आखिर के चाहन्छ भारत ? फेरी दसगजामा गुम्बा बनाउँदै भारत

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ३, २०७३
|
|
२८० पटक हेरिएको
Shares
आखिर के चाहन्छ भारत ? फेरी दसगजामा गुम्बा बनाउँदै भारत

सारांश

  • पशुपतिनगर इलामः भारतले इलामको पशुपतिनगर ४ फाटक र भारतको राङवाङ ग्रामपञ्चायतको बीचमा पर्ने नेपाल–भारत सीमाको दसगजा क्षेत्रमा भव्य गुम्बा निर्माण गर्न सुरु गरेको छ ।
  • काठले बनेको पुरानो टासीछङ्लिङ गुम्बा भत्काएर सामुदायिक हलसहितको भव्य पक्की गुम्बा बनाउने तयारी गरिएको जानकारी फाटकको स्थानीय अगुवा बुद्ध तामाङले दिए ।
  • गोरखा जनमुक्ति मोर्चाका अध्यक्ष तथा गोर्खा टेरिटोरियल एड्मिनिस्ट्रेटिभ (जीटीए) प्रमुख विमल गुरुङले रकम दिने आश्वासन दिएपछि गुम्बा बनाउन थालेको जानकारी स्थानीयले दिए ।

पशुपतिनगर इलामः भारतले इलामको पशुपतिनगर ४ फाटक र भारतको राङवाङ ग्रामपञ्चायतको बीचमा पर्ने नेपाल–भारत सीमाको दसगजा क्षेत्रमा भव्य गुम्बा निर्माण गर्न सुरु गरेको छ । काठले बनेको पुरानो टासीछङ्लिङ गुम्बा भत्काएर सामुदायिक हलसहितको भव्य पक्की गुम्बा बनाउने तयारी गरिएको जानकारी फाटकको स्थानीय अगुवा बुद्ध तामाङले दिए ।
गोरखा जनमुक्ति मोर्चाका अध्यक्ष तथा गोर्खा टेरिटोरियल एड्मिनिस्ट्रेटिभ (जीटीए) प्रमुख विमल गुरुङले रकम दिने आश्वासन दिएपछि गुम्बा बनाउन थालेको जानकारी स्थानीयले दिए । त्यसका लागि भारत सरकारका तर्फबाट गुरुङले भारु ६० लाख निकासा गराएको स्रोतको दाबी छ ।
गुम्बा बनाउने विषयमा तीन महिनाअघि छलफल हुँदा नेपाली पक्षले दसगजाभित्र पर्ने भन्दै विरोध जनाएको थियो । अहिले भने गुम्बाआसपासका टहरा भत्काउन सुरु गरिएको छ । जीटीए प्रमुख गुरुङले भने, ‘धार्मिक र पर्यटकीय कुरा हो । हामी काम रोक्दैनौं ।’
स्थानीयका अनुसार गुम्बा बनेपछि दुवै देशलाई फाइदा हुने भन्दै निर्माणको काम थालिएको छ । पशुपतिनगरका अगुवा मिलन क्षेत्रीले तीन महिनाअघि नेपाली पक्षको विरोधका कारण स्थगित गरिएको काम पुनः सुरु भएपछि नेपालतर्फका बासिन्दाले दसगजामा भइरहेको क्रियाकलाप रोक्न स्थानीय प्रशासनलाई अनुरोध गरेको बताए । उनले भने, ‘संरचना हटाउने काम सुरु भएको छ । चाँडो चासो लिन स्थानीय प्रशासनलाई भनेका छौं ।’
पशुपतिनगरस्थित सीमा प्रशासन कार्यालय प्रमुख मोहनलाल पनेरूले तीन महिनाअघि नेपालको दबाबमा रोकिएको गुम्बा निर्माणको काम भारतले फेरि सुरु गर्न थालेको बताए । ‘दसगजा क्षेत्र नो म्यान्स ल्यान्ड हो । त्यहाँ कुनै देशले केही निर्माण गर्न र कुनै पनि गतिविधि गर्न पाउँदैन’, उनले भने, ‘तर भारतीय पक्षले बलमिच्याइँ गरी काम सुरु गरेको छ ।’
पनेरूले जिल्ला प्रशासन कार्यालय इलामलाई औपचारिक रूपमा यसबारे जानकारी गराइसकेका छन् । पत्रमा ‘तीन महिनाअघि दुवै देशका प्रतिनिधिको बैठकले दुवै देशको नापी टोलीले सीमा यकिन नगरेसम्म कुनै संरचना नबनाउने सहमति गरेको’ उल्लेख गरेका छन् । उनले भने, ‘दसगजामा नपर्ने गरी गुम्बा बनाए नेपाललाई केही आपत्ति छैन तर अहिले बन्न लागेको गुम्बा भने नेपाल-भारत सीमास्तम्भसँग छुने गरी बन्न लागेको छ ।’
पनेरूले उक्त स्थानमा सीमा प्रशासन र सशस्त्र प्रहरीले विशेष निगरानीको साथ नियालिरहेको जानकारी पनि दिए । उनले भने, ‘सशस्त्र प्रहरीको टोलीले आज पनि निगरानी गरेर फर्केको छ ।’
‘दसगजामा नपर्ने गरी गुम्बा बनाए नेपाललाई केही आपत्ति छैन तर अहिले बन्न लागेको गुम्बा भने नेपाल-भारत सीमास्तम्भसँग छुने गरी बन्न लागेको छ ।’
पशुपतिनगरमै घर भएकी राप्रपा नेपालकी सांसद लीलादेवी श्रेष्ठले दसगजा क्षेत्रमा संरचना बनाउने प्रयास तत्काल रोक्नुपर्ने बताइन् । उनले संसद्मा समेत यस विषयमा कुरा उठाउने जानकारी दिँदै भनिन्, ‘निर्माण हुनु नराम्रो हैन तर भारतले आफ्नो भूमिमा बनाउनुपर्छ, दसगजामा हैन ।’ उनले जीटीए प्रमुखले भारतीय रुपयाँ ४० लाख दिइसकेको जानकारी आफूले पाएको पनि बताइन् ।
सांसद श्रेष्ठले भनिन्, ‘हाम्रो कुरा कसैले सुन्दैन । स्थानीय प्रशासनले पनि बोल्नुपर्‍यो । फाटकमा नेपाली भूमिमा चार वर्षदेखि भारतीय प्रहरीको पोस्ट राखिएको छ भने दसगजामै कस्टम कार्यालय बनाएको बर्सौं भयो ।’ पोहोरमात्र भारतीय प्रहरीको किचन बनाइएको सांसद श्रेष्ठले बताइन् । उनले भनिन्, ‘त्यति बेला हामीले विरोध गर्दा सरकारले साथ दिएन ।
अहिले पनि सरकार बोलेन भने हाम्रो केही लाग्दैन ।’
इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उक्त क्षेत्रमा निगरानी बढाइएको बताउँदै भने, ‘दसगजामै संरचना निर्माणको प्रयास भएको भए त्यो काम रोक्छौं ।’

श्रोत : अन्नपुर्न पोस्ट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिण अफ्रिकासँगको टी–२० सिरिजका लागि भारतीय टिमको घोषणा
दक्षिण अफ्रिकासँगको टी–२० सिरिजका लागि भारतीय टिमको घोषणा
जापानका विदेशमन्त्री, फ्रान्स वदेश मन्त्रालयका महासचिव नेपाल आउँदै
जापानका विदेशमन्त्री, फ्रान्स वदेश मन्त्रालयका महासचिव नेपाल आउँदै
नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकबारे संसद्लाई जानकारी
नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकबारे संसद्लाई जानकारी
नवराज सिलवाल पक्राउ गर्ने, तत्काल पक्राउ गर्न प्रहरी प्रमुख अर्यालको निर्देशन ललितपुर प्रहरीलाई
बिना अनुमति औषधि ओसारपसार गर्ने पक्राउ
बिना अनुमति औषधि ओसारपसार गर्ने पक्राउ
Different Types of Relationships
बझाङमा मध्यरातमा पुन: भूकम्पको धक्का
बझाङमा मध्यरातमा पुन: भूकम्पको धक्का
जनप्रतिनिधिसहित स्थानीयवासीद्वारा पशुपति क्षेत्रको गुरुयोजना खारेजी माग
जनप्रतिनिधिसहित स्थानीयवासीद्वारा पशुपति क्षेत्रको गुरुयोजना खारेजी माग
‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा
‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा
फोरम नेपाललाइ हराउन राजपाले चुनाबमा भाग नलिएको ठूलो खतर्नाक खुलाशा, !