आजबाट भक्तपुर पोखरा सिधा बस सेवा शुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ११, २०७५
|
|
३४ पटक हेरिएको
Shares
आजबाट भक्तपुर पोखरा सिधा बस सेवा शुरु

सारांश

  • भक्तपुर, ११ साउन ।
  • आजबाट भक्तपुर–पोखरा सिधा बस सेवा सञ्चालन भएको छ ।
  • आज बिहान सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले बस सेवा शुभारम्भ गरेका हुन् ।

भक्तपुर, ११ साउन । आजबाट भक्तपुर–पोखरा सिधा बस सेवा सञ्चालन भएको छ । आज बिहान सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले बस सेवा शुभारम्भ गरेका हुन् । उनले यस क्षेत्रलाई नगरपालिकाले पर्यटकीय गन्तव्य क्षेत्रका रुपमा घोषणा गर्न लागेको जानकारी दिँदै सूर्यविनायक नगरपालिकामा पर्यटन विकासको मुख्य आधार बनाउने कार्यक्रम अगाडि ल्याइरहेको बेलामा पर्यटक बस सेवा सञ्चालनले पर्यटन विकासमा थप मद्दत पुग्ने बताए ।

भक्तपुरबाट पर्यटकलाई बन्दीपुर र पोखरा लैजाने तथा पोखराबाट पर्यटकलाई भक्तपुर ल्याउने गरी साझेदारी कार्यक्रम सञ्चालन गर्न सकिने चर्चा गर्दै नगरप्रमुख थापाले नगरपालिका पर्यटन व्यवसायीसँग पर्यटन विकासको मामिलामा हातेमालो गरेर अगाडि जान तयार रहेको बताए । सेवा उद्घाटन गरेलगत्तै स्वदेशी तथा विदेशी यात्रु बोकेर पोखराको लागि बा १ प १३६३ नंको पहिलो बस सूर्यविनायकबाट गुडेको थियो । ब्यास ट्राभल एण्ड टुर प्रालिले पहिलो पटक भक्तपुरबाट पोखरा सिधा सब सेवा सञ्चालन गरेको हो ।

अब दैनिक बिहान ६ः३० बजे सूर्यविनायकबाट पोखराको लागि बस गुड्ने र सोही समयमा पोखराबाट अर्को बस भक्तपुरका लागि गुड्ने प्रालिका निर्देशक दीपक भट्टराईले जानकारी दिए । भक्तपुरबाट पोखराका लागि दुई वटा बस सञ्चालनमा ल्याएको बताउँदै उहाँले यात्रुको संख्या बढेमा अरु बस थप गर्दै लैजाने बताए । बसभित्रै शौचालय, वाइफाइलगायतको सुविधा सम्पन्न बसले प्रतियात्रु रु ८०० को टिकट निर्धारण गरेको छ । बस सूर्यविनायकबाट छुटेर यात्रु लिँदै कोटेश्वर, बानेश्वर, माइतीघर, ठमेल, सोह्रखुट्टे, कलंकी हुँदै पोखरा जाने छ । प्रालिका सञ्चालक आशुतोष प्रधानले भक्तपुरदेखि बन्दीपुर र पोखरासम्मको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न बस सेवाले टेवा पु¥याउने बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Siva Baburam Lamichhane

    यहि होला सुल सुले रेल

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली र प्रचण्डबीच वार्ता- यी हुन् प्याकेज छलफलका एजेन्डा
प्रधानमन्त्री ओली र प्रचण्डबीच वार्ता- यी हुन् प्याकेज छलफलका एजेन्डा
राम कार्कीको बाचाः झापाका सडक अफ्रिकन सुन्दरीको गालाजस्तै बनाउँछु !
राम कार्कीको बाचाः झापाका सडक अफ्रिकन सुन्दरीको गालाजस्तै बनाउँछु !
पीपीएल क्रिकेटः बुटवलको विजयी यात्रा जारी, आयोजक पोखरा ३३ रनले पराजित !
पीपीएल क्रिकेटः बुटवलको विजयी यात्रा जारी, आयोजक पोखरा ३३ रनले पराजित !
अस्टेलियाका उपप्रधानमन्त्रि सहित ५ संसद बर्खास्त
अस्टेलियाका उपप्रधानमन्त्रि सहित ५ संसद बर्खास्त
गोरखा–१ मा माओवादी केन्द्रको अग्रता, कसले कति मत ल्याए ?
निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनको परिणाम, सरकार गठनको बाटो खुला
निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनको परिणाम, सरकार गठनको बाटो खुला
प्रम ओलीले फेरि तत्काल सपथ लिनु नपर्ने
प्रम ओलीले फेरि तत्काल सपथ लिनु नपर्ने
विश्वकप क्रिकेटः नेपाल समूहमा रहेको दक्षिण अफ्रिकाकाको लगातार तेस्रो जित
विश्वकप क्रिकेटः नेपाल समूहमा रहेको दक्षिण अफ्रिकाकाको लगातार तेस्रो जित
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ
अर्थतन्त्रको कन्तबिजोक तथ्यांकमा छरपस्ट
अर्थतन्त्रको कन्तबिजोक तथ्यांकमा छरपस्ट

तपाईंले छुटाउनुभयो कि?