट पनि छ तर संयमता मुख्य कुरा हो ।’

उनीहरुको निर्देशनमा मुण्टो हल्लाउँदै करिब ४० जनाजति कालिगण्डकीमा हेलिए । पर्वतको मालढुंगानेरसम्मको १० किलोमिटर यात्रा करिब २ घण्टामा पूरा गरे । नेपाललाई आरोहण, पदयात्रा मात्र हैन, साहसिक खेलकुदमध्येको एक ¥याफ्टिङको गन्तव्य बनाउने उदेश्यले ¥याफ्टिङको आयोजना गरिएको टान पश्चिमाञ्चलका अध्यक्ष दीपक अधिकारीले बताए ।

करिब ५ दिने यात्रालाई छोट्याएर नेपालीलाई समेत लक्षित गरी कालिगण्डकीमा एकदिने जलयात्राको व्यवस्था गरिएको ¥यागिङ रिभर रनर प्रालिका प्रबन्ध निर्देशक मिलन तिवारीको भनाई छ । बिहानको खाजा र खानासहितको यो प्याकेज करिब ५ हजार रुपैयाँ बराबरको रहेको उनले जानकारी दिए । पोखराबाट मालढुंगासम्म जाने आउने खर्च पनि कम्पनीले नै व्यहोर्ने उनले बताए ।

पर्यटनमा ‘नयाँ प्र्रोडक्ट’ले मात्र हैन, बेच्ने शैलीले पनि अर्थ राख्छ । पर्यटन उद्योगमा लाग्नेहरु सधैँ नयाँ कुरा ‘सेल’ गर्ने धुनमा हुन्छन् । यही मेसोमा टानले नेपालीसमेतलाई लक्षित गरी नयाँ प्याकेजको प्रचार गरेको टानका सचिव सुशील पौडेलको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?