बालुवाटार बैठक: प्रदेश राजधानी, प्रमुख र राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने सहमति

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २०, २०७४
|
|
२७ पटक हेरिएको
Shares
बालुवाटार बैठक: प्रदेश राजधानी, प्रमुख र राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने सहमति

सारांश

  • काठमाडौं, पुस २० ।
  •   प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको सर्वदलीय बैठक सकिएको छ ।
  • प्रदेश राजधानी, प्रदेश प्रमुख तोक्ने र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने विषयमा बोलाइएको सर्वदलीयमा प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकका विषय राख्दै सहमति जनाउन आग्रह गरेका थिए ।

काठमाडौं, पुस २० ।  प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको सर्वदलीय बैठक सकिएको छ । प्रदेश राजधानी, प्रदेश प्रमुख तोक्ने र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने विषयमा बोलाइएको सर्वदलीयमा प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकका विषय राख्दै सहमति जनाउन आग्रह गरेका थिए ।

कांग्रेस नेता रामचन्द्र पौडेलले नेताहरुले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषय सरकारको भएको भन्दै ती काम छिटो गर्न सुझाव दिएको बताए । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तोक्न पनि सरकारलाई दलका नेताहरुले सुझाव दिएका थिए ।

माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले चाडो प्रदेश प्रमुख र अस्थायी केन्द्रका बारेमा सरकारलाई निर्णयमा पुग्न सुझाव दिएको बताए । सर्वदलीय बैठकमा सहमति जुटाएर सरकारले आज बस्ने मन्त्रिपरिषद बैठकबाट प्रदेशको राजधानी, प्रदेशको प्रमुख र राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने निर्णयको तयारी गरेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेताहरु सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल, अग्नि खरेल, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, विजय गच्छदार, शशाङ्क कोइराला, कृष्ण सिटौला, माओवादी नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, संघीय फोरमका राजेन्द्र श्रेष्ठ, राजपाका महेन्द्र राय, राजेन्द्र महतो लगायतका नेताहरु सहभागी थिए । अस्वस्थताका कारण एमाले अध्यक्ष केपी ओली भने अनुपस्थित थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राेचक : ८२ वर्षीया दाजुले ७० वर्षीया बहिनीको गरे हत्या
राेचक : ८२ वर्षीया दाजुले ७० वर्षीया बहिनीको गरे हत्या
निर्मला हत्याको १५० दिनः प्रहरी अनुसन्धान असफल
निर्मला हत्याको १५० दिनः प्रहरी अनुसन्धान असफल
मतगणना पुनः सुरु गर्नेबारे छलफल सुरु
मतगणना पुनः सुरु गर्नेबारे छलफल सुरु
कांग्रेसका उम्मेद्वारः सभापतिका भतिजदेखि भाइबुहारीसम्म, छोरादेखि भतिजसम्म
कांग्रेसका उम्मेद्वारः सभापतिका भतिजदेखि भाइबुहारीसम्म, छोरादेखि भतिजसम्म
तरुण दलका अध्यक्षको गोली हानी हत्या
तरुण दलका अध्यक्षको गोली हानी हत्या
कोरोना रोकथाम र नियन्त्रणका लागि स्वयंसेवक परिचालन गर्दै युवा संघ, अध्यक्ष पौडेलद्वारा ८ बुँदे निर्देशन
कोरोना रोकथाम र नियन्त्रणका लागि स्वयंसेवक परिचालन गर्दै युवा संघ, अध्यक्ष पौडेलद्वारा ८ बुँदे निर्देशन
‘पत्रकारलाई कानुनबमोजिम सुविधा नदिए सरकारी सुविधा कटौती’
‘पत्रकारलाई कानुनबमोजिम सुविधा नदिए सरकारी सुविधा कटौती’
देवेन्द्र पौडेलको व्यक्तिगत विचार हुनसक्छ, तर पद लेनदेनका कारण पार्टी एकता रोकिँदैन : उपप्रधानमन्त्री महरा
देवेन्द्र पौडेलको व्यक्तिगत विचार हुनसक्छ, तर पद लेनदेनका कारण पार्टी एकता रोकिँदैन : उपप्रधानमन्त्री महरा
तोकिएको मितिमा चुनाव हुन्छ, तयार रहनुहोस् : नेम्वाङ
तोकिएको मितिमा चुनाव हुन्छ, तयार रहनुहोस् : नेम्वाङ
Nepali national cricket team leaves for Malaysia
Nepali national cricket team leaves for Malaysia

तपाईंले छुटाउनुभयो कि?