एसियाड फुटबल मा नेपाल जापानसंग १-० ले पराजित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
१८ पटक हेरिएको
Shares
एसियाड फुटबल मा नेपाल जापानसंग १-० ले पराजित

सारांश

  • काठमाडौं साउन ,२९।
  •   १८ औं एसियन गेम्सअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
  • मंगलबार भएको खेलमा नेपाली यु–२३ टोली जापानको यु–२१ टोलीसंग १-० ले स्तब्ध हुन पुग्यो ।

काठमाडौं साउन ,२९।  १८ औं एसियन गेम्सअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा नेपाल पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाली यु–२३ टोली जापानको यु–२१ टोलीसंग १-० ले स्तब्ध हुन पुग्यो ।

सिकाराङस्थित विबावा मुक्ति रंगशालामा आज भएको समूह ‘डी’ को पहिलो खेलमा खेल सुरु भएको सातौं मिनेटमा नै जापानका लागि मिटोमा काउरुले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलमा कुनै गोल भएन र एक गोल नै जापानलाई जित दिलाउन पर्याप्त रह्यो । पूरै समय नेपालमाथि हावी देखिएको जापानले जापानले भने नेपालको पोस्टमा निरन्तर आक्रमण गरेको थियो । नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले गोल हुने सम्भावित प्रहारलाई बचाउदै जापानको अग्रता बढाउन दिएनन् । नेपालले बलियो जापानविरुद्धको खेलमा एकपटक मात्र पोस्ट आक्रमण बुनेको थियो ।इन्डोनेसियामा आगामी भदौ २ देखि औपचारिकरुपमा उद्घाटन हुने १८ औँ एशियाली खेलकूदको फुटबलतर्फकको प्रतिस्पर्धा भने अहिले चलिरहेको छ । थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण सकेर इन्डोनेसिया पुगेको नेपाली टोलीले मंगलबार जापानसँग खेल्दै एसियन गेम्सको शुरुवात गरेको हो ।

किरण चेम्जोङको कप्तानीमा रहेको नेपाली टोलीमा अभिषेक रिजाल, आदित्य चौधरी, एलेन न्यौपाने, अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, बिशाल राई, दिनेश राजवंशी, गौरव बुढाथोकी, हेमन गुरुङ, हेमन्त थापामगर, कमल श्रेष्ठ, रोहित चन्द, सोजित गुरुङ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, तेज तामाङ र छिरिङ गुरुङ रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?