तिन दिन देखि हराएका बृद्ध जंगलमा मृत फेला

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
२० पटक हेरिएको
Shares
तिन दिन देखि हराएका बृद्ध जंगलमा मृत फेला

सारांश

  • चितवन १४ असार ।
  • चितवनको भरतपुरमा तीनदिनदेखि बेपत्ता भएका एक बृद्ध आज जंगलमा मृत फेला परेका छन् ।
  • भरतपुरको नवजागृति सामुदायिक वनभित्र आज अपरान्ह ४ बजेतीर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

चितवन १४ असार । चितवनको भरतपुरमा तीनदिनदेखि बेपत्ता भएका एक बृद्ध आज जंगलमा मृत फेला परेका छन् । भरतपुरको नवजागृति सामुदायिक वनभित्र आज अपरान्ह ४ बजेतीर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका वडा नम्बर ११ प्रसिद्धि टोलका स्थानिय ६० बर्षका बृद्ध शेरबहादुर कुमाल यही असार ११ गतेदेखि बेपत्ता भएका थिए । स्थानियले दिएको सूचनाको आधारमा खोजीगर्दै जाँदा उनी मृत अबस्थामा फेला परेका हुन् ।

उनको खोजीका लागि परिवारबाट चितवन प्रहरीमा निवेदन समेत परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भैरहेको श्रेष्ठले जानकारी दिनुभयो । शवलाई अहिले पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा ल्याईएको छ । उनको मानसिक अवस्था सन्तुलन नभएको पारिवारिक स्रोतले जनाएको छ ।

सुर्य प्रसाद अधिकारी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवलपरासी क्षेत्र नं २ मा पुरानै प्रतिस्पर्धी
नवलपरासी क्षेत्र नं २ मा पुरानै प्रतिस्पर्धी
भिडियो एडिटिङ सिक्ने हो ? भिडियो एडिटिङ सम्बन्धी जानकारी अब शिखरन्यूजमा
भिडियो एडिटिङ सिक्ने हो ? भिडियो एडिटिङ सम्बन्धी जानकारी अब शिखरन्यूजमा
एम्बिसन एकेडेमीले गर्यो डान्सिङ् स्टारको खोजी
एम्बिसन एकेडेमीले गर्यो डान्सिङ् स्टारको खोजी
नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिने १० जना भारतीय  सार्वजनिक
नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिने १० जना भारतीय सार्वजनिक
ताप्लेजुङमा दुर्घटनामा निधन भएका सेनाका जमदार घिमिरेका परिवारलाई पाँच लाख प्रदान
ताप्लेजुङमा दुर्घटनामा निधन भएका सेनाका जमदार घिमिरेका परिवारलाई पाँच लाख प्रदान
देशमा ‘माफिया राज’, अवैध गिट्टीबालुवा निकाल्ने माफियाविरोधी युवाको हत्या
देशमा ‘माफिया राज’, अवैध गिट्टीबालुवा निकाल्ने माफियाविरोधी युवाको हत्या
यी हुन् खेलकुदलाई सिंगो देशको एजेण्डाका रुपमा स्थापित गराउने व्यक्ति
यी हुन् खेलकुदलाई सिंगो देशको एजेण्डाका रुपमा स्थापित गराउने व्यक्ति
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको कार्यक्रममा भाग लिन जाने
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको कार्यक्रममा भाग लिन जाने
यी हुन प्रस्तावित प्रधानन्यायाधीशका बिरूद्ध परेका उजुरीहरू
यी हुन प्रस्तावित प्रधानन्यायाधीशका बिरूद्ध परेका उजुरीहरू
आत्तिएको कांग्रेस नेमकिपा गुहार्दैछ: महेश बस्नेत
आत्तिएको कांग्रेस नेमकिपा गुहार्दैछ: महेश बस्नेत

तपाईंले छुटाउनुभयो कि?