माछा बिक्रीबाट स्वरोजगार बन्दै तामाङ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १२, २०७६
|
|
३६ पटक हेरिएको
Shares
माछा बिक्रीबाट स्वरोजगार बन्दै तामाङ

सारांश

  • हरि बाँस्तोला,केही गर्छु भन्ने सोचका साथ लगनशील भएर काम गर्ने हो भने बेरोजगार भएर भौँतारिनु पर्दैन, स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने कुरालाई यहाँका एक युवाले चरितार्थ पारेका छन् ।
  • पोखरा–१० बुद्धचोक बस्ने ४० वर्षीय राजु तामाङ पोखरा बजारमा माछा बिक्री गरेर मासिक रु २० हजारभन्दा बढी आम्दानी गरी अरुका लागि पनि अनुकरणीय बन्नुभएको छ ।
  • बिहान उठ्नेबित्तिकै बस चढेर पोखराको लेखनाथस्थित बेगनासतालमा रहेको अन्नपूर्ण माछा फार्ममा पुगी खरीद गरिएका माछा साइकलको सहायताले बजारमा बेच्नु उहाँको दैनिकी हो ।

हरि बाँस्तोला,केही गर्छु भन्ने सोचका साथ लगनशील भएर काम गर्ने हो भने बेरोजगार भएर भौँतारिनु पर्दैन, स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने कुरालाई यहाँका एक युवाले चरितार्थ पारेका छन् ।पोखरा–१० बुद्धचोक बस्ने ४० वर्षीय राजु तामाङ पोखरा बजारमा माछा बिक्री गरेर मासिक रु २० हजारभन्दा बढी आम्दानी गरी अरुका लागि पनि अनुकरणीय बन्नुभएको छ । बिहान उठ्नेबित्तिकै बस चढेर पोखराको लेखनाथस्थित बेगनासतालमा रहेको अन्नपूर्ण माछा फार्ममा पुगी खरीद गरिएका माछा साइकलको सहायताले बजारमा बेच्नु उहाँको दैनिकी हो ।

नुवाकोट बेलकोट नगरपालिका–९ स्थायी घर भएको बताउने उहाँ पोखराको लेकसाइड, विरौटा, रामबजार, आँखा अस्पतालचोक लगायतका विभिन्न स्थानमा ‘लौ आयो लोकल ताजा माछा’ भन्दै बिहानै सडकमा भेटिनुहुन्छ । आँखा अस्पतालचोकमा सोमबार बिहानै माछा बिक्रीका क्रममा सरसफाइ गरिरहेको अवस्थामा भेटिएका तमाङले रासससँग भन्नुभयो, “दैनिक २० देखि २६ किलोग्राम माछा खरीद गरी प्रतिकेजी रु ४०० मा बेच्ने गरेको छु, म पेशाप्रति सन्तुष्ट छु ।”

स्वदेशमा जीविकोपार्जनका लागि अप्ठेरो परेपछि विदेश जानका लागि पासपोर्टसमेत बनाएको बताउने उहाँले परिवारसँगै बसेर बिहानको करीब चार घण्टा बजारमा डुली आम्दानी गर्दा आफूलाई सुखको अनुभूति भएको सुनाउनुभयो । उहाँले आजभन्दा चार वर्षअघि फेवातालको खपौंदीबाट माछा खरीद गरी बिक्री गर्न शुरु गर्नुभएको हो ।

त्यस अवधिमा रु ३० हजारसम्म आम्दानी हुने गरेको अनुभव सुनाउँदै उहाँले उक्त क्षेत्रमा जलाहारी समुदायका महिला फुर्लुङमा माछा बेच्ने हुँदा माछा पाउनै असहज भएपछि विकल्पको रूपमा आफू अन्नपूर्ण फार्मतर्पm लागेको बताउनुभयो । पोखरीमा हुर्केका रेवाजातका माछा पोखरेलीले मन पराउने गरेका कारण पनि खरीद गरिएका माछा सबै बिक्री हुने गरेको उहाँको भनाइ छ ।

“बिक्रीसँगै सरसफाइसमेत आपैmँले गरिदिने भएकाले माछाको माग दिनप्रतिदिन बढ्दै गएको छ”, उहाँले थप्नुभयो । उहाँका दुई छोरा र छोरी स्कूल पढ्न जान्छन्, श्रीमतीले बुद्धचोकमा फलफूल तथा तरकारी बिक्री गर्दै आउनुभएको छ । जीविकोपार्जन राम्रैसँग चलेको छ । साइकलको अगाडि ह्याण्डलमा झुन्ड्याएर र पछाडि क्यारेटमा एक÷एक किलोको पोका बनाएर बजार डुलाउँदै आउनुभएका उहाँले सरसफाइबाट निस्कने फोहरसमेत साइकलमै राखेर उचित स्थानमा व्यस्थापन गर्दै आएको जानकारी दिनुभयो ।

पोखरा महानगरपालिका–१७ आँखा अस्पतालचोकमा कार्की रेष्टुरेन्ट सञ्चालन गर्दै आउनुभएका डिलमाया कार्कीले माछा स्वादिष्ट र सरसफाइसमेत गरिदिने भएका कारण उहाँलाई तामाङसँग बाहेक अरुसँग माछा किन्न मन नलाग्ने बताउनुभयो । पोखरा बजारमा अहिले भारतबाट आएका माछालाई ‘लोकल’ भनेर बिक्री गर्नेको सङ्ख्या ठूलै भएको बताउँदै उहाँले भन्नुभयो, “तामाङ भाइले ल्याएको माछा आफूजस्ता धेरैले रुचाउने गरेका छन् ।”

पोखरा उपत्यकामा साना–ठूला गरी नौ वटा ताल र विभिन्न खोलाका कारण यहाँ माछा राम्रै उत्पादन हुन्छ । मानव स्वास्थ्यको लागि समेत उपयुक्त हुने भएको र माग पनि बढ्दै गएका कारण पछिल्लो समय युवाको व्यावसायिक माछापालनप्रति आकर्षण बढेको छ ।

(www.bricks4kidz.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी नेत्री अर्याल निर्वाचित
राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी नेत्री अर्याल निर्वाचित
यसरी जन्मियो ‘खबर हराएको चिठी’ !
यसरी जन्मियो ‘खबर हराएको चिठी’ !
पारस खड्काकाे अर्धशतकीय पारी संगै नेपालले  दियाे नेदरल्याण्ड्सलाई २ सय १७ रनको लक्ष्य
पारस खड्काकाे अर्धशतकीय पारी संगै नेपालले दियाे नेदरल्याण्ड्सलाई २ सय १७ रनको लक्ष्य
असार १६ गते मंगलवारको राशिफल यस्तो छ
असार १६ गते मंगलवारको राशिफल यस्तो छ
एकरातमै यसरी सखाप भयो सुन्दर खाडागाउँ !
एकरातमै यसरी सखाप भयो सुन्दर खाडागाउँ !
तपाईंलाई सांसद बनाएका हौं, कम्प्युटरले नाम हटायो त के गर्ने : केपी ओली
तपाईंलाई सांसद बनाएका हौं, कम्प्युटरले नाम हटायो त के गर्ने : केपी ओली
विश्व समाचार : इथियोपिया विमान दुर्घटना : विमानमा रहेका सबैको मृत्यु भएको पुष्टि
विश्व समाचार : इथियोपिया विमान दुर्घटना : विमानमा रहेका सबैको मृत्यु भएको पुष्टि
संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका राजदूतद्वयद्वारा शपथ
संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका राजदूतद्वयद्वारा शपथ
राप्रपा प्रजातान्त्रिकको बैठक आज बस्दै
राप्रपा प्रजातान्त्रिकको बैठक आज बस्दै
तुलसीपुर उपमहानगरका समस्या समाधानका लागि पहल गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता
तुलसीपुर उपमहानगरका समस्या समाधानका लागि पहल गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता