सामाजिक सञ्जालमा ‘ट्रिपर काण्ड’ हंगामा !

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २१, २०७४
|
|
४९ पटक हेरिएको
Shares
सामाजिक सञ्जालमा ‘ट्रिपर काण्ड’ हंगामा !

सारांश

  • मनिषा त्रिपाठी काठमाडौं, माघ २१ ।
  • आजभोलि सामाजिक सञ्जाल प्रयोगकर्तामाझ ‘ट्रिपर’ ट्रेन्डले हंगामा मच्चाएको छ ।
  • यससँग सम्बन्धित तस्बिरसहतिका विभिन्न पोष्टहरुले समाजिक सञ्जालमा कब्जा जमाएको छ ।

मनिषा त्रिपाठी

काठमाडौं, माघ २१ । आजभोलि सामाजिक सञ्जाल प्रयोगकर्तामाझ ‘ट्रिपर’ ट्रेन्डले हंगामा मच्चाएको छ । यससँग सम्बन्धित तस्बिरसहतिका विभिन्न पोष्टहरुले समाजिक सञ्जालमा कब्जा जमाएको छ ।

ट्रिपरको ट्रेण्ड सुरु भएको केही दिनमात्रै भयो । भाइरल भइरहेको ‘ट्रिपर’ शब्द र त्यसका तस्विरलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको सेयर गर्ने जमात ठूलो छ ।

भाइरल बन्दै गएको ट्रिपरको प्रशंग हो– केही समय अघि विभिन्न ठाउँमा ट्रिपरको ठक्करबाट दैनिकी जसो मान्छेको मृत्यु हुनु । फेसबुक, ट्वीटरसहितका समाजिक सञ्जालहरुमा भाइरल भइरहेको ट्रिपर शब्दले मान्छेहरु आतंकित र संशकित बन्न पुगेका छन् ।

डोजर, तरकारीवाली र एनसेलको रातो नम्बरको ट्रेण्ड सेलाउँदै गर्दा ‘ट्रिपर’ भाइरल बनेको हो । यसलाई प्रयोग गर्दै सामाजिक सञ्जालमा हास्य व्यंग्यात्मक एवं प्रतिकात्मक पोष्टहरु भइरहेका छन् ।

विशेषगरी फेसबुकमा लोकप्रिय भएका एमआरआर, ब्राह्रमण ग्रुप, मेरो बाबा मेरो सानुलगायत ग्रुपहरुमा डोजर र त्यससँग सम्बन्धित रोचक तस्बिरहरु धमाधम अपलोड भइहरेको छ । जसको सेयरिङ पनि ठूलो संख्यामा भइहरेको देखिन्छ ।

सामाजिक सञ्जालमा केही दिनअघि ट्रिपरले मान्छे मारेको फोटो पोष्ट भयो । सँगै त्यसलाई विभिन्न कार्टुन बनाएर सेयर गर्नेको ठूलो जमात पनि देखियो ।

आजभोलि शहरमा मात्रै हैन, गाउँमा पनि ट्रिपरले ठक्कर दिएर मान्छेको मृत्यु हुन थालेपछि अझ यसको चर्चा बढेको छ । यसैलाई आधार बनाएर दैनिक हजरौं पोष्टहरु हुन थालेका छन् ।

एक महिनामा ट्रिपरको ठक्करबाट करिब ४० जनाभन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रिपरको ठक्करबाट दिनानुदिन मान्छेको मृत्यु हुन थालेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ‘ट्रिपर ट्रेन्ड’ को नाम दिएर स्ट्याटस पोष्ट गर्न थालेका हुन् ।

प्रहरीका अनुसार ट्रिपरको ठक्करबाट मृत्यु हुनेमा बढि स्कुटी चालक रहेको छ । स्कुटी चालक र ट्रिपर ड्राइभरको फोटो जोडेर फेसबुक, ट्विटजस्ता सामाजिक सञ्जालमा पोष्ट गर्नेहरुको जमात ठूलो रहेको छ ।

कतिपय ठाउँमा ट्रिपर चालक, स्थानीय र प्रहरीको झडप समेत भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन अब कसैले रोक्न सक्दैन – मन्त्री थापा
निर्वाचन अब कसैले रोक्न सक्दैन – मन्त्री थापा
चलचित्र ‘बेबी आई लभ यू’ को दोस्रो पोष्टर सार्वजनिक
चलचित्र ‘बेबी आई लभ यू’ को दोस्रो पोष्टर सार्वजनिक
नेपालका हिमालमा भिड, सगरमाथामा अहिलेसम्मकै बढी आरोही
नेपालका हिमालमा भिड, सगरमाथामा अहिलेसम्मकै बढी आरोही
दुवईमा एक नेपालीलाई ५ वर्ष जेल सुनाइयो
दुवईमा एक नेपालीलाई ५ वर्ष जेल सुनाइयो
प्रतिनिधिसभा बैठक : एमाले अध्यक्ष ओलीमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण
प्रतिनिधिसभा बैठक : एमाले अध्यक्ष ओलीमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण
अरु देशका केन्द्रीय बैंकले कडा नीति लिइरहँदा हामीले लचिलो मौद्रिक नीति ल्यायौँ : गभर्नर अधिकारी
अरु देशका केन्द्रीय बैंकले कडा नीति लिइरहँदा हामीले लचिलो मौद्रिक नीति ल्यायौँ : गभर्नर अधिकारी
रोटरी क्लबको राष्ट्रिय सम्मेलन राजधानीमा
रोटरी क्लबको राष्ट्रिय सम्मेलन राजधानीमा
बाओको अध्यक्षमा बान की मुन निर्वाचित
बाओको अध्यक्षमा बान की मुन निर्वाचित
सरकारद्वारा बाढीप्रभावित क्षेत्रमा आफूखुसी राहत वितरण गर्न रोक
सरकारद्वारा बाढीप्रभावित क्षेत्रमा आफूखुसी राहत वितरण गर्न रोक
प्रधानमन्त्री ओली राजीनामा दिन तयार, ‘कोरोनापछि वामदेव गौतम प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष’
प्रधानमन्त्री ओली राजीनामा दिन तयार, ‘कोरोनापछि वामदेव गौतम प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष’