एमाले अध्यक्ष ओलीले गरे चार घोषणा, अब एमालेको सरकार

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २५, २०७४
|
|
२५ पटक हेरिएको
Shares
एमाले अध्यक्ष ओलीले गरे चार घोषणा, अब एमालेको सरकार

सारांश

  • काठमाडौं ।
  • प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तेस्रो चरणको स्थानीय चुनावमा आफ्नो पार्टी देशको पहिलो पार्टी बन्ने उद्घोष गरेका छन् ।
  • एपीवान टेलिभिजनलाई शनिबार राति विशेष अन्तरवार्ता दिँदै अध्यक्ष ओलीले प्रदेश नम्बर २ को चुनावमा नेकपा एमाले पहिलो पार्टी हुने उद्घोष गरेका छन् ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तेस्रो चरणको स्थानीय चुनावमा आफ्नो पार्टी देशको पहिलो पार्टी बन्ने उद्घोष गरेका छन् ।

एपीवान टेलिभिजनलाई शनिबार राति विशेष अन्तरवार्ता दिँदै अध्यक्ष ओलीले प्रदेश नम्बर २ को चुनावमा नेकपा एमाले पहिलो पार्टी हुने उद्घोष गरेका छन् ।

मंसिरपछि एमालेले बहुमतको सरकार बनाउने ओलीको दाबी छ । अध्यक्ष ओलीले मंसिरपछि सातैवटा प्रदेशमा एमालेको नेतृत्वमा प्रदेश सरकार बनाउने उद्घोष पनि गरे ।

यस्ता छन्, ओलीका चार घोषणाः 
१. प्रदेश नम्बर २ को चुनावमा नेकपा एमाले पहिलो पार्टी बन्छ ।
२. मंसिर १० गते हुने प्रतिनिधिसभा र मंसिर २१ गते हुने प्रदेश सभाका निर्वाचनमा एमाले बहुमतमा आउँछ । केन्द्रमा एमालेले बहुमतको सरकार बनाउँछ ।
३. सातै वटा प्रदेशमा एमालेले प्रदेश सरकार बनाउँछ ।
४. संघीय सरकार पनि एमालेले बहुमतका साथ बनाउँछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?