कोरोनाले बेरोजगारी बढेकै समय दोब्बर महंगीयो भान्सा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ९, २०७७
|
|
२८ पटक हेरिएको
Shares
कोरोनाले बेरोजगारी बढेकै समय दोब्बर महंगीयो भान्सा

सारांश

  • कोभिड १९ का कारण बेरोजगारी बढिरहेको अवस्थामा खाद्यान्नको मूल्य पनि अकासिएको छ।
  • दैनिक उपभोग्य वस्तु खाद्यान्न र तरकारीको मूल्य बढेपछि आम्दानी कम हुनेलाई भान्सा चलाउन हम्मेहम्मे परेको छ।
  • काठमाडौं उपत्यकालगायत मुलुकका ५२ जिल्लामा निषेधाज्ञाका कारण खपत घटिरहेका बेला केही तरकारीको भाउ सतप्रतिशतसम्म महँगो भएको छ।

कोभिड १९ का कारण बेरोजगारी बढिरहेको अवस्थामा खाद्यान्नको मूल्य पनि अकासिएको छ। दैनिक उपभोग्य वस्तु खाद्यान्न र तरकारीको मूल्य बढेपछि आम्दानी कम हुनेलाई भान्सा चलाउन हम्मेहम्मे परेको छ।

काठमाडौं उपत्यकालगायत मुलुकका ५२ जिल्लामा निषेधाज्ञाका कारण खपत घटिरहेका बेला केही तरकारीको भाउ सतप्रतिशतसम्म महँगो भएको छ। तरकारीको खपत घटेको बेला मूल्य घट्नुपर्नेमा ठीक उल्टो भएर भाउ बढेको हो। कोरोनाका कारण क्रयशक्ति गुमाइरहेका बेला महँगी बढेपछि दैनिक ज्यालादारी गर्ने, निजी क्षेत्रमा काम गर्ने, सानोतिनो व्यवसाय गर्ने र विद्यार्थी मर्कामा परेका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार खाद्यवस्तुको मूल्य वृद्धि दर गत सालको तुलनामा दोब्बरभन्दा बढी छ। राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार खाद्य तथा पेय पदार्थमा मुद्रास्फीति ८।१६ प्रतिशत पुगेको छ। पोहोरको तुलनामा मुद्रास्फीति ५।०७ प्रतिशतले बढेको हो। पोहोर खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति वृद्धिदर ३।०९ प्रतिशतमा सीमित थियो।

कोरोनाको कारण उपत्यकालगायत अधिकांश जिल्लामा निषेधाज्ञा हुँदा आयात तथा ढुवानीमा कठिनाइ भएपछि भाउ बढेको व्यापारी बताउँछन्।

गत वर्षको तुलनामा आलुको भाउ एक सय १९ प्रतिशत बढेको छ। पोहोर भदौ पहिलो साता २६ रूपैयाँ किलोमा बिक्री भएको आलु अहिले बढेर ५९ रूपैयाँ पुगेको छ। काउलीको भाउ करिब सतप्रतिशत बढेको छ। पोहोर ६८ रूपैयाँमा बिक्री भएको स्थानीय काउलीको मूल्य एक सय ३५ रूपैयाँ पुगेको छ।

कालीमाटीमा गोलभेंडाको थोकमूल्य ७० रूपैयाँ किलो भए पनि खुद्रामा एक सय रूपैयाँ किलोमा बिक्री भइरहेको छ। घिउसिमी मूल्य एक सय ४० प्रतिशत, परवल ८३ प्रतिशत, भिन्डी ९४ प्रतिशत र सागको मूल्य ५० प्रतिशतले बढेको छ।

अहिले घिउसिमी किलोको एक सय ४० रूपैयाँ, भिन्डी ६८ रूपैयाँ, साग ८५ रूपैयाँ किलोमा बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शोकमा बलिउड, रहेनन् कलाकार इरफान खान
शोकमा बलिउड, रहेनन् कलाकार इरफान खान
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
प्रभावकारी बन्दै बेनी अस्पतालको स्वास्थ्य सेवा
प्रभावकारी बन्दै बेनी अस्पतालको स्वास्थ्य सेवा
राजधानीमा गोली चल्यो, एक घाइते, पाँच पक्राउ  !
राजधानीमा गोली चल्यो, एक घाइते, पाँच पक्राउ !
‘समानुपातिक टिकट दाइजो र बकस बनाइयो’
‘समानुपातिक टिकट दाइजो र बकस बनाइयो’
युरो कप छनोटका लागि इंग्ल्याण्डको टिम घोषणा
युरो कप छनोटका लागि इंग्ल्याण्डको टिम घोषणा
चलचित्रमा पात्र चयन कसरी हुन्छ?
चलचित्रमा पात्र चयन कसरी हुन्छ?
सङ्क्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्न मन्त्रालयको आग्रह
सङ्क्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्न मन्त्रालयको आग्रह
परिवारसँग कतारमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा  (हेर्नुहोस् ४ तस्बिरमा)
परिवारसँग कतारमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा (हेर्नुहोस् ४ तस्बिरमा)
चेपाङ समुदायको उत्थानमा प्रदेश सरकारले काम गर्छः मुख्यमन्त्री जम्कट्टेल
चेपाङ समुदायको उत्थानमा प्रदेश सरकारले काम गर्छः मुख्यमन्त्री जम्कट्टेल

तपाईंले छुटाउनुभयो कि?