लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २८, २०७९
|
|
५६ पटक हेरिएको
Shares
लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय

सारांश

  • दाेधारा चाँदनी ।
  • सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा सङ्कलन गरेर प्रकाशन गर्ने तयारी थालेको छ ।
  • विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा, संस्कृति र साहित्यको संरक्षण गरी अघि बढाउने क्रममा यहाँका लोककथा सङ्कलन गरेर प्रकाशन गर्न लागेको बताए ।

दाेधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा सङ्कलन गरेर प्रकाशन गर्ने तयारी थालेको छ ।

विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा, संस्कृति र साहित्यको संरक्षण गरी अघि बढाउने क्रममा यहाँका लोककथा सङ्कलन गरेर प्रकाशन गर्न लागेको बताए । “यहाँको संस्कृति र भाषाका अन्य विधामा अनुसन्धान कार्य अघि बढाउने योजना छ”, उनले भने, “लोककथा सङ्कलनसँगै विश्वविद्यालयले यस क्षेत्रको उन्नयनका लागि अनुसन्धानलाई अगाडि बढाएको छ ।”

सुदूरपश्चिम विश्वविद्यालयको भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रका निर्देशक डा हरिशचन्द्र भट्टले प्रदेशका नौवटै जिल्लाका लोककथा प्रकाशन गर्न लागेको बताए । “सौका, भोटे, राउटे, मगर र रानाथारूका लोककथा सङ्कलन गरेर प्रकाशनको चरणमा छन्”, उनले भने, “कथा स्थानीय र नेपाली भाषामा प्रकाशन गरिरहेका छौँ ।”

दार्चुला, बझाङ, बैतडी, बाजुरालगायत नौ जिल्लाकै लोककथा स्थानीय र नेपाली दुवै भाषामा प्रकाशन हुनेछन् । धर्म, संस्कृति रीतिरिवाज हिजो कस्तो थियो भनेर कथाका माध्यमबाट सन्देश दिन खोजेको डा. भट्टको भनाइ छ । विश्वविद्यालयले सुदूरपश्चिमको पुरातत्वको समेत अध्ययन गर्न लागेको उनले जानकारी दिए ।

साहित्यकार हेमबाबु लेखकले विश्वविद्यालयले गर्न लागेको लोककथा सङ्कलन कार्य अत्यन्तै सकारात्मक रहेको बताए । “लोकथामा लोकजीवनका हरेक पाटा भेटिने, स्थानीय रहनसहन लवाइखवाई चाडपर्व रीतिरिवाजका बारेमा यथार्थतासहितका जनश्रुति नीहित हुन्छन्”, उनले भने, “यसले लोकजीवनलाई बुझ्न सहज हुन्छ ।” सुदूरपश्चिम विश्वविद्यालयले भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रको स्थापना गरी यहाँको भाषा र संस्कृतिको अध्ययन अनुसन्धानलाई तीव्रता दिएको छ ।

बजेट निकासा नहुँदा मेडिकल कलेज सञ्चालन हुन सकेन

बजेट निकासा नहुँदा डडेल्धुरामा मेडिकल कलेज सञ्चालन हुनसकेको छैन । सरकारले गत माघमा डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा सञ्चालन गर्ने निर्णय गरेको भए पनि बजेट निकासा नहुँदा सो कार्य अघि बढ्न सकेको छैन ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीका अनुसार मेडिकल कलेज सञ्चालनमा आए प्रदेशका विद्यार्थीको चिकित्सा शिक्षामा पहुँच विस्तार हुनेछ । प्रदेशभरि विशेषज्ञ उपचार सेवा दिन सकिनेछ । उनले भने, “मेडिकल कलेजका लागि विनियोजित रकम हालसम्म निकासा हुनसकेको छैन ।” आइतबार सम्पन्न विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा उपकुलपति जोशीले सभामा उपस्थित कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष बजेट निकासाका लागि आग्रह गरे ।

आर्थिक वर्ष २०७९÷८० मा विनियोजित रु ४० करोड हालसम्म निकासा हुन सकेको छैन । मन्त्रिपरिषद्को गत माघ १० गते बसेको बैठकले डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत रहने गरी मेडिकल कलेजका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो । मेडिकल कलेजका लागि स्वास्थ्य तथा जनसङ्ख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भइसकेको उपकुलपति जोशीले बताए ।

दीक्षान्त समारोहमा सहभागी प्रधानमन्त्री दाहालले मेडिकल कलेज सञ्चालनका लागि सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे । गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर यहाँका जनताको स्वास्थ्यमा पहुँच विस्तार गर्ने सरकारको योजना रहेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार हजार २४७ भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हट्यो
चार हजार २४७ भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हट्यो
गोलभेडाको दाम झर्यो २ रुपैयामा
गोलभेडाको दाम झर्यो २ रुपैयामा
असारभित्रै बुढीगण्डकी आयोजनाको शिलान्यास हुन्छ : प्रधानमन्त्री प्रचण्ड
असारभित्रै बुढीगण्डकी आयोजनाको शिलान्यास हुन्छ : प्रधानमन्त्री प्रचण्ड
घुस सहित ३ जना कर्मचारी रंगेहात पक्राउ
घुस सहित ३ जना कर्मचारी रंगेहात पक्राउ
युएनडिपीको गाडी दुर्घटना, चालकको मृत्यू र ५ घाइते
युएनडिपीको गाडी दुर्घटना, चालकको मृत्यू र ५ घाइते
दुध बोकेको ट्यांकर त्रिशूलीमा खस्योः  दुईको मृत्यु
दुध बोकेको ट्यांकर त्रिशूलीमा खस्योः दुईको मृत्यु
ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस नेता भण्डारी घाइते
ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस नेता भण्डारी घाइते
प्रहरी दुरुपयोग गर्दै लोकमान ! यसरि भयो प्रहरीको दुरुपयोग लोकमानबाट…
प्रहरी दुरुपयोग गर्दै लोकमान ! यसरि भयो प्रहरीको दुरुपयोग लोकमानबाट…
दोस्रो विवाह गरेमा स्वतः बदर, दुवै जेल जानुपर्ने : नयाँ कानुन
दोस्रो विवाह गरेमा स्वतः बदर, दुवै जेल जानुपर्ने : नयाँ कानुन
नेपाललाई ठूलो झड्का, १० औं ओभरमा कप्तान दिपेन्द्र सिंह ऐरी आउट भएका छन् / एसिया कप सेमिफाइनलमा नेपाल-अफगानिस्तान भिड्दै
नेपाललाई ठूलो झड्का, १० औं ओभरमा कप्तान दिपेन्द्र सिंह ऐरी आउट भएका छन् / एसिया कप सेमिफाइनलमा नेपाल-अफगानिस्तान भिड्दै