विद्युत् चोर्ने कर्मचारी कोही जेलमा, कोही तारेखमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ५, २०७३
|
|
४२५ पटक हेरिएको
Shares
विद्युत् चोर्ने कर्मचारी कोही जेलमा, कोही तारेखमा

सारांश

  • मिटर उल्टो घुमाएर विद्युत् चोरीमा संलग्न चार कर्मचारी र एक व्यवसायी जेल चलान भएका छन् ।
  • सात कर्मचारीसहित केही व्यवसायी भने धरौटीमा छुटेका छन् ।
  • ठगी र संगठित अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंले शुक्रबार प्राधिकरणका निलम्बित कर्मचारीहरू मनीष श्रेष्ठ, सुमन श्रेष्ठ, टहलबहादुर कार्की र भगवान पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

मिटर उल्टो घुमाएर विद्युत् चोरीमा संलग्न चार कर्मचारी र एक व्यवसायी जेल चलान भएका छन् । सात कर्मचारीसहित केही व्यवसायी भने धरौटीमा छुटेका छन् । ठगी र संगठित अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंले शुक्रबार प्राधिकरणका निलम्बित कर्मचारीहरू मनीष श्रेष्ठ, सुमन श्रेष्ठ, टहलबहादुर कार्की र भगवान पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । विद्युत् चोरीमा संलग्न गौशालाका मिठाईपसले तपन घोष पनि जेल चलान भएका छन् । यो खबर आजको नयाँ पत्रिकामा छ ।

मुद्दा दायर भएका सात कर्मचारीलाई अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको छ । कर्मचारी सूर्यबहादुर थापा, महादेव प्रधान, अन्नपूर्ण सापकोटा, पदमराज जोशी, बच्चुराम अर्याल, प्रदीप शर्मा र सूर्यबहादुर कार्की साधारण तारेखमा छुटेका हुन् । व्यवसायी अच्युत खड्का, श्याम बस्नेत, ओम ढुंगाना र दिलबहादुर साउद एक–एक लाख धरौटीमा छुटेका छन् । पक्राउ परेका अन्य व्यवसायीहरू उद्धवकुमार लामा, दिवाकर प्रधान, कुमार लामा, परवेज आलम, रमेश चुँडाल पनि धरौटीमा छुटेका छन् ।

प्रहरीले २३ कर्मचारी र १७ व्यापारीविरुद्ध दुई साताअघि मुद्दा दायर गरेको थियो । प्राधिकरणका कर्मचारीहरू सुमनराज पाण्डे, महालक्ष्मी केसी, शेरबहादुर सिलवाल, दीपक अधिकारी, जितबहादुर न्यखुसी, हरिबोल ढकाल, बालकृष्ण श्रेष्ठ र टंकप्रसाद पराजुलीविरुद्ध समेत मुद्दा दायर गरेको थियो । फरार रहेका व्यापारीमा कौशलादेवी राठी, हरि भट्ट, मञ्जु भट्ट, सञ्जय अग्रवाल, झइन्द्रप्रसाद घिमिरे, जिभाथ अटल, मुरारी थापामगर र रामकृष्ण ढुंगेलविरुद्ध पनि मुद्दा चलाइको थियो ।

विद्युत् धेरै खपत हुने कारखानामा मिटर उल्टो घुमाएर कर्मचारीहरूले कमिसन लिने गरेको आरोप छ । यसबाट प्राधिकरणलाई करोडौँ घाटा हुँदै आएको थियो । देशभरि नै कर्मचारीको मिलेमतोमा यसरी विद्युत् चोरी हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सभासम्बन्धी विवाद टुंगियो : माघ २४ गते राष्ट्रियसभाको निर्वाचन
राष्ट्रिय सभासम्बन्धी विवाद टुंगियो : माघ २४ गते राष्ट्रियसभाको निर्वाचन
सवारी दुर्घटनामा १७ घाइते,दुईको अवस्था गम्भीर
सवारी दुर्घटनामा १७ घाइते,दुईको अवस्था गम्भीर
अधिकारका लागि दलित समुदाय एकीकृत हुुनुपर्छ’ पूर्वप्रम भट्टराई
अधिकारका लागि दलित समुदाय एकीकृत हुुनुपर्छ’ पूर्वप्रम भट्टराई
मालारानी गाउँपालिकामा एमालेकाे सुरुवाती अग्रता
मालारानी गाउँपालिकामा एमालेकाे सुरुवाती अग्रता
पर्यटन प्रवद्र्धनका लागि स्थानीयवासी एकजुट
पर्यटन प्रवद्र्धनका लागि स्थानीयवासी एकजुट
इटहरीका मेयरको आयो कडा चेतावनी, भन्छन् ‘अब लात्तै लात्तले हान्छु’
इटहरीका मेयरको आयो कडा चेतावनी, भन्छन् ‘अब लात्तै लात्तले हान्छु’
सुदुरपश्चिममा तीन दिनमा नौ व्यक्तिमा कोरोना सङ्क्रमण
सुदुरपश्चिममा तीन दिनमा नौ व्यक्तिमा कोरोना सङ्क्रमण
एनसेलले सरकारलाई ४२ अर्ब रुपैयाँ नतिरेसम्म लाभांश लैजान नपाउने
एनसेलले सरकारलाई ४२ अर्ब रुपैयाँ नतिरेसम्म लाभांश लैजान नपाउने
कांग्रेसले २ दिनको, नेकपाका सांसदले १ दिनको तलब हावाहुरी पीडितलाई
कांग्रेसले २ दिनको, नेकपाका सांसदले १ दिनको तलब हावाहुरी पीडितलाई
ताप्लेजुङको ल्होनाक केन्द्रबिन्दु भएर भूकम्प
ताप्लेजुङको ल्होनाक केन्द्रबिन्दु भएर भूकम्प

तपाईंले छुटाउनुभयो कि?