कनकाइको बजेट रु चालिस करोड

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ५, २०७४
|
|
१९ पटक हेरिएको
Shares
कनकाइको बजेट रु चालिस करोड

सारांश

  • सुरुङ्गा, झापा, ५ पुस,कनकाई नगरलाई भ्रष्टाचारमुक्त र समृद्ध नगर बनाइने उद्घोषका साथ आव २०७४÷०७५ को बजेट सार्वजनिक गरिएको छ ।
  • गत कात्तिक ३० गते पहिलो नगर सभाबाट पारित गरिएको चालु आव २०७४÷७५ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।
  • कार्यक्रममा कनकाइ नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कुल रु ४० करोड २६ लाख ५५ हजारको बजेट मंगलबार सार्वजनिक गर्नुभयो ।

सुरुङ्गा, झापा, ५ पुस,कनकाई नगरलाई भ्रष्टाचारमुक्त र समृद्ध नगर बनाइने उद्घोषका साथ आव २०७४÷०७५ को बजेट सार्वजनिक गरिएको छ ।

गत कात्तिक ३० गते पहिलो नगर सभाबाट पारित गरिएको चालु आव २०७४÷७५ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

कार्यक्रममा कनकाइ नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कुल रु ४० करोड २६ लाख ५५ हजारको बजेट मंगलबार सार्वजनिक गर्नुभयो ।

नेपाल सरकारबाट नगरपालिकालाई वित्तीय समानीकरण, सशर्त अनुदान, सामाजिक सुरक्षा, सडक बोर्ड नेपाल, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम, संघ प्रदेश तथा जिल्ला समन्वय समितिबाट थप हुनसक्ने अनुदानका साथै कनकाइ नगरपालिकाको आन्तरिक आय र राजस्व बाँडफाँडबाट प्राप्त हुन सक्ने रकम समावेश गरी बजेट सार्वजनिक गरिएको छ ।

यसमध्ये चालु खर्च रु तीन करोड ४६ लाख ५० हजार र पूँजीगततर्फ रु २० करोड ९० लाख पाँच हजार रहेको छ । उल्लेखित चालु खर्चको रकममा सामाजिक सुरक्षा भत्ता तथा शिक्षा र स्वास्थ्यतर्फको अन्य सशर्त अनुदान रकम नजोडिएको बताइएको छ ।

कुल पूँजीगत खर्चमध्ये कृषि तथा पशुपालन क्षेत्रमा रु ६४ लाख ३० हजार, भौतिक पूर्वाधार विकासतर्फ रु आठ करोड ३२ लाख, लक्षित वर्ग कार्यक्रमतर्फ रु एक करोड ५० लाख, स्वास्थ्यतर्फ ३० लाख, शिक्षातर्फ रु ३६ लाख ५० हजार, उद्योग स्थापनातर्फ रु एक करोड, विपद् व्यवस्थापनतर्फ रु ७० लाख, पर्यटनतर्फ रु ९६ लाख ५० हजार, नदी नियन्त्रणतर्फ रु एक करोड २० लाख, विद्युत् विस्तारका लागि रु एक करोड १० लाख विनियोजन गरिएको छ ।

(https://ctlsites.uga.edu)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीलाई दिए प्रचण्डले यस्तो दबाब
ओलीलाई दिए प्रचण्डले यस्तो दबाब
एकजना व्यक्तिलाई फिर्ता गरेको विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा माग्नु हास्यास्पद: महेश बस्नेत
एकजना व्यक्तिलाई फिर्ता गरेको विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा माग्नु हास्यास्पद: महेश बस्नेत
प्रधानमन्त्री भारतमा, रक्षा राज्यमन्त्रीले गरे स्वागत
प्रधानमन्त्री भारतमा, रक्षा राज्यमन्त्रीले गरे स्वागत
आखिर के चाहन्छ भारत ? फेरी दसगजामा गुम्बा बनाउँदै भारत
आखिर के चाहन्छ भारत ? फेरी दसगजामा गुम्बा बनाउँदै भारत
छायाङ्कनमा ‘ह्यासट्याग माया’
छायाङ्कनमा ‘ह्यासट्याग माया’
प्रशिक्षक सर एलेक्स फर्गुसन पुनः म्यानचेस्टर फर्किने चर्चा
प्रशिक्षक सर एलेक्स फर्गुसन पुनः म्यानचेस्टर फर्किने चर्चा
उपत्यकामा मेट्रो रेल सञ्चालन गरिने
उपत्यकामा मेट्रो रेल सञ्चालन गरिने
नेपाली कांग्रेसलाइ सांसद बस्नेतको गतिलो झापड (भिडियाे सहित)
नेपाली कांग्रेसलाइ सांसद बस्नेतको गतिलो झापड (भिडियाे सहित)
मध्यभोटेकोशी जलविद्युतले एक अर्ब ४४ करोडको शेयर आइपिओ बिक्री गर्ने
मध्यभोटेकोशी जलविद्युतले एक अर्ब ४४ करोडको शेयर आइपिओ बिक्री गर्ने
किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता, संयमित रहन अमेरिकाको आग्रह
किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता, संयमित रहन अमेरिकाको आग्रह

तपाईंले छुटाउनुभयो कि?