कहाँ हुँदैछ प्रचण्ड–ओलीको भेट : समय तोकियो
सारांश
- काठमाडौँ, पुस १२ ।
- एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच (आज) दिउँसो २ बजे बालकोटमा भेट हुने भएको छ ।
- ओली निवास बालकोट भेटमा ओली र प्रचण्डबीच राष्ट्रिय सभा निर्वाचन अध्यादेश, पार्टी एकता र सरकार गठनको विषयमा महत्वपूर्ण छलफल हुने बताइएको छ ।
काठमाडौँ, पुस १२ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच (आज) दिउँसो २ बजे बालकोटमा भेट हुने भएको छ ।
ओली निवास बालकोट भेटमा ओली र प्रचण्डबीच राष्ट्रिय सभा निर्वाचन अध्यादेश, पार्टी एकता र सरकार गठनको विषयमा महत्वपूर्ण छलफल हुने बताइएको छ ।
चुनावलगत्तै पार्टी एकीकरण प्रक्रिया सुरु गर्ने भने पनि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच दुईपटक मात्रै औपचारिक वार्ता भएका छन् ।
विभिन्न कार्यक्रममा ओली र प्रचण्डले पार्टी एकता छिट्टै हुने भनेपनि लामो समयसम्म दुवै दलबीच औपचारिक संवाद नहुँदा असहमति बढेको आशंका विभिन्न पक्षबाट भएको छ ।
नयाँ सरकार गठनका लागि दुई शीर्ष नेताबीच गहन छलफलसमेत हुन नसकेको भन्दै आलोचना भएपछि भेटवार्ता हुन लागेको हो । प्रचण्ड तीन दिन चितवनमा भएकाले भेट भएको थिएन ।
Bhuwan Pokharel
bhet huna garaixa ! gathabandan ma chiso pasisake jasto xa .