मध्यरातमा निगमले फेरि बढायो इन्धनमा मूल्य, हेर्नुहोस् नयाँ मूल्यसूची
सारांश
- काठमाडौँ, १७ पुस ।
- नेपाल आयल निगमले आज राति १२ बजेपछि लागू हुनेगरी फेरि इन्धनको मूल्य बृद्धि गरेको छ ।
- नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ ।
काठमाडौँ, १७ पुस । नेपाल आयल निगमले आज राति १२ बजेपछि लागू हुनेगरी फेरि इन्धनको मूल्य बृद्धि गरेको छ ।
नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु एक÷एक मूल्यवृद्धि गरिएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २५ र हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ३ बढाइएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु १०२, डिजेल र मट्टितेल प्रतिलिटर रु ७९÷७९, खाना पकाउने ग्याँस प्रति सिलिण्डर रु १ हजार ३ सय ७५ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ९० कायम गरिएको छ ।
भारतीय आयल निगमले आज नयाँ मूल्यसूची पठाएपछि इन्धनको मूल्य समायोजन गरिएको निगमको दावी छ ।
प्रतिक्रिया