न्यायिक समितिका समस्यासँग जुध्दै उपमेयरहरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १०, २०७५
|
|
२६ पटक हेरिएको
Shares
न्यायिक समितिका समस्यासँग जुध्दै उपमेयरहरु

सारांश

  • संघीयताको कार्यान्वयन गर्न तीनै प्रदेशका महिला तथा पुरुष जनप्रतिनिधिहरुलाई कार्यसम्पादनमा रहेको चुनौतिहरुको अन्त्यको लागि जनप्रतिनिधिहरुको क्षेत्राधिकार, शैक्षिक, सामाजिक तथा मनोवैज्ञानिक विकासमा जोड दिइएको छ ।
  • जागरण नेपाल तथा शान्ति मालिकाको आयोजनामा ‘स्थानीय तहका न्यायिक समितिका चुनौती र भावी रणनीतिहरु’ विषयक छलफल कार्यक्रममा लैङ्गिक समानताको लागि कानुनी व्यवस्थालाई संस्थागत गर्दै राष्ट्र निर्माणमा एक ढिक्का भई अघि बढ्ने जनप्रतिनिधिहरुले कानुन अनुसार काम गर्न पाउनुपर्नेमा जोड दिइएको छ ।
  • कार्यक्रममा काठमाडौँ महानगरपालिकाको उपमेयर हरिप्रभा खड्गीले लामो समयसम्म महिलाले गरेको आन्दोलनको कारण प्राप्त उपलब्धीलाई संस्थागत गर्दै अघि वढ्नुपर्ने बताइन् ।

संघीयताको कार्यान्वयन गर्न तीनै प्रदेशका महिला तथा पुरुष जनप्रतिनिधिहरुलाई कार्यसम्पादनमा रहेको चुनौतिहरुको अन्त्यको लागि जनप्रतिनिधिहरुको क्षेत्राधिकार, शैक्षिक, सामाजिक तथा मनोवैज्ञानिक विकासमा जोड दिइएको छ ।

जागरण नेपाल तथा शान्ति मालिकाको आयोजनामा ‘स्थानीय तहका न्यायिक समितिका चुनौती र भावी रणनीतिहरु’ विषयक छलफल कार्यक्रममा लैङ्गिक समानताको लागि कानुनी व्यवस्थालाई संस्थागत गर्दै राष्ट्र निर्माणमा एक ढिक्का भई अघि बढ्ने जनप्रतिनिधिहरुले कानुन अनुसार काम गर्न पाउनुपर्नेमा जोड दिइएको छ ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाको उपमेयर हरिप्रभा खड्गीले लामो समयसम्म महिलाले गरेको आन्दोलनको कारण प्राप्त उपलब्धीलाई संस्थागत गर्दै अघि वढ्नुपर्ने बताइन् । न्यायिक समितिले व्यवहारिक रुपमा उत्रिनुपर्ने बताइन् ।

न्यायिक समितिमा विभिन्न खालका मुद्दा आउने गरेको भन्दै शिक्षा, जनचेतना लगायतका कुरामा ध्यान दिनुपर्ने बताइन् । उपमेयर खड्गीले पूर्व रुपले निर्णय लिन सक्ने अधिकार तथा मेलमिलाप गर्न गर्नसक्ने गरी छुट्याएकोले सोहीअनुसार कार्य सम्पादन गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा मालिकाको उपाध्यक्ष शर्मिला कार्कीले पुरुष पनि पीडित रहेको बताइन् । मानव अधिकारका विषयलाई विशेष ध्यानदिनुपर्ने बताइन् । महिलालाई संविधान दिएको अधिकारका कारण विवाह गर्ने अनि डिभोर्सको प्रक्रियामा जाने गरेको बताइन् । सम्पत्तिका लागि सम्बन्ध विच्छेद गर्ने डरलाग्दो प्रकृतिका जघन्य घटनाहरु वढ्दै गएकाले यसलाई विशेष ध्यानदिनुपनेमा जोड दिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?