काबुल आक्रमणमा ४३ जना मारिए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १०, २०७५
|
|
३६ पटक हेरिएको
Shares
काबुल आक्रमणमा ४३ जना मारिए

सारांश

  • काबुल, १० पुस ।
  • अफगानिस्तानको राजधानी सहर काबुलस्थित एक सरकारी कार्यालयको परिसरमा सोमबार भएको आत्मघाती आक्रमण सहित गोली हानाहान हुँदा कम्तीमा ४३ जना मारिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • राजधानी काबुलमा भएको यो आक्रमण यस वर्ष भएका घातक आक्रमणमध्ये एक हो ।

काबुल, १० पुस । अफगानिस्तानको राजधानी सहर काबुलस्थित एक सरकारी कार्यालयको परिसरमा सोमबार भएको आत्मघाती आक्रमण सहित गोली हानाहान हुँदा कम्तीमा ४३ जना मारिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राजधानी काबुलमा भएको यो आक्रमण यस वर्ष भएका घातक आक्रमणमध्ये एक हो ।

उक्त आक्रमणको कुनै पनि विद्रोही समूहले मङ्गलबारसम्म जिम्मेवारी लिएको छैन । अफगानिस्तानमा जारी युद्धबाट सरकारी फौज, सर्वसाधारण र लडाकू समेतका हजारौं व्यक्तिले ज्यान गुमाइरहेका छन् ।

सार्वजनिक निर्माण मन्त्रालयको परिसरमा भएको उक्त आक्रमणबाट अरु १० जना घाइते भएका छन् । मन्त्रालयका प्रवक्ता वाहीद मजरोहका अनुसार बन्दुकधारीहरु मन्त्रालयभित्र गोली चलाउँदै भित्र पसेका थिए । उनीहरुले मन्त्रालयको प्रवेशद्वारमा कार बम पनि विस्फोट गराएका थिए । आतङ्कित भएका सरकारी कर्मचारीहरुबीच आफ्नो ज्यान जोगाउन भागदौड मच्चिएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार केही कर्मचारी ज्यान जोगाउन मन्त्रालयको माथिल्लो तलाका झ्यालबाट हाम फालेका थिए ।

घन्टौंसम्म अरु सयौं कर्मचारी मन्त्रालयभित्रै बन्धक बनाइएका थिए । सरकारी सुरक्षा फौज र लडाकू समूहबीच घन्टौसम्म गोली हानाहान भएको थियो ।

सरकारी फौजको कारबाहीमा आत्मघाती आक्रमणकारी समेत कम्तीमा चारजना लडाकू मारिएका थिए भने ३५० भन्दा बढी मानिसलाई मुक्त गरिएको थियो । अधिकारीहरुले मारिने र घाइते हुने अधिकांश व्यक्ति सर्वसाधारण नागरिक छन् ।

अफगानिस्तानमै गत महिना पनि एउटा धार्मिक कार्यक्रममा भएको आत्मघाती आक्रमणमा कम्तीमा ५५ जना मारिएका थिए ।

राष्ट्रपति अस्ररफ घानीले युद्धभूमिमा पराजित भएपछि आफ्नो कमजोरी ढाकछोप गर्न निहत्था नागरिकमाथि आतङ्कवादी आक्रमण भएको बताउनुभएको छ । “उनीहरुले गरेका हरेक आक्रमण हाम्रा नागरिक विरुद्ध छ ।”
अफगानिस्तानको सर्बाधिक ठूलो लडाकू समूहले यसै वर्ष सबैभन्दा ठूलो इलाका आफ्नो नियन्त्रणमा पारेको छ । लडाकूकको आक्रमणबाट अहिलेसम्मकै ठूलो संख्यामा सैनिक मारिएका छन् ।

अफगानिस्तानको शान्ति सुरक्षामा सुधार ल्याउने उपायको खोजी गर्न अमेरिकी नेतृत्वमा वार्ताको पहल भइरहेको छ । अमेरिकी विशेषदूत जाल्मे खलिलजादले अफगानिस्तान सरकार, पाकिस्तान तथा विद्रोही तालिबान समेतका पक्षसँग वार्ता गरिरहनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन महिनासम्म सडकमै बास, अनि यसरी जन्मियो ‘मामाघर’
तीन महिनासम्म सडकमै बास, अनि यसरी जन्मियो ‘मामाघर’
सुर्खेतमा जन्मिए पेटछाती जोडिएका जुम्ल्याहा बालिका
सुर्खेतमा जन्मिए पेटछाती जोडिएका जुम्ल्याहा बालिका
भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद् बैठकप्रति प्रतिपक्षको आपत्ति
भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद् बैठकप्रति प्रतिपक्षको आपत्ति
कुन उमेरको यौन सम्बन्ध बढी आनन्ददायक ?
कुन उमेरको यौन सम्बन्ध बढी आनन्ददायक ?
निर्मलाका हत्यारा पत्ता नलागेपछि आमाबा धर्नामा
निर्मलाका हत्यारा पत्ता नलागेपछि आमाबा धर्नामा
काठमाडौंमा राजावादीहरुको बृहत्त प्रदर्शन
काठमाडौंमा राजावादीहरुको बृहत्त प्रदर्शन
महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी
महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी
फोरम नेपाललाइ हराउन राजपाले चुनाबमा भाग नलिएको ठूलो खतर्नाक खुलाशा, !
विमानसँगै हराइरहेका फुटबलर साला र पाइलट भेटिए
विमानसँगै हराइरहेका फुटबलर साला र पाइलट भेटिए
झण्डा हल्लाएर हिँड्न लाज मान्नुपर्ने हो , हाम्रो अध्यक्षले के हेरिरहनुभएको छ ?-माओवादी नेता दिनानाथ शर्मा
झण्डा हल्लाएर हिँड्न लाज मान्नुपर्ने हो , हाम्रो अध्यक्षले के हेरिरहनुभएको छ ?-माओवादी नेता दिनानाथ शर्मा