श्रीमतीले सम्पत्ति कुम्ल्याएर हिँडेपछि…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १८, २०७४
|
|
१६ पटक हेरिएको
Shares
श्रीमतीले सम्पत्ति कुम्ल्याएर हिँडेपछि…

सारांश

  • ज्ञानेन्द्र कुरुम्भङ (पखेरे कान्छा) क्वालालम्पुर, पुस १८ ।
  • स्वदेशमा भने जस्तो रोजगार नपाउँदा आफ्नो जन्मभूमि, आफन्त, परिवारको माया मुटुभरी बोकेर नेपाली युवाहरू विदेशिन बाध्य छन् ।
  • यस्तै बेरोजगारीले थलिएपछि मोरङ जिल्लाको मिक्लाजोङ गाउँ पालिका–३ बोक्रे निवासी डम्बर मगरले पनि युएईमा ४ वर्ष र कुवेतमा ३ वर्ष रगत र पसिना बगाए ।

ज्ञानेन्द्र कुरुम्भङ (पखेरे कान्छा)

क्वालालम्पुर, पुस १८ । स्वदेशमा भने जस्तो रोजगार नपाउँदा आफ्नो जन्मभूमि, आफन्त, परिवारको माया मुटुभरी बोकेर नेपाली युवाहरू विदेशिन बाध्य छन् । यस्तै बेरोजगारीले थलिएपछि मोरङ जिल्लाको मिक्लाजोङ गाउँ पालिका–३ बोक्रे निवासी डम्बर मगरले पनि युएईमा ४ वर्ष र कुवेतमा ३ वर्ष रगत र पसिना बगाए ।

७ बर्षसम्म खाडी मुलुकको तातो घामसँग पौठेजोरी खेलेका उनी हाल पाँच महिनादेखि मलेसियाको किङ सेक्युरिटी कम्पनीमा कार्यरत छन् । तर उनको लागि मलेसिया अभिसाफ जस्तैः बनेको छ । सँगै बाँच्ने, सँगै मर्ने कसम खाई करिब ४ बर्ष अगाडि इलाम फुएतप्पा–२ निवासी सविना लिम्बू (मगर) सँग लगनगाठो कसेका थिए । तर आफ्नी श्रीमती एकाएक सम्पर्कबिहिन भएको खबरले उनी छागाँबाट खसे झैँ भए ।

बहिनीको घर झापा जान्छु भनी गत पुस ९गते आइतबारको दिन ३ वर्षे नाबालक छोरालाई एक्लै छाडी सबिना घरबाट हिँडेकी थिइन् । तर बहिनिको भनाइअनुसार उनी झापा पुगेकी छैनन् ।
उनी कहाँ गइन्, को सँग गइन्, कसैलाई अत्तोपत्तो छैन । माइतीघर पनि नआएकी र आफूहरुलाई सविनाको बारेमा केही थाहा नभएको माइतीपक्षले डम्बरलाई टेलीफोनमार्फत जानकारी गराइसकेका छन् ।

सविना घरबाट निस्किँदा बढो दुःखले कमाएको नगद करिब ३/४ लाख र ३/४ तोला जति सुनको गरगहना र छिमेकीको केही नगद र सुन पनि साथैमा लिएर गएकी डम्बरले जानकारी गराए । सबिना बेपत्ता भएपछि डम्बरकी आमाले मोरङको टाँडी प्रहरी चौकीमा निवेदन समेत दिइसकेकी छिन् ।
डम्बरका भनाइ अनुसार उनी आफ्नी श्रीमतीलाई खुसी र सुख दिन कुनै कसुर बाँकी राखेका थिएनन् । काम गर्न सक्दिन भनेपछि एक किराना पसल पनि खोलिदिएका थिए । तर आफ्नो ज्यानभन्दा बढी माया गरेको श्रीमतीले विश्वासघात गरेपछि डम्बरको मन भाँच्चिएको छ ।

सबिनाको सोधखोज गरि कानुनको दायरामा ल्याउने र आफूले दुःख गरेर कमाएको धन सम्पत्ति फिर्ता गर्ने डम्बरको चाहना छ । यहीँ झिनो चाहना पालेर डम्बर मलेसियामा पसिना बगाउन बाध्य छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Magarathuldai Thada

    पैसा कामायर शुख दिँदानी कुमल्यायर भाग्ने डर । नकमाई दुखा पाँउदानी सुख खोज्दै भाग्ला भन्ने डर।। गारो छ हो गारो।।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?