एकजना व्यक्तिलाई फिर्ता गरेको विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा माग्नु हास्यास्पद: महेश बस्नेत

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २०, २०७५
|
|
१८ पटक हेरिएको
Shares
एकजना व्यक्तिलाई फिर्ता गरेको विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा माग्नु हास्यास्पद: महेश बस्नेत

सारांश

  • काठमाण्डौ,  २० भदाै ।
  • नेकपाका सांसद महेश बस्नेतले  नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले राजिनामा मागेकोप्रति आपत्ति जनाएका छन् ।
  • अध्यागमन विभागले एक जना व्यक्तिलाई फिर्ता गरेको विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा उठ्नु हास्यास्पद भएको टिप्पणी गरे ।

काठमाण्डौ,  २० भदाै ।नेकपाका सांसद महेश बस्नेतले  नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले राजिनामा मागेकोप्रति आपत्ति जनाएका छन् । अध्यागमन विभागले एक जना व्यक्तिलाई फिर्ता गरेको विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा उठ्नु हास्यास्पद भएको टिप्पणी गरे । शंकास्पद कागज देखिएर रोकिएका व्यक्तिको विषयलाई तोडमोड गरेर प्रचार प्रशार गर्ने गरिएको भन्दै उनले आपत्ती जनाएका हुन् ।

सरकार संविधानको उलंघन गर्दै स्वइच्छाचारी ढंगले चलेको भन्दै नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद सिंहले संविधानको कार्यान्वयन गर्नु गराउनुपर्नेमा सरकार स्वंयम संविधान उलंघनमा सक्रिय भएकाले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन ।

संविधानले नेपाली नागरिकलाई विनारोकतोक हिडडुल गर्ने स्वतन्त्रता दिएकोमा संविधानको उलंघन गर्दे सरकारले पुर्व लडाकु लेनिन बिष्टलाई विदेश जान रोक लगाएको उनको भनाइ थियो । सरकार स्वइच्छाचारी र निरंकुश बन्दै गईरहेको भन्दै उनले सरकारलाई निरंकुशता तर्फ जानबाट संसदले रोक्नुपर्ने बताए । मधेसीलाई कालो झण्डा देखाउने नाममा नियन्त्रणमा लिने र हत्या गर्ने काम सरकारबाट भएको भन्दै उहाँले कानुन अनुसार चल्न सरकारलाई चेतावनी दिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Uddhab Karki

    Magi halxan ni bekti sotantrata hanan garna milxa ra???????

    Comment Author

    Lakpa Sherpa

    यसता मोदिको धोति ले राजिनामा मागने अधिकार छैना

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?