गगन थापाले गरे गठबन्धनबारे नयाँ खुलासा
सारांश
- काठमाडौं, पुस १८ ।
- नेपाली कांग्रेसका युवा नेता गगन थापाले भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनलाई कांग्रेसबाट अनपेक्षित सहयोग भएको खुलासा गरेका छन् ।
- ‘दुई पार्टीबीच वाम गठबन्धन हुँदा एमाले र माओवादी कार्यकर्ता र भोटर अलमलमा थिए ।
काठमाडौं, पुस १८ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनलाई कांग्रेसबाट अनपेक्षित सहयोग भएको खुलासा गरेका छन् ।
‘दुई पार्टीबीच वाम गठबन्धन हुँदा एमाले र माओवादी कार्यकर्ता र भोटर अलमलमा थिए । एमालेका कार्यकर्ता हसियाँ हतौडामा भोट हाल्ने र माओवादी कार्यकर्ता सूर्यमा भोट हाल्नेमा अलमलमा थिए । साँच्चीकै पार्टी एकता हुन्छ ? चुनावपछि फेरि झगडिने हुन कि भन्ने आशंका र प्रश्न दुवै पार्टीका कार्यकर्तामा थियो ।
तर, त्यही बेला हाम्रो पार्टीका नेताहरुले अब कम्युनिष्ट सरकार बन्छ, रुन पनि पाइँदैन्, ५० वर्ष सरकार चलाउँछन्, देश कम्युनिष्टमय हुन्छ भन्ने अभिव्यक्तिले साँच्चीकै पार्टी एकता हुने भयो । अब हामीले स्थिर सरकार पाउने भयौ भन्ने म्यासेज गयो र एमाले कार्यकर्ता माओवादीमा र माओवादी कार्यकर्ता एमालेको सूर्य चिन्हमा भोट हाल्न तयार भए । यसरी वाम गठबन्धनको अनपेक्षित जितलाई कांग्रेसले योगदान गर्यो,’ कान्तिपुर टेलिभजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा पत्रकार भुषण दाहालसँग कुरा गर्दै गगनले भने ।
उनले वाम गठबन्धनले जनमत पाइसकेको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए । नेतृत्व परिवर्तन आजको आवश्यक भन्दै गगनले विश्राम लिन र अभिभावकको भुमिका निर्वाह गर्न पार्टीको पहिलो पुस्तालाई आग्रह समेत गरे ।
प्रतिक्रिया