विमस्टेक शिखर सम्मेलन फलदायी भएको प्रधानमन्त्रीको निष्कर्ष

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १८, २०७५
|
|
३० पटक हेरिएको
Shares
विमस्टेक शिखर सम्मेलन फलदायी भएको प्रधानमन्त्रीको निष्कर्ष

सारांश

  • काठमाण्डौ, १८ भदौ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले विमस्टेक राष्ट्रहरुको चौथो शिखर सम्मेलन आयोजना र निर्णय दुबैका दृष्टिले फलदायी भएको बताएका छन् ।
  • आज सिंहदरबारमा आयोजित विमस्टेक शिखर सम्मेलन तयारी तथा व्यवस्थापन मूल समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।

काठमाण्डौ, १८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विमस्टेक राष्ट्रहरुको चौथो शिखर सम्मेलन आयोजना र निर्णय दुबैका दृष्टिले फलदायी भएको बताएका छन् । आज सिंहदरबारमा आयोजित विमस्टेक शिखर सम्मेलन तयारी तथा व्यवस्थापन मूल समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, “नेपालमा उत्पादित विद्युत अन्य देशहरुलाई बिक्री गर्न हामीलाई विद्युतीय ग्रीड चाहिएको थियो । त्यस विषयमा काम गर्न जल ऊर्जाको क्षेत्रमा सहयोगको आदान प्रदान गर्ने निर्णय गरेका छौं ।” त्यस विषयमा भारत र बंगलादेशसँग विशेष रुपमा केन्द्रीत भएर कुराकानी गरेको र त्यसबाट नेपालले भारत, बंगलादेश र म्यानमार मात्र होइन सुदूर भविष्यमा थाइल्याण्डसम्म बिजुली निर्यात गर्न सक्ने पनि प्रधानमन्त्री ओलीले बताए ।

नेपाल र नेपालीको हितलाई सर्वोपरि ठानेर विमस्टेकमा छलफल गरी घोषणापत्र जारी गरिएको बताउँदै प्रधानमन्त्रीले भने, “विमस्टेक होस वा अन्य क्षेत्रीय वा अन्तर्राष्ट्रिय मञ्च होस्, हामी न्यायोचित राष्ट्रिय हितलाई केन्द्र भागमा राखेर काम गर्छौं ।” प्रधानमन्त्री ओलीले विमस्टेक सम्मेलनको सफलताका लागि अहोरात्र मेहनत गर्ने परराष्ट्र मन्त्रालय, गृह र सुरक्षा मन्त्रालय अन्तरगतका सुरक्षा निकायलगायत सकारका सबै निकायप्रति धन्यवाद ज्ञापन पनि गरे ।

प्रधानमन्त्री ओलीले नेपाली जनता खासगरी सवारी आवागमन सहेर पनि शिखर सम्मेलन सफल पार्न योगदान गर्ने उपत्यकावासीप्रति आभार प्रकट गरे । उनले भने, “आमसञ्चारमाध्यम, बौद्धिक जगत र आमरुपमा सबैप्रति धेरै धेरै धन्यवाद व्यक्त गर्दछु ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला अस्पताल भवन निर्माणमा ढिलाइ, चिकित्सक पनि अपुग
जिल्ला अस्पताल भवन निर्माणमा ढिलाइ, चिकित्सक पनि अपुग
विप्लवको हैसियत छैन, सिके राउतले मधेश अलग्याउन खोजेको छ : पाण्डे
विप्लवको हैसियत छैन, सिके राउतले मधेश अलग्याउन खोजेको छ : पाण्डे
बहिष्कारकाे चेतावनीपछि काङ्ग्रेस बैठक बस्न सकेन
बहिष्कारकाे चेतावनीपछि काङ्ग्रेस बैठक बस्न सकेन
प्रमुख निर्वाचन आयुक्त थपलियालाई एमालेको सदस्य भएको आरोप
प्रमुख निर्वाचन आयुक्त थपलियालाई एमालेको सदस्य भएको आरोप
गोरखामा वाम गठबन्धनका उम्मेद्वार श्रेष्ठलाई लक्षित गरी बम विस्फोट
गोरखामा वाम गठबन्धनका उम्मेद्वार श्रेष्ठलाई लक्षित गरी बम विस्फोट
आज देशभर ३०३ थपिएसँगै संक्रमितको सख्या २ लाख ७० हजार नाघ्यो
आज देशभर ३०३ थपिएसँगै संक्रमितको सख्या २ लाख ७० हजार नाघ्यो
‘न्यायालय र वारबीच मैत्रीपूर्ण सम्बन्ध स्थापनामा भूमिका निर्वाह गर्नुपर्छ’
‘न्यायालय र वारबीच मैत्रीपूर्ण सम्बन्ध स्थापनामा भूमिका निर्वाह गर्नुपर्छ’
धनुषाकोविद्यालय जाँदै गरेका  प्रधानाध्यापकमाथि गोली प्रहार.
धनुषाकोविद्यालय जाँदै गरेका प्रधानाध्यापकमाथि गोली प्रहार.
सामुदायिक विद्यालयमा समस्याका चाङ
सामुदायिक विद्यालयमा समस्याका चाङ
प्याङ्खोलामा अस्तायो सञ्जिताको जीवन
प्याङ्खोलामा अस्तायो सञ्जिताको जीवन