म्याग्दीमा पर्यटकको चहलपहल बढ्दै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २९, २०७४
|
|
४० पटक हेरिएको
Shares
म्याग्दीमा पर्यटकको चहलपहल बढ्दै

सारांश

  • —धु्रबसागर शर्मा बेनी, म्याग्दी २९ चैत, वसन्त ऋतुको आगमनसँगै उच्च पहाडी जिल्ला म्याग्दीमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै जान थालेको छ ।
  • चालु वर्षको जाडो समय सकिएर गर्मीयाम शुरु भएसँगै जिल्ला भ्रमणमा आउने पर्यटकको चहलपहल शुरु भएको हो ।
  • पर्यटन समय शुरु भएपछि जिल्लामा पर्यटकको आवागमन बढेको बताइएको छ ।

—धु्रबसागर शर्मा

बेनी, म्याग्दी २९ चैत, वसन्त ऋतुको आगमनसँगै उच्च पहाडी जिल्ला म्याग्दीमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै जान थालेको छ ।

चालु वर्षको जाडो समय सकिएर गर्मीयाम शुरु भएसँगै जिल्ला भ्रमणमा आउने पर्यटकको चहलपहल शुरु भएको हो । पर्यटन समय शुरु भएपछि जिल्लामा पर्यटकको आवागमन बढेको बताइएको छ ।

म्याग्दी जिल्लाको भ्रमण गर्न आउने पर्यटकहरु अधिकांश सडकमार्ग भएर आउने गरेका छन् । जिल्लामा पर्वतको मालढुङ्गा हुँदै सदरमुकाम बेनी, पश्चिमको दरबाङ, बागलुङदेखि रत्नेचौर र उत्तरी भूरुङ–तातोपानी नाका भएर म्याग्दीको भ्रमणमा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन् ।

यसैगरी कतिपय पर्यटक टे«किङ एजेन्सीमार्फत सिधै हवाई मार्ग भएर जिल्लाको भ्रमणमा आउने गरेका छन् भने हिमालपारीको जिल्ला मुस्ताङबाट समेत पर्यटकहरु यहाँ भित्रिने गरेका छन् ।

जिल्ला भ्रमण गर्न भित्रिने बाह्य पर्यटकहरुको तथ्याङ्क प्रहरीसँग रहे पनि आन्तरिक पर्यटकहरु कति भित्रिन्छन् ? भनेर कुनै सरकारी वा गैरसरकारी निकाय तथा संघसंस्थासंग तथ्याङ्क छैन । बेनीका होटल व्यवसायीका अनुसार जिल्लामा बाह्यभन्दा आन्तरिक पर्यटक धेरै आउने भए पनि आधिकारिक तथ्याङ्क कसैसँग रहेको छैन ।

विगतका वर्षको तुलनामा यो समयमा पर्यटकको आवागमनमा कमी आएको होटल याक एण्ड रेष्टुरेण्टका सञ्चालक बाबुराम आचार्यले बताउनुभयो । पर्यटन सिजन शुरु भैसक्दा पनि सीमित मात्रामा मात्रै आन्तरिक तथा बाह्य पर्यटक आएको बताउँदै उहाँले जिल्लामा पर्यटक भित्र्याउनका लागि आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।

उहाँका अनुसार म्याग्दीमा युरोपियन, अमेरिकन, इटालीयन, इन्डियनका साथै नेपालको पूर्वी, मध्य र पश्चिम क्षेत्रका पर्यटक बढी आउने गरेका छन् ।

हालै मात्र बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिका कारण दैनिक ८ घण्टासम्म सडक बन्द हुने भएकाले पनि पर्यटकको आगमन कमि भएको होटल व्यवसायी आचार्यको भनाई छ ।

म्याग्दी होटल तथा रेष्टुरेण्ट व्यवसायीसमेत रहेका आचार्यले प्रायः पर्यटकहरु एकदिन भन्दाबढी नबस्ने र अधिकांश पर्यटकले मुस्ताङको जोमसोम, मुक्तिनाथ र कोरला भ्रमणलाई प्राथमिकता दिने गरेको बताउनुभयो । यातायात व्यवसायीले जुनसुकै समयमा पनि पर्यटक बोकेर हिँड्ने भएकाले पनि पर्यटकको म्याग्दी बसाई लम्ब्याउन नसकिएको होटल व्यवसायीको गुनासो छ ।

जिल्लामा भित्रिने पर्यटकको सुरक्षा तथा उनीहरुलाई समस्या परेको खण्डमा तत्कालै उद्धारका लागि आवश्यक कदम चाल्ने गरिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले बताउनुभयो । पर्यटकीय हिसाबले म्याग्दी जिल्ला सुरक्षित र पर्यटनमैत्री रहेको बताउँदै उहाँले आगामी दिनमा पर्यटनमैत्री संरचना तथा भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्छ भन्नुभयो ।

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा कुल २६ हजार ५१८ जना पर्यटकले म्याग्दीको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । तीमध्ये १३ हजार ९७६ पुरुष र १२ हजार ५४२ महिला छन् ।

गतवर्ष ६९ हजार ८१६ जनाले जिल्लाको भ्रमण गरेको प्रहरीले जानकारी दिएको छ । म्याग्दी भ्रमणमा आउने अधिकांश पर्यटकहरु घोरेपानी, पुनहिल, खोप्रालेक, महरेडाँडा, राउण्ड धौलागिरी र अन्नपूर्ण पदमार्गमा यात्रा गर्ने तथा धौलागिरी बेसक्याम्प र धौलागिरी–अन्नपूर्ण हिमाल आरोहण गर्न आउने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान विगतको सङ्ग्रह, वर्तमान प्रतिविम्ब र भविष्यमा हिँड्ने बाटोको एकीकृत रूप :प्रधानमन्त्री ओली
संविधान विगतको सङ्ग्रह, वर्तमान प्रतिविम्ब र भविष्यमा हिँड्ने बाटोको एकीकृत रूप :प्रधानमन्त्री ओली
केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन शेखरको माग
केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन शेखरको माग
भैली खेल्ने क्रममा गाडी रोक्दा एक महिलाको ज्यान गयाे !
भैली खेल्ने क्रममा गाडी रोक्दा एक महिलाको ज्यान गयाे !
धनुषामा राष्ट्रिय परिचयपत्र लिन सास्ती
धनुषामा राष्ट्रिय परिचयपत्र लिन सास्ती
सिटौलाको साथ पाएपछि कांग्रेसमा पौडेल पक्षलाई फलिफाप
सिटौलाको साथ पाएपछि कांग्रेसमा पौडेल पक्षलाई फलिफाप
विशेष अधिवेशनका नाममा फैलाइएको हल्लाको पछाडि नलाग्न देउवाकाे आग्रह
विशेष अधिवेशनका नाममा फैलाइएको हल्लाको पछाडि नलाग्न देउवाकाे आग्रह
चुनावको समिक्षा गरिरहेको माओवादीलाई एमाले अध्यक्ष ओलीले राखे एक्कासि नयाँ प्रस्ताव
चुनावको समिक्षा गरिरहेको माओवादीलाई एमाले अध्यक्ष ओलीले राखे एक्कासि नयाँ प्रस्ताव
अब म रुन्नँ, आस्था डगमगाउन दिन्न( आस्था राउत)
अब म रुन्नँ, आस्था डगमगाउन दिन्न( आस्था राउत)
लेखक र भट्टको रोचक प्रतिस्पर्धाले समर्थकको ढुकढुकीमा गडबडी
लेखक र भट्टको रोचक प्रतिस्पर्धाले समर्थकको ढुकढुकीमा गडबडी
प्रचण्डको आखिरी चमत्कार वाम एकता-–प्रदीप गिरि
प्रचण्डको आखिरी चमत्कार वाम एकता-–प्रदीप गिरि