गोविन्द केसी पक्राउ परे कांग्रेसले देखायो गाईजात्रा
सारांश
- काठमाडौं, २५ पुस ।
- न्यायालयको मानहानी भएको भन्दै डा.
- गोविन्द केसीलाई पक्राउ पुर्जी काटेको केही समयमै प्रहरीले डा.
काठमाडौं, २५ पुस । न्यायालयको मानहानी भएको भन्दै डा. गोविन्द केसीलाई पक्राउ पुर्जी काटेको केही समयमै प्रहरीले डा. गोविन्द केसीलाई पक्राउ गरेको छ । उनको पक्राउ प्रकरणमा नेपाली कांग्रेसले भने रमाइलो गाईजात्रा देखाएको छ ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसकै सभापति शेरबहादुर देउवा मुलुकको कार्यकारी प्रधानमन्त्री पदमा छन् । यद्यपि उनैलाई डा. गोविन्द केसी पक्राउ परेको कुरा थाहा छैन । प्रधानमन्त्री शेरबहादुर देउवा गोविन्द केसी पक्राउ परेको समाचार सुनेर रिसाएको विभिन्न सञ्चारमाध्यमहरुले लेखिसकेका छन् ।
उता, सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुली नेपाल विद्यार्थी संघका पूर्वनेता हुन् । यता डा. गोविन्द केसी पक्राउ परेको घटनालाई विरोध गर्दै युवा नेता गगन थापा सडकमा निस्किसकेका छन् । नेता थापाले आफूलाई समेत पक्राउ गर्न चेतावनी दिइसकेका छन् । यी घटनाक्रमहरुले कांग्रेसले देखाएको गाईजात्रा हो वा अरु केही ? सर्वत्र चासोको विषय बनेको छ ।
प्रतिक्रिया