जानकीनगर वासी आन्दोलित
सारांश
- पुष्पा थापा, सर्लाही सर्लाहीको साबिक जानकीनगर गाविस– ३ का स्थानीयले आफ्नो वडालाई बरहथवा नगरपालिकामा समायोजन गर्न माग गरेका छन् ।
- उनीहरुले सोही माग राख्दै आज बिहान नयाँरोड–बरहथवा सडक खण्डमा तीन घण्टा चक्काजाम गरेका छन् ।
- राज्य पुनःसंरचना गर्दा आफ्नो वडालाई हरिपुर नगरपालिकामा मिसाएको भन्दै स्थानीयवासी आन्दोलित भएका हुन् ।
पुष्पा थापा, सर्लाही
सर्लाहीको साबिक जानकीनगर गाविस– ३ का स्थानीयले आफ्नो वडालाई बरहथवा नगरपालिकामा समायोजन गर्न माग गरेका छन् ।
उनीहरुले सोही माग राख्दै आज बिहान नयाँरोड–बरहथवा सडक खण्डमा तीन घण्टा चक्काजाम गरेका छन् । राज्य पुनःसंरचना गर्दा आफ्नो वडालाई हरिपुर नगरपालिकामा मिसाएको भन्दै स्थानीयवासी आन्दोलित भएका हुन् । हरेक हिसाबले बरहथवा नगरपालिका पायक पर्ने भएपनि विभेदकारी ढंगले आफूहरुलाई हरिपुर नगरपालिकामा गाभिएको स्थानीयले गुनासो गरेका छन् । स्थानीय नानीबाबु थापाका अनुसार जानकीनगर गाविसको वडा नम्वर ३ बाट बरहथवा नगरपालिका ३ किलोमिटर दुरीमा पर्छ भने हरिपुर नगरपालिका झण्डै १५ किलोमिटर टाढा पर्छ । त्यति मात्र नभएर हरिपुर आउन खोला तर्नु पर्ने भएकाले आफूहरुलाई निकै गाह्रो पर्ने स्थानीयको भनाई छ ।
यस अघि पनि सो वडाका वासिन्दाले बरहथवा नगरपालिकामा मिसाउन माग गर्दै तत्कालिन जिल्ला विकास समितिमा ज्ञापन पत्र बुझाएका थिए ।
प्रतिक्रिया