जित र हारका कारण खोज्दै एमाले

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ११, २०७४
|
|
३५ पटक हेरिएको
Shares
जित र हारका कारण खोज्दै एमाले

सारांश

  • काठमाडौँ, ११ जेठ ।
  • नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको पहिलो चरणमा आफ्नो पार्टीका उम्मेदवारले जित्नु र हार्नुका पाँच पाँच कारणसहित मातहतका कमिटीसँग विवरण माग गरेको छ ।
  • स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बुधबारको बैठकले पहिलो चरणको निर्वाचनको अनुभवबाट शिक्षा लिँदै दोस्रो चरणको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन अझ बढी एकताबद्ध भएर सिङ्गो पार्टीलाई परिचालित गर्ने निर्णय पनि गरेको छ ।

काठमाडौँ, ११ जेठ । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको पहिलो चरणमा आफ्नो पार्टीका उम्मेदवारले जित्नु र हार्नुका पाँच पाँच कारणसहित मातहतका कमिटीसँग विवरण माग गरेको छ ।

स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बुधबारको बैठकले पहिलो चरणको निर्वाचनको अनुभवबाट शिक्षा लिँदै दोस्रो चरणको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन अझ बढी एकताबद्ध भएर सिङ्गो पार्टीलाई परिचालित गर्ने निर्णय पनि गरेको छ । पहिलो चरणको निर्वाचनको परिणामले एमाले अग्र स्थानमा छ ।

महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले पहिलो चरणको निर्वाचनबारे तीन दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा प्रतिवेदन पठाउन सबै जिल्ला कमिटीलाई निर्देशन दिएको सो पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

विवरणमा नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षमा सबै उम्मेदवारले प्राप्त गरेको मत परिणाम, विजयी बनेका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको नामावली, निर्वाचनका क्रममा प्रशासनको भूमिका, पार्टीको आन्तरिक परिचालन तथा उम्मेदवार तालमेलको प्रभाव र अनुभव समेट्न पनि भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“सायद -२” रिलिजको उल्टागन्ति सुरु, चोक-बजार सबैतिर छ्याप्छ्याप्ती (भिडियो सहित)
“सायद -२” रिलिजको उल्टागन्ति सुरु, चोक-बजार सबैतिर छ्याप्छ्याप्ती (भिडियो सहित)
यस्तो बन्दै छ काठमाडौं महानगरपालिकाको नयाँ भवन !हेर्नुहोस फोटोफिचर  सहित
यस्तो बन्दै छ काठमाडौं महानगरपालिकाको नयाँ भवन !हेर्नुहोस फोटोफिचर सहित
सिके राउतलाई काट्ने धम्की दिएपछि बारा मतदान केन्द्रमा खैलाबैला
सिके राउतलाई काट्ने धम्की दिएपछि बारा मतदान केन्द्रमा खैलाबैला
प्रदर्शनीमा सीमित हुँदै माटोका भाँडा बनाउने सीप
प्रदर्शनीमा सीमित हुँदै माटोका भाँडा बनाउने सीप
१० तस्विरमा हेर्नुहोस किन छ दुनियाँ सनी माथी पागल
१० तस्विरमा हेर्नुहोस किन छ दुनियाँ सनी माथी पागल
नारायणगढ—मुग्लिन सडकखण्डः समयमा काम नसकेपछि छानबिन गर्न निर्देशन : गृहमन्त्री थापा
नारायणगढ—मुग्लिन सडकखण्डः समयमा काम नसकेपछि छानबिन गर्न निर्देशन : गृहमन्त्री थापा
राेल्पामा ४३ थान सकेट फेला ।
राेल्पामा ४३ थान सकेट फेला ।
सावधान म्याङगो फ्रुटी खादा ज्यान समेत जान सक्छ : ​दुगड कम्पनीमा प्रहरीको छापा
सावधान म्याङगो फ्रुटी खादा ज्यान समेत जान सक्छ : ​दुगड कम्पनीमा प्रहरीको छापा
पर्यटन बोर्डका सीईओको पदबहाली
पर्यटन बोर्डका सीईओको पदबहाली
पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति
पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति

तपाईंले छुटाउनुभयो कि?