जानकीनगर वासी आन्दोलित

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ७, २०७३
|
|
५५० पटक हेरिएको
Shares

सारांश

  • पुष्पा थापा, सर्लाही सर्लाहीको साबिक जानकीनगर गाविस– ३ का स्थानीयले आफ्नो वडालाई बरहथवा नगरपालिकामा समायोजन गर्न माग गरेका छन् ।
  • उनीहरुले सोही माग राख्दै आज बिहान नयाँरोड–बरहथवा सडक खण्डमा तीन घण्टा चक्काजाम गरेका छन् ।
  • राज्य पुनःसंरचना गर्दा आफ्नो वडालाई हरिपुर नगरपालिकामा मिसाएको भन्दै स्थानीयवासी आन्दोलित भएका हुन् ।

पुष्पा थापा, सर्लाही
सर्लाहीको साबिक जानकीनगर गाविस– ३ का स्थानीयले आफ्नो वडालाई बरहथवा नगरपालिकामा समायोजन गर्न माग गरेका छन् ।

उनीहरुले सोही माग राख्दै आज बिहान नयाँरोड–बरहथवा सडक खण्डमा तीन घण्टा चक्काजाम गरेका छन् । राज्य पुनःसंरचना गर्दा आफ्नो वडालाई हरिपुर नगरपालिकामा मिसाएको भन्दै स्थानीयवासी आन्दोलित भएका हुन् । हरेक हिसाबले बरहथवा नगरपालिका पायक पर्ने भएपनि विभेदकारी ढंगले आफूहरुलाई हरिपुर नगरपालिकामा गाभिएको स्थानीयले गुनासो गरेका छन् । स्थानीय नानीबाबु थापाका अनुसार जानकीनगर गाविसको वडा नम्वर ३ बाट बरहथवा नगरपालिका ३ किलोमिटर दुरीमा पर्छ भने हरिपुर नगरपालिका झण्डै १५ किलोमिटर टाढा पर्छ । त्यति मात्र नभएर हरिपुर आउन खोला तर्नु पर्ने भएकाले आफूहरुलाई निकै गाह्रो पर्ने स्थानीयको भनाई छ ।

यस अघि पनि सो वडाका वासिन्दाले बरहथवा नगरपालिकामा मिसाउन माग गर्दै तत्कालिन जिल्ला विकास समितिमा ज्ञापन पत्र बुझाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुकुम्बासी समस्या समाधान गर्न कानुनी अड्चन फुकाउँदैछु : प्रधानमन्त्री दाहाल
सुकुम्बासी समस्या समाधान गर्न कानुनी अड्चन फुकाउँदैछु : प्रधानमन्त्री दाहाल
भैंसेपाटीमा मन्त्री क्वार्टर बनाउने निर्णय : संसद्लाई थाहै छैन
भैंसेपाटीमा मन्त्री क्वार्टर बनाउने निर्णय : संसद्लाई थाहै छैन
आयोगले साँझ ६ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने
आयोगले साँझ ६ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने
पञ्चायतदेखि गणतन्त्रसम्म संसद् भवनको कथा
पञ्चायतदेखि गणतन्त्रसम्म संसद् भवनको कथा
दशैमा बलि दिइने पशुपक्षिको आत्माको चिरशान्तिको लागि ‘मानिबुम पूजा’
दशैमा बलि दिइने पशुपक्षिको आत्माको चिरशान्तिको लागि ‘मानिबुम पूजा’
सङ्घीयताको सफल कार्यान्वयनका लागि भ्रष्टाचार नियन्त्रण हुनुपर्छ : नेता कोइराला
सङ्घीयताको सफल कार्यान्वयनका लागि भ्रष्टाचार नियन्त्रण हुनुपर्छ : नेता कोइराला
Successfully calendar launch 2019 usa calendar in usa with 12 neplai beautiful models !
Successfully calendar launch 2019 usa calendar in usa with 12 neplai beautiful models !
मुलुकका विभिन्न स्थानमा वर्षाको सम्भावना
मोदीले जनकपुर, काठमाडौं र मुक्तिनाथमा बेग्लाबेग्लै ‘सरप्राईज प्याकेज’ घोषणा गर्ने, कोशीदेखि कालुघाटसम्म जलमार्ग !
मोदीले जनकपुर, काठमाडौं र मुक्तिनाथमा बेग्लाबेग्लै ‘सरप्राईज प्याकेज’ घोषणा गर्ने, कोशीदेखि कालुघाटसम्म जलमार्ग !
बलात्कारीलाई कारवाही गर्न थप कडा कानुनकाे अावश्यकता !
बलात्कारीलाई कारवाही गर्न थप कडा कानुनकाे अावश्यकता !

तपाईंले छुटाउनुभयो कि?