ढुंगाले टाउकोमा हानेर मारेपछि पानी खुवाउने यी कस्ता श्रीमान ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ११, २०७५
|
|
५९ पटक हेरिएको
Shares
ढुंगाले टाउकोमा हानेर मारेपछि पानी खुवाउने यी कस्ता श्रीमान ?

सारांश

  • पोखरा, ११ असाेज ।
  • पोखराको लेखनाथमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।
  • पोखरा महानगरपालिका वडा नम्बर ३२ खुदीको खोला भन्ने ठाउँका ५२ वर्षीय ऐनबहादुर गुरुङले ६० वर्षीया श्रीमती श्रीमाया गुरुङको ढुंगाले हानेर हत्या गरेका हुन् ।

पोखरा, ११ असाेज । पोखराको लेखनाथमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३२ खुदीको खोला भन्ने ठाउँका ५२ वर्षीय ऐनबहादुर गुरुङले ६० वर्षीया श्रीमती श्रीमाया गुरुङको ढुंगाले हानेर हत्या गरेका हुन् । श्रीमाया ऐनबहादुरकी कान्छी श्रीमती हुन् । जेठी श्रीमतीको यसअघि नै मृत्यु भइसकेको छ । उनको परिवारमा अन्य सदस्य नरहेको बताइएको छ ।

गुरुङलाई प्रहरीले बिहीबार विहान गगनगौंडाबाट पक्राउ गरेको छ । गएराति श्रीमतीको हत्या गरेर घरमै बसेका गुरुङ बिहीबार विहानै खोला तरेर गगनगौंडाफाँटमा डिलमुनी पराल मुनि लुकेर बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।गुरुङले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् । राति मादक पदार्थ सेवन गरेर घर जाँदा श्रीमतीसँग विवाद भएकाले हत्या गरेको उनले बताएका छन् । गएराति ९ बजे घर पुगेका गुरुङलाई श्रीमतीले ढिलो आएको भन्दै गाली गरेकी थिइन् । त्यसपछि उनले ढुंगाले तीन पटक टाउकोमा हान्दा श्रीमतीको मृत्यु भएको थियो । ढुंगाले हानेपछि मर्‍यो कि मरेन भनेर आफूले पानी खुवाएको तर नचलमलाएपछि आफू त्यही घरमा सुतेको उनको भनाइ छ । विहान भने पक्राउ पर्ने डरले खोला पारी गएर लुकेको उनले बताए ।

ऐनबहादुर घर बनाउने मिस्त्रीको काम गर्दछन् । श्रीमतीको हत्या गरेर गुरुङ फरार भएको सूचना पाएलगत्तै कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना, कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङसहित विशेषज्ञ र कुकुरसहितको टोली खोजीमा खटिएको थियो । हत्या गरेर फरार रहेको खबर आएको दुई घण्टा भित्रै आफूहरुले गुरुङलाई पक्राउ गर्न सफल भएको प्रवक्ता गुरुङले बताए ।
गुरुङलाई डिलमुनी लुकिरहेको अवस्थामा प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदीले पक्राउ गरेका थिए । शंका लागेर खोज्दै जाँदा डिलमुनी पराल ओढेर बसिरहेको अवस्थामा देखेपछि आफूले पक्राउ गरेको सुवेदीले बताए । कास्की प्रहरीलाई यो लगातार दोस्रो सफलता हो । यसअघि पोखरा २२ पुम्दीभुम्दीको कोदीमा श्रेया सुनारको हत्यामा संलग्न कुसुम पौडेललाई समेत प्रहरीले २४ घण्टाभित्रै पक्राउ गर्न सफल भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीको ‘एण्टिबडी’ नष्ट गरिदै
प्रधानमन्त्री ओलीको ‘एण्टिबडी’ नष्ट गरिदै
सप्तरीको खडक नगरपालिका मेयरमा माओवादी विजयी
सप्तरीको खडक नगरपालिका मेयरमा माओवादी विजयी
मध्यपहाडी लोकमार्गको बेहाल
मध्यपहाडी लोकमार्गको बेहाल
तनहुँ–१ का कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन
तनहुँ–१ का कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन
अग्नि नियन्त्रणमा सहयोग पु-याउन ‘फायर हाइड्रेन्ट’ जडान
अग्नि नियन्त्रणमा सहयोग पु-याउन ‘फायर हाइड्रेन्ट’ जडान
वर्ल्ड लिंकको रिपिटर टावरमा तोडफोड
वर्ल्ड लिंकको रिपिटर टावरमा तोडफोड
कसरी यी ६ वर्षीय बालकले कमाउछन बर्षमा  १ अर्ब १२ करोडभन्दा धेरै ?
कसरी यी ६ वर्षीय बालकले कमाउछन बर्षमा १ अर्ब १२ करोडभन्दा धेरै ?
केन्यामा निर्वाचन हुन बाँकी भएका ठाउँमा पनि चाँडै निर्वाचन गर्ने तयारी
केन्यामा निर्वाचन हुन बाँकी भएका ठाउँमा पनि चाँडै निर्वाचन गर्ने तयारी
क्याल्सियम कार्बाइड प्रयोगबाट पाकेको केरा स्वास्थ्यलाई हानिकारक
क्याल्सियम कार्बाइड प्रयोगबाट पाकेको केरा स्वास्थ्यलाई हानिकारक
शेरबहादुर देउवा पनि मुछिए बालुवाटार जग्गा काण्डमा, जग्गा व्यक्तिको नाममा जानुमा देउबा जिम्मेवार