नेपाली क्रिकेट टोली युएर्इ प्रस्थान
सारांश
- काठमाडौं, १३ माघ ।
- आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली थप प्रशिक्षणका लागि शनिबार युएई प्रस्थान गरेको छ ।
- घरेलु मैदानमा करिब दुई साताको प्रशिक्षणपछि नेपाली टोलीले युएईमा प्रशिक्षणसँगै तीन अभ्यास खेल खेल्नेछ ।
काठमाडौं, १३ माघ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली थप प्रशिक्षणका लागि शनिबार युएई प्रस्थान गरेको छ ।
घरेलु मैदानमा करिब दुई साताको प्रशिक्षणपछि नेपाली टोलीले युएईमा प्रशिक्षणसँगै तीन अभ्यास खेल खेल्नेछ । नेपाली टोलीले युएई ‘ए’ टिमसँग २ र युएई एघारसँग १ अभ्यास खेल खेल्ने तय भएको छ ।
नेपाली टोली अभ्यास खेलपछि त्यहीबाट नामिविया प्रस्थान गर्नेछ । नामिवियाको विकेट सुहाउँदो हुने गरी युएईमा नेपालले अभ्यास गर्न लागेको हो । यसअघि दक्षिण अफ्रिकामा अभ्यास गर्ने तयारी गरे पनि आईसीसीले अनुमति नदिएका कारण नेपाल युएइ गएको हो ।
एकदिवशीय विश्वकप छनोटको मुख्य आधार रहेको डिभिजन टू क्रिकेटमा नेपालसँगै नामिविया, युएई, केन्या, ओमान र क्यानडा रहेका छन् । प्रतियोगिताको शीर्ष दुईभित्र पर्न सके नेपाल पुनः डिभिजन वानमा उक्लनेछ भने आगामी मार्चमा हुने विश्वकप छनोट प्रतियोगितामा पनि सहभागी हुन पाउनेछ ।
डिभिजन टू प्रतियोगिता माघ २५ देखि फागुन ३ गतेसम्म सञ्चालन हुनेछ । नेपालले आफ्नो पहिलो खेल माघ २५ गते आयोजक नामिवियासँगै खेल्नेछ ।
प्रतिक्रिया