२ लाख आप्रवासी फर्काउदै अमेरिका
सारांश
- अमेरिकामा बस्दै आएका दुई लाख आप्रवासीलाई आफ्नो मुलुक फर्कन ट्रम्प प्रशासनले निर्देशन दिएको छ ।
- अमेरिकामा आप्रवासीको चाप रोक्न लिइएको संकल्प अनुरुप राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो पटक मध्य अफ्रिकी मुलुक एल साल्भाडोरका दुई लाख नागरिकलाई अमेरिकाबाट फर्काउने प्रक्रिया सुरु गरेका हुन् ।
- अमेरिकामा एल साल्भाडोरका आप्रवासी दुई लाखको हाराहारीमा छन् ।
अमेरिकामा बस्दै आएका दुई लाख आप्रवासीलाई आफ्नो मुलुक फर्कन ट्रम्प प्रशासनले निर्देशन दिएको छ । अमेरिकामा आप्रवासीको चाप रोक्न लिइएको संकल्प अनुरुप राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो पटक मध्य अफ्रिकी मुलुक एल साल्भाडोरका दुई लाख नागरिकलाई अमेरिकाबाट फर्काउने प्रक्रिया सुरु गरेका हुन् । अमेरिकामा एल साल्भाडोरका आप्रवासी दुई लाखको हाराहारीमा छन् । सन् २००१ मा लगातार आएको भूकम्पपछि अमेरिका प्रवेश गरेका उनीहरुलाई मानवतावादी कार्यक्रम ‘टेम्पेररी प्रोटेक्टेड स्ट्याटस’ (टीपीएस) दिइएको थियो ।

उनीहरुलाई सन् २०१९ सम्ममा स्वदेश फर्कने समयसीमा तोकिएको छ । सो अवधिभित्र नफर्किएमा गिरफ्तार गरी कानुनअनुसार कारवाही हुने जनाइएको छ । ट्रम्प प्रशासनले यसअघि निकारागुवा र हाइटीका हजारौं आप्रवासीको टीपीएस सुरक्षा फिर्ता लिएको थियो । सन् १९९० मा सुरु गरिएको टीपीएस कार्यक्रमअन्तर्गत विभिन्न मुलुकका आप्रवासीलाई कानुनी रुपमा अमेरिकामा बस्न र काम गर्ने अधिकार दिइन्छ ।
कानुनी रुपमा वा गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने सबैलाई यो कार्यक्रम अन्तर्गत सम्बोधन गरिन्छ । यस्तो अधिकार सशस्त्र संघर्ष, प्राकृतिक विपद वा महामारीबाट प्रभावित मुलुकका नागरिकले मात्र प्राप्त गर्दछन् । अमेरिकामा एल साल्भाडोरका दुई लाख नागरिक रहेका छन्, जो टीपीएस पाउने सबैभन्दा ठूलो समूह हो ।
प्रतिक्रिया