आयुर्वेद औषधालयका लागि एक व्यक्तिले निःशुल्क जग्गा प्रदान गरे

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २३, २०७३
|
|
९२४ पटक हेरिएको
Shares
आयुर्वेद औषधालयका लागि एक व्यक्तिले निःशुल्क जग्गा प्रदान गरे

सारांश

  • सप्तरीको प्रसवनी गाविसस्थित आयुर्वेद औषधालयका लागि एक व्यक्तिले निःशुल्क जग्गा प्रदान गरेका छन्  ।
  • प्रसवनी गाविस–८ निवासी बद्रीनारायण यादवले रु पाँच लाख मूल्य पर्ने ११ धुर जग्गा निःशुल्क प्रदान गरेका हुन्  ।
  • यादवले प्रदान गरेको जग्गा प्रसवनी आयुर्वेद औषधालयको नाममा नामसारी समेत भइसकेकाले अब त्यहाँ आयुर्वेद औषद्यालय खुलेमा हजारौँ जनता लाभान्वित हुने छन् ।

सप्तरीको प्रसवनी गाविसस्थित आयुर्वेद औषधालयका लागि एक व्यक्तिले निःशुल्क जग्गा प्रदान गरेका छन्  ।

प्रसवनी गाविस–८ निवासी बद्रीनारायण यादवले रु पाँच लाख मूल्य पर्ने ११ धुर जग्गा निःशुल्क प्रदान गरेका हुन्  ।

यादवले प्रदान गरेको जग्गा प्रसवनी आयुर्वेद औषधालयको नाममा नामसारी समेत भइसकेकाले अब त्यहाँ आयुर्वेद औषद्यालय खुलेमा हजारौँ जनता लाभान्वित हुने छन् ।
सप्तरी जिल्लामा एक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र सात वटा आयुर्वेद औषद्यालय रहेको बताइएको छ जसमा प्रसवनीसहित तीनवटा औषद्यालयको आफ्नै जग्गा छ भने एउटा औषद्यालयको जग्गासहित आफ्नै भवन रहेको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?