बृद्धभत्ता ५ हजार पुराउने सरकारको लक्ष्य
सारांश
- काठमाडौं ।
- श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले आगामी पाँच वर्षभित्र वृद्ध भत्ता पाँच हजार पुराएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
- नेकपाको सरकारले जेष्ठ नागरिकलाई प्राथमिकता राखेको बताउँदै मासिक भत्ता ५ हजार पुराउने उनले बताए ।
काठमाडौं । श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले आगामी पाँच वर्षभित्र वृद्ध भत्ता पाँच हजार पुराएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेकपाको सरकारले जेष्ठ नागरिकलाई प्राथमिकता राखेको बताउँदै मासिक भत्ता ५ हजार पुराउने उनले बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोक क्षेत्र नं २ ले मेलम्चीमा आयोजना गरेको विजयादशमी, दीपावली, छठ र ल्होछार पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपाको सरकारले बृद्धभत्ता बढाउने बताए ।
उनले नेकपासँग छिमेकी देशसँगको सम्बन्ध राम्रो भएको दाबी गरे । मन्त्री बिष्टले शिक्षा, स्वास्थ्य तथा रोजगारी जस्ता विषयलाई सरकारले उच्च प्राथमिकतामा राखिएको बताए ।
त्यसैगरी पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले मुलुकको विकास र समृद्धितर्फ सरकार अघि बढेको बताउँदै बताए । उनले मेलम्चीस्थित जिरोकिलो जोड्ने बाटो यही वर्षभित्र कालोपत्रे गर्ने काम अघि बढाइने दाबी गरे ।
प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल शरदले प्रदेश सरकारलाई आवश्यक कानून निर्माणको काम सम्पन्न भइसकेको र अब चाडपर्व सकिने बित्तिकै सार्वजनिक गरिने बताए ।
प्रतिक्रिया