‘फेरी माओवादी -कांग्रेस गठबन्धन’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १३, २०७४
|
|
५३ पटक हेरिएको
Shares
‘फेरी माओवादी -कांग्रेस गठबन्धन’

सारांश

  • काठमाडौं : कांग्रेस नेता तथा सिरहा १ बाट प्रतिनिधिसभाका सांसद प्रदीप गिरिले माओवादी-एमाले सहकार्य लामो समय नटिक्ने दाबी गरेका छन्।
  • बौद्धिक तथा प्रखर वक्ताका रूपमा चिनिएका गिरिले बुधबार अन्नपूर्णसँग कुरा गर्दै निर्वाचनमा पाएको जनमतले अहिले वाम गठबन्धनको सरकार गठन भए पनि भविष्यमा माओवादीले कांग्रेससँगै सहकार्य गर्न विश्लेषण गरे।
  • ‘तत्काल त कुनै सम्भावना छैन’, गिरिले भने, ‘तर अन्ततः गठबन्धन बन्ने कांग्रेस, माओवादी र मधेसी पार्टीहरूकै हो, जुन केही समयपछि मात्र सम्भव हुनेछ।

काठमाडौं : कांग्रेस नेता तथा सिरहा १ बाट प्रतिनिधिसभाका सांसद प्रदीप गिरिले माओवादी-एमाले सहकार्य लामो समय नटिक्ने दाबी गरेका छन्। बौद्धिक तथा प्रखर वक्ताका रूपमा चिनिएका गिरिले बुधबार अन्नपूर्णसँग कुरा गर्दै निर्वाचनमा पाएको जनमतले अहिले वाम गठबन्धनको सरकार गठन भए पनि भविष्यमा माओवादीले कांग्रेससँगै सहकार्य गर्न विश्लेषण गरे।

‘तत्काल त कुनै सम्भावना छैन’, गिरिले भने, ‘तर अन्ततः गठबन्धन बन्ने कांग्रेस, माओवादी र मधेसी पार्टीहरूकै हो, जुन केही समयपछि मात्र सम्भव हुनेछ।’ जनमतका आधारमा एमालेका अध्यक्ष केपी ओली नै प्रधानमन्त्रीको दाबेदार भएको र उनलाई प्रधानमन्त्री हुनबाट रोक्न उपयुक्त नहुने उनले बताए।

वाम गठबन्धनले स्थिरता र समृद्धिको नारा दिए पनि गिरिको विश्लेषणमा देशमा तत्काल स्थिर सरकार बन्ने सम्भावना छैन। उनले भने, ‘निर्वाचनको परिणाम जे आए पनि हाम्रो वास्तविक परिस्थिति बदलिएको छैन नि !’ गिरिले वाम गठबन्धन र एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएको ६ महिनामा नै स्थितिमा व्यापक परिर्वतन आउनसक्ने आकलन गरे। उनले भने, ‘यो मेरो आकलन मात्रै हो। तर कल्पना गर्नुस्, अहिले जसरी वाम गठबन्धन र ओलीलाई व्याख्या गरिँदैछ, के ओली प्रधानमन्त्री भएको ६ महिनापछि पनि त्यस्तै अवस्था रहला ? ‘

गिरिले प्रदेश २ सहित प्रतिनिधिसभामा मधेसी पार्टीहरू राजपा र संघीय फोरमले जितेको सिट महत्वपूर्ण भएको टिप्पणी समेत गरे। ‘मधेसी पार्टीहरूले सम्मानजनक मत ल्याउनुको अर्थ उनीहरूले उठाएका मुद्दाले फेरि पनि राजनीतिक महत्व पाउनु हो’, उनले भने, ‘हुन त राजनीतिमा निर्वाचन परिणामले मात्रै सबै कुरा निर्धारण हुँदैन। तर मधेसका केही आफ्नो सवाल छन्, जुन केही समयपछि फेरि सतहमा आउन सक्छन्।’

‘यो मेरो आकलन मात्र हो। तर कल्पना गर्नुस्, अहिले जसरी वाम गठबन्धन र ओलीलाई व्याख्या गरिँदछ, के ओली प्रधानमन्त्री भएको ६ महिनापछि पनि त्यस्त अवस्था रहला ? ‘प्रदीप गिरि, कांग्रेस नेता तथा सिरहा १ का प्रतिनिधिसभा सांसद

जनसंख्याको आधारमा मधेसमा सिट संख्या, गाउँपालिका र नगरपालिकाको पुनःसीमांकनको मुद्दा, नागरिकतासम्बन्धी केही जटिलता र समानुपातिक समावेशीताको मुद्दा मधेसबाट केही समयपछि फेरि बलियो ढंगमा देशको राजनीतिमा आउने सम्भावना उनले देखेका छन्। उनले भने, ‘यद्यपी संविधानको स्विकार्यता र कार्यान्वयन पनि बिस्तारै बढेर जानेछ।’

गिरिको बुझाइमा कांग्रेस, एमालेलगायत प्रमुख दलहरूमा समेत मधेसका मुद्दाहरूमा पहिलेभन्दा गहकिलो ढंगमा छलफल बाक्लिने सम्भावना बढेको छ। ‘प्रदेश २ मा सबै प्रमुख दलको उपस्थिति न्यून देखिएको छ’, उनले भने, ‘फलस्वरूप ती दल उनीहरू यसबारे छलफल गर्न बाध्य हुने छन्।’

उनले विवादित राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशका सन्दर्भमा कांग्रेसका पक्षमा माहोल बन्दै गएको टिप्पणी गरे। ‘म यसमा धेरै ठूलो विवाद देख्दिनँ’, उनले भने, ‘संघीय फोरम र राजपाले कांग्रेसकै पक्षमा समर्थन गरेको देखेको छु। माओवादी केन्द्र पनि त्यति कडा देखिएको छैन, त्यसैले मेरो बुझाइ अब राष्ट्रपतिले ढिलोचाँडो अध्यादेश जारी गर्नु हुन्छ।’ अध्यादेश जारी नहुँदा राष्ट्रियसभा र सरकार गठनमा ढिलाइ भइरहेको गुनासा आइरहँदा उनले पुस मसान्तसम्म अध्यादेशको विवाद टुंगो लाग्ने आकलन गरे।अन्नपूर्णपोस्ट बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाले बेरोजगारी बढेकै समय दोब्बर महंगीयो भान्सा
कोरोनाले बेरोजगारी बढेकै समय दोब्बर महंगीयो भान्सा
अबको संसदमा ६ दल मात्र
अबको संसदमा ६ दल मात्र
दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
नक्कली शरणार्थी प्रकरणः खाँणकाे सबालमा न्यायधिस बिचमा राय बाझियाे
नक्कली शरणार्थी प्रकरणः खाँणकाे सबालमा न्यायधिस बिचमा राय बाझियाे
सुन्नी संसारसँगको सम्बन्ध बाक्लिएपछि इरानबाट टाढिँदै पाकिस्तान
सुन्नी संसारसँगको सम्बन्ध बाक्लिएपछि इरानबाट टाढिँदै पाकिस्तान
सरकारलाई सचेत गराउन एमालेको माग
सरकारलाई सचेत गराउन एमालेको माग
चिनियाँ नेता ली उच्चस्तरीय भेटवार्तामा व्यस्त, छिट्टै सीमा बन्दरगाह खोल्ने प्रतिबद्धता
चिनियाँ नेता ली उच्चस्तरीय भेटवार्तामा व्यस्त, छिट्टै सीमा बन्दरगाह खोल्ने प्रतिबद्धता
चीनले चक्रपथमा मोनो रेल सम्भावनाका लागि अध्ययन शुरु
चीनले चक्रपथमा मोनो रेल सम्भावनाका लागि अध्ययन शुरु
प्राविधिक कारण देखाएर चुनावमा अवरोध गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने _नेकपा (एमाले )।
प्राविधिक कारण देखाएर चुनावमा अवरोध गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने _नेकपा (एमाले )।
वृद्धभत्ता ७० वर्ष कटेकाले मात्रै पाउने, देउवा सरकारको झुठो प्रचार थियो !
वृद्धभत्ता ७० वर्ष कटेकाले मात्रै पाउने, देउवा सरकारको झुठो प्रचार थियो !