सत्तारुढ नेकपाकै केन्द्रीय सदस्य प्रहरी मोस्ट वान्टेडमा, समाउला त प्रहरीले ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ६, २०७६
|
|
२० पटक हेरिएको
Shares
सत्तारुढ नेकपाकै केन्द्रीय सदस्य प्रहरी मोस्ट वान्टेडमा, समाउला त प्रहरीले ?

सारांश

  • सत्तारुढ दल नेकपाकै एक केन्द्रीय सदस्य प्रहरीको ‘वान्टेड’ सूचीमा परेका छन्।
  • तत्काल कुनै अपराध गरेर होइन, २५ वर्ष अगाडिको एउटा मुद्दामा प्रहरीले ति केन्द्रीय सदस्यलाई प्रक्राउ पुर्जी जारी गरेको हो ।
  •  ति केन्द्रीय सदस्य हुन्, दोलखा गौरीशंकर गाँउपालिका(१ का गंगा कार्की (विश्व)।

सत्तारुढ दल नेकपाकै एक केन्द्रीय सदस्य प्रहरीको ‘वान्टेड’ सूचीमा परेका छन्। तत्काल कुनै अपराध गरेर होइन, २५ वर्ष अगाडिको एउटा मुद्दामा प्रहरीले ति केन्द्रीय सदस्यलाई प्रक्राउ पुर्जी जारी गरेको हो । ति केन्द्रीय सदस्य हुन्, दोलखा गौरीशंकर गाँउपालिका(१ का गंगा कार्की (विश्व)। उनीसँगै दोलखा नेकपाका नेता शंकर लामालाई पनि पक्राउ पुर्जी प्रहरीले जारी गरेको नेता कार्कीले बताए । २०५२ साल माघ २ गते तत्कालीन माओवादीले ‘जनयुद्द’ सुरु गर्ने बेला पार्टी नीति अनुसार नै कब्जामा लिएको विस्फोटक पदार्थलाई आधार बनाई ‘खरखजना चोरी मुद्दा’ मा प्रहरीले अहिले कार्की र लामालाई पक्राउ पुर्जी जारी गरेको हो ।

दोलखा चरिकोट बजारमा सडक निर्माणमा प्रयोगका लागि राखिएको ४२ हजार ७ सय डिटोनेटर, तीन क्विन्टल फ्यूज र ३ वाकस जिलेटिन त्यक्तिबेला तत्कालीन माओवादीले कब्जामा लिएको थियो ।

त्यही विस्फोटक पदार्थको प्रयोग गरी माओवादीले २०५२ फागुन १ मा कतिपय स्थानमा विस्फोट गराएको थियो र जनयुद्दको उद्घोष गरेको थियो ।

०५३ जेठमै उक्त विस्फोटक पदार्थ चोरी गरेको अभियोगमा माओवादी नेता पूर्णबहादुर खड्का, हेमबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुसहित रितबहादुर खड्का (युद्धकै क्रममा मारिएका माओवादी केन्द्रीय सदस्य), गंगा कार्की (विश्व) र शंकर लामालाई प्रहरीले मुद्दा चलाएको थियो ।

प्रक्राउ परेका दुई जनाले दोलखा जिल्ला अदालतको आदेशमा १० वर्षको कैद भुक्तान गरेका थिए। अहिले त्यही आधारमा कार्की र लामालाई फैसला कार्यान्वयनको नाममा प्रहरीले वारेन्ट पुर्जी जारी गरेको हो ।

‘म गाउँमा थिइन्, प्रहरीहरु पुगेर मेरो नाममा पक्राउ पुर्जी जारी गरेछन्,’ नेता कार्कीले अन्नपूर्णसँग भने,‘सरकार अहिले नेकपाकै छ । सरकारको गृहमन्त्रीमा त्यसबेला युद्धका नेतृत्वकर्ता मध्येका एक रामबहादुर थापा (बादल) छन्। तर पनि पार्टी नीतिमा भएको उक्त विस्फोटक पदार्थ कब्जाको मुद्धामा अहिले हामीलाई पक्राउ पुर्जी जारी गरेर दुःख दिने नियत राखिएको छ।’

प्रहरीले वारेन्ट पुर्जी जारी गरिएका कार्की र लामा दुवैको सम्पत्ति रोक्का गरेको छ। प्रक्राउ पुर्जी जारी भएपछि नेता कार्कीले यस विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामवहादुर थापा ‘बादल’ र स्थायी समिति सदस्य हरिवोल गजुरेललगायत नेतालाई जानकारी गराएका छन्।

दाहाल र थापाले सत्य निरुपण आयोगले यो मुद्दालाई किनारा लगाउने आश्वासन दिएको कार्कीले बताए । अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?