‘ब्रेक फेल’ भएपछि बस दुर्घटनामा, ४२ जना घाइते
सारांश
- कास्की ।
- पोखरा महानगरपालिका-२६ लेखनाथ डाँडाको नाक प्रहरी चौकी अगाडि बस दुर्घटना भएको छ ।
- दुर्घटनामा चालकसहित ४२ जना घाइते भएका छन् ।
कास्की । पोखरा महानगरपालिका-२६ लेखनाथ डाँडाको नाक प्रहरी चौकी अगाडि बस दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित ४२ जना घाइते भएका छन् । पोखरा विश्वविद्यालयबाट पोखरा आउँदै गरेको ग१ख ६७४७ नम्बरको बस दुर्घटनामा परेको हो ।
घाइतेहरूको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्कीका प्रहरी प्रमुख अजय केसीले बताए । ुब्रेक फेलु भएपछि बस सडकबाट खोल्सामा खसेको चालकले बताएका प्रहरी प्रमुख केसीको भनाइ छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया