देशभरका शिक्षाविद् बुटवलमा जुट्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
४६ पटक हेरिएको
Shares
देशभरका शिक्षाविद् बुटवलमा जुट्दै

सारांश

  • खस्यौली, २ पुस , बुटवल उपमहानगरपालिकामा देशभरका शिक्षाविद्को जमघट हुने भएको छ ।
  • अबको शैक्षिक पाठ्यक्रमका विषयमा बहस चलाउने र तीन तहका सरकारको खाकामा शिक्षाविद्ले जमेर छलफल गर्ने बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
  • यस जमघटको लागि तयारी समिति गठन गर्दै बुटवल उपमहानगरपालिकाले वृहत शैक्षिक सङ्गोष्ठी नाम दिएको कार्यक्रम मुलुकमा पहिलो पटक हुन लागेको दाबी गरिएको छ ।

खस्यौली, २ पुस , बुटवल उपमहानगरपालिकामा देशभरका शिक्षाविद्को जमघट हुने भएको छ । अबको शैक्षिक पाठ्यक्रमका विषयमा बहस चलाउने र तीन तहका सरकारको खाकामा शिक्षाविद्ले जमेर छलफल गर्ने बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

यस जमघटको लागि तयारी समिति गठन गर्दै बुटवल उपमहानगरपालिकाले वृहत शैक्षिक सङ्गोष्ठी नाम दिएको कार्यक्रम मुलुकमा पहिलो पटक हुन लागेको दाबी गरिएको छ ।

सीपमूलक विषयसहितको अबको शैक्षिक पाठ्यक्रम कस्तो बनाउने र जनशक्ति उत्पादन तथा व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा खाका तयार पार्न यस्तो शैक्षिक सङ्गोष्ठीको तयारी भइरहेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिव सुवेदीले जानकारी दिनुभयो ।

स्थानीय, प्रादेशिक तथा राष्ट्रियस्तरका पाठ्यक्रममा मौलिकताको शिक्षा जोड्ने र कक्षा ९–१२ को सीपमूलक विषयलाई समेत कसरी परिमार्जन गर्ने भन्ने विषयमा उपमहानगरले एउटा खाका तयार पारेर प्रस्तुत गर्ने छ । उपमहानगरपालिकाले नगर शिक्षा योजना निर्माण गर्नेदेखि मावि तहको सीपमूलक विषय, स्थानीय तहको पाठ्यक्रम बनाउन विज्ञहरुको समिति पनि गठन भइसकेको प्रमुख सुवेदीले बताउनुभयो ।

‘‘शिक्षक, प्रध्यापक, इञ्जिनीयर, डाक्टर, वैज्ञानिक, प्राविधिक, कलाकार, प्रशासक, कृषकलगायतका शैक्षिक जनशक्ति उत्पादन गर्ने भरपर्दो आधार शिक्षा नै हो’’ प्रमुख सुवेदीले भन्नुभयो, “विज्ञान, खोज, अनुसन्धानका साथै प्राप्त भएका वस्तुको उपयोग, प्रशोधन र व्यवसायीकरणको बाटा र पाटालाई शिक्षाले सम्बोधन गर्नुपर्ने छ ।” यस्का लागि विज्ञहरुको समिति गठन भइसकेको छ ।

शिक्षाविद् रामलाल श्रेष्ठको संयोजकत्वमा गठन भएको समितिमा विज्ञहरु आनन्दमानसिंह शाक्य, रामकृष्ण पछाइँ, तारा पाण्डे, घनश्याम पाठक तथा प्रेमबहादुर बस्नेत रहनुभएको छ । यस्तो कार्यदलका सदस्य सचिव तथा शिक्षा महाशाखा प्रमुख उपसचिव लोकराज पन्थीले समितिले काम शुरु गरिसकेको जानकारी दिनुभयो ।

नगर शिक्षा योजना निर्माण कार्यदल, स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी उपसमिति, सीपसँग सम्बन्धी कार्यपत्र निर्माण उपसमितिसमेत गठन भइसकेको शिक्षा महाशाखा उपसचिव पन्थीले जानकारी दिनुभयो । यी समितिले तीन महीनाभित्रमा सबै काम सक्नेछन् । सीपयुक्त र दक्षशक्तिको जगबाट नै बुटवलको समृद्धि हुने सबैको ठहर रहेकोले शैक्षिक सङ्गोष्ठी प्रभावकारी हुने बुटवलका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल बताउनुहुन्छ ।
नगर शिक्षा योजना कार्यदल
बुटवल उपमहानगरपालिकाले नगर शिक्षा योजना बनाउनका लागि कार्यदल गठन गरेको छ । विज्ञ छवि नेपालको संयोजकत्वमा गठन भएको समितिमा डबल विसी, कृष्ण मल्ल, हेमबहादुर क्षेत्री, कुलराज शर्मा र गोविन्द ज्ञवाली रहनुभएको शिक्षा महाशाखा प्रमुख पन्थीले बताउनुभयो ।
यो उपसमितिले कान्ति माविमा रहेको स्रोत केन्द्रको भवनमा कार्यालयसमेत स्थापना गरेर काम शुरु गरिसकेको छ । सामुदायिक र संस्थागत दुबै विद्यालयलाई यो समितिमा समेटिएको छ ।
बुटवल उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माणसम्बन्धी कार्यदल बनेको छ । उक्त समितिमा बुद्धिसागर भट्टराई, राजेन्द्रकुमार आचार्य, टीकाराम न्यौपाने, धनीश्वर गौतम, रुद्रलाल उपाध्याय र मोतिराज पौडेल रहनुभएको छ ।
बुटवल उपमहानगरपालिकाले नगरपालिका भरमा रहेका संस्थागत र सामुदायिक विद्यालयमा एउटै पोशाक बनाउने तयरी गरेको छ । शैक्षिकस्तरको न्यूनतम मापदण्डसमेत तोकेर सबै विद्यालयमा शिक्षक र विद्यार्थीको पोशाक एकै खालको बनाउने गरी तयारी गरिएको प्रमुख सुवेदीले बताउनुभयो ।
बुटवल उपमहानगरपालिकामा सामुदायिक विद्यायलको संख्या ३८ रहेको छ । यहाँ बालविकास केन्द्र, सामुदायिक सिकाइ केन्द्र, मदरसा, गुरुकुलसमेत सञ्चालित छन् । यस्तै विभिन्न तहका कक्षा सञ्चालन गर्ने संस्थागत विद्यालयको सङ्ख्या ५८ रहेको छ । सामुदायिक र संस्थागत विद्यालयमा सिकाइ केन्द्रदेखि कक्षा १२ सम्मका कुल विद्यार्थीको सङ्ख्या ५७ हजार ५०० सात रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिसिक्यामेरा बिग्रिएर काम गर्न छाडेको महिनौ भइसके पनि अझै मर्मत हुन सकेनन ।
सिसिक्यामेरा बिग्रिएर काम गर्न छाडेको महिनौ भइसके पनि अझै मर्मत हुन सकेनन ।
तनहुँको आफै घण्ट हल्लिने अनौठो मन्दिर
तनहुँको आफै घण्ट हल्लिने अनौठो मन्दिर
नहेरे पछि परिन्छ यी हुन् २०१८ का पाँच उत्कृष्ट विदेशी फिल्म
नहेरे पछि परिन्छ यी हुन् २०१८ का पाँच उत्कृष्ट विदेशी फिल्म
सरकार नै सूचनाको हक कार्यान्वयनमा सकारात्मक छैन : आयुक्त तिम्सिना
सरकार नै सूचनाको हक कार्यान्वयनमा सकारात्मक छैन : आयुक्त तिम्सिना
विदेश जाने कर्मचारीको विवरण वेबसाइटमा राख्नुपर्ने कानूनी व्यवस्था लागु हुन सकेन !
विदेश जाने कर्मचारीको विवरण वेबसाइटमा राख्नुपर्ने कानूनी व्यवस्था लागु हुन सकेन !
साफ च्याम्पियनसिप फुटबलः नेपालकाे शानदार जित, भुटान ४-० ले पराजित !
साफ च्याम्पियनसिप फुटबलः नेपालकाे शानदार जित, भुटान ४-० ले पराजित !
समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा छौंः अध्यक्ष प्रचण्ड
समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा छौंः अध्यक्ष प्रचण्ड
Bill Maher says his Trump-orangutan jokes are not the same as Roseanne’s ‘ape’ tweets
Bill Maher says his Trump-orangutan jokes are not the same as Roseanne’s ‘ape’ tweets
विद्यालय गएकी बालिका १३ दिनदेखि बेपत्ता
विद्यालय गएकी बालिका १३ दिनदेखि बेपत्ता
पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्छः सभामुख महरा