ब्यारेकभित्रै गोली हानी सेनाका जवानले गरे आत्महत्या

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २१, २०७५
|
|
३१ पटक हेरिएको
Shares
ब्यारेकभित्रै गोली हानी सेनाका जवानले गरे आत्महत्या

सारांश

  • काठमाडौं ।
  • कञ्चनपुरको सेनाको बाहिनीमा कार्यरत एक जवानले आत्महत्या गरेका छन् ।
  • कन्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका हुन् ।

काठमाडौं । कञ्चनपुरको सेनाको बाहिनीमा कार्यरत एक जवानले आत्महत्या गरेका छन् । कन्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका हुन् ।

ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन । जवान खड्का जाजरकोटको छेरा गाउँपालिका–१ का निवासी हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले प्रारम्भिक अनुसन्धानको कार्य भइरहेको बताए । आत्महत्या गर्न प्रयोग गरिएको बन्दुक परीक्षणका लागि पठाएको बताए ।
के कारण आत्महत्या गरेको भन्नेबारे अनुसन्धान भइरहेको बताए । खड्काको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?