सप्तरीको महादेवामा मत खसेन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
२१ पटक हेरिएको
Shares
सप्तरीको महादेवामा मत खसेन

सारांश

  • २१ मंसिर, सप्तरी ।
  • सप्तरीको महदेवा गाउँपालिकाको महदेवास्थित प्रावि केन्द्रमा विहीबार मध्यान्हसम्म कुनै पनि मतदाताले मतदान नगरेको मतदान अधिकृत धनेश्वर साहले बताएका छन् ।
  • मतदान गराउने कर्मचारी र सुरक्षाकर्मीहरु बिहानैदेखि यहाँ तयारी अवस्थामा बसे पनि कुनै मतदाता मत खसाल्न नआएको उनले बताए ।

२१ मंसिर, सप्तरी । सप्तरीको महदेवा गाउँपालिकाको महदेवास्थित प्रावि केन्द्रमा विहीबार मध्यान्हसम्म कुनै पनि मतदाताले मतदान नगरेको मतदान अधिकृत धनेश्वर साहले बताएका छन् ।

मतदान गराउने कर्मचारी र सुरक्षाकर्मीहरु बिहानैदेखि यहाँ तयारी अवस्थामा बसे पनि कुनै मतदाता मत खसाल्न नआएको उनले बताए । यो मतदान केन्द्रमा ९ सय ६० मतदाता छन् ।

स्थानीय मतदाता रामचरित्र मण्डलले यत्रो दिन मत खसाले पनि जितेकाहरुले कुनै चासो नलिएको र गाउँको विकासमा ध्यान नदिएकाले यसपटक मतदान नगरेको बताए । उनले पुरै गाउँलेको निर्णयमा कसैले पनि मतदान नगरेको सुनाए ।

यसअघि ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइतको गाउँ त्रिकौलमा पनि कसैले मतदान गरेका थिएनन् । यो महादेवा गाउँमा सिके राउतको घर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?