भित्री बस्त्रको प्रयोग गर्दा ध्यान दिनैपर्छ यी कुरा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३०, २०७५
|
|
४० पटक हेरिएको
Shares
भित्री बस्त्रको प्रयोग गर्दा ध्यान दिनैपर्छ यी कुरा

सारांश

  • पहिरनको कुरा गर्दा हामी बाहिरी बस्त्र सम्झन्छौं, जसले हाम्रो आङ ढाक्छ ।
  • लाज ढाक्छ ।
  • जाडो र गर्मीबाट शरीरलाई सन्तुलित राख्छ ।

पहिरनको कुरा गर्दा हामी बाहिरी बस्त्र सम्झन्छौं, जसले हाम्रो आङ ढाक्छ । लाज ढाक्छ । जाडो र गर्मीबाट शरीरलाई सन्तुलित राख्छ । स्टाइलिस देखाउँछ । फेसनेबल देखाउँछ । व्यक्तित्व बढाउँछ ।

त्यही कारण हामी बाहिरी बस्त्र खरिद गर्दा त्यसको रुपरंग, बनौट सबै कुरामा ध्यान दिन्छौं, ताकि आफुलाई सुहाउँदो होस् । तर, भित्री बस्त्र नि ?

अब तपाईं एक कदम पछि हट्नुहुनेछ । किनभने भित्री बस्त्र खरिद गर्दा त्यसको बारेमा खासै ख्याल राख्नुहुन्न । किनभने तपाईं-हामीलाई लाग्छ, भित्री बस्त्र भनेको छोपिने चिज हो । देखिने भए पो राम्रो हुनुपर्छ ।

तर, यस्तो कुरा सही होइन । भित्री बस्त्र छालामैत्री वा सहज हुनुपर्छ । अन्याथा यसले शरीरमा असर गर्न सक्छ । हुन त हामीलाई यस्ता कुरा वाहियत लाग्छ वा सामान्य लाग्छ । तर, प्रजनन स्वास्थ्यसँग प्रत्यक्ष जोडिने भएकाले भित्री बस्त्रको बारेमा संवेदनसिल हुनैपर्छ ।

कस्तो कपडा ?

कपाडा धेरै किसिमको हुनेगर्छ । त्यसमध्ये सुतीको कपडा राम्रो हो । भित्री बस्त्रका लागि सुती नै सही हुनसक्छ । सुतीको भित्री बस्त्र लगाउँदा सिल्क वा सिन्थेटिकको जस्तो समस्या हुँदैन । सिल्क वा सिन्थेटिकमा हावा पस्दैन । यसले छालाको इन्फेक्सन हुनसक्छ । सिन्थेटिक कपडा नै किनेपनि भित्रको लाइनिङ सुतीकै हुनुपर्छ ।

कस्तो नाप ?

भित्री बस्त्र कुन साइजको लिने ? त्यो तपाईंको शरीरमा निर्भर गर्छ । कसैलाई ठूलो चाहिएला, कसैलाई मझौला, कसैलाई सानो । आफुलाई फिट हुने भित्री बस्त्र किन्नुपर्छ । यसको पेन्टी, ब्रा जेसुकै होस्, आफ्नो नाप अनुसार सही छ भने हिँडडुल गर्न सजिलो छ ।

कस्तो रंग ?

कस्तो रंगको भित्री बस्त्र ? यो प्रश्न तपाईलाई वाहियात लाग्न सक्छ । तर, चिकित्सकहरु भन्छन् सेतो पेन्टी लगाउनु उपयुक्त हुने बताउँछन् । रंगबिरंगी पेन्टी आकर्षक देखिएपनि सफा एवं सेतो रंगको भित्री बस्त्र नै राम्रो हुन्छ ।

कहिले बदल्ने ?

पेन्टी कहिले बदल्नुपर्छ ? अक्सर यसबारे हामी उति ख्याल गदर्ैैनौं । अरु लुगा, जुत्ता आदि त समय समयमा वा फेसन अनुरुप बदल्छौं । तर, पेन्टी ?

पेन्टी निश्चित अवधीमा बदल्नुपर्छ । धेरै समय एउटै पेन्टी प्रयोग गर्दा त्यसले प्रजनन अंगामा समस्या ल्याउन सक्छ ।

पेन्टीमा यी कुरा ख्याल गर्नुहोस् है

खासगरी यो विषयमा महिलाहरुले सर्तक हुन आवश्याक छ । जब तपाईं पेन्टी धुनुहुन्छ, त्यसअघि पेन्टीमा राम्ररी हेर्नुहोस् । यसमा सेतो टाटो देखियो भने चिन्ताको विषय हुन्दैन तर रातो टाटो देखियो भने स्त्रीरोग विशेषज्ञको परामर्श लिनु उचित हुन्छ ।

राती सुत्दा पेन्टी लगाउने कि नलगाउने ?

राती सुत्दा पेन्टी लगाउने कि नलगाउने ? संभव भएसम्म पेन्टी नलगाई सुत्नु राम्रो हो । पेन्टी नलगाइ सुन्दा महिलाहरुले छुट्टै आनन्द पाउँछन् र शरीरको त्यो भागलाई पनि राहत मिल्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सञ्चालकले शेयर बिक्री गर्न नपाउने व्यवस्थाप्रति चेम्बरको अर्थमन्त्रीलाई ध्यानाकर्षण
सञ्चालकले शेयर बिक्री गर्न नपाउने व्यवस्थाप्रति चेम्बरको अर्थमन्त्रीलाई ध्यानाकर्षण
आज ४०३ कोरोना संक्रमित थप
आज ४०३ कोरोना संक्रमित थप
केन्द्र र स्थानीय तहबीच अधिकार क्षेत्रका बीचमा द्वन्द ‘स्थानीय तह पंगु”पेल्दै सिंहदरबार
केन्द्र र स्थानीय तहबीच अधिकार क्षेत्रका बीचमा द्वन्द ‘स्थानीय तह पंगु”पेल्दै सिंहदरबार
पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन मनाउन ‘निर्मल निवास’मा तयारी तीब्र
पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन मनाउन ‘निर्मल निवास’मा तयारी तीब्र
प्रदेश नं २ का छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडानको तयारी
प्रदेश नं २ का छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडानको तयारी
मन्त्रीकै अगाडी उपमहानगरका प्रमुख कुटिए
मन्त्रीकै अगाडी उपमहानगरका प्रमुख कुटिए
नक्कली फेसबुक अकाउन्टप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण
नक्कली फेसबुक अकाउन्टप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण
राहत कटौती, शरणार्थी भोकै, मानवीय संकटको खतरा
कृत्रिम लिंग प्रयोग गरी महिलाद्वारा महिला नै बलात्कृत
कृत्रिम लिंग प्रयोग गरी महिलाद्वारा महिला नै बलात्कृत
एक हजार ८२ जना द्वन्द्वपीडितलाई राहत रकम प्रदान !
एक हजार ८२ जना द्वन्द्वपीडितलाई राहत रकम प्रदान !