काठमाडौंका यी भित्री शहरमा चारपांग्रे सवारी साधन निषेध
सारांश
- काठमाडौं ।
- काठमाडौं महानगरपालिकाले आगामी माघ २ गतेबाट लागु हुनेगरी काठमाडौंका भित्री शहरमा चारपांग्रे सवारीसाधन प्रवेशमा निषेध गर्ने भएको छ ।
- सम्पदाले भरिपूर्ण क्षेत्रमा सवारीसाधनको भीड बढेपछि जनप्रतिनिधिहरुले यहाँका भित्री सहर र पर्यटकीय क्षेत्रमा चारपाङ्ग्रे सवारीसाधन प्रवेशमा निषेध गरेका हुन् ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी माघ २ गतेबाट लागु हुनेगरी काठमाडौंका भित्री शहरमा चारपांग्रे सवारीसाधन प्रवेशमा निषेध गर्ने भएको छ ।
सम्पदाले भरिपूर्ण क्षेत्रमा सवारीसाधनको भीड बढेपछि जनप्रतिनिधिहरुले यहाँका भित्री सहर र पर्यटकीय क्षेत्रमा चारपाङ्ग्रे सवारीसाधन प्रवेशमा निषेध गरेका हुन् ।
“चारपांग्रे प्रवेशमा रोक लगाएपछि यहाँका प्रत्येक पसलमा सहजरुपमा पर्यटक पुग्न सक्छन्”, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले भनिन् ।
काठमाडौंका बसन्तपुर, ठैंटी, असन, भोटाहिटी, इन्द्रचोक, मच्छिन्द्रबहाल, भेडासिंह, नरदेवी, एट्खा, त्यौड, ताम्सीपाखा, किलागल, टेंगल, बाङ्गेमुढा, नगल, थहिंटी, ज्वागल लगायतका भित्री क्षेत्रमा चारपांग्र सवारी साधन प्रवेश गर्न नपाउने उपमेयर खड्गीले जानकारी दिइन् ।
पर्यटक र स्थानीयको सहज आवागमनका लागि ल्याइएको यो नियम उल्लंघन गरेमा १ हजारसम्म जरिवाना गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक प्रहरी निरीक्षक बिदुरकुमार थापाले बताए । बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म यी सवारी साधनको प्रवेशमा रोक लगाइने बताइएको छ । यी क्षेत्रमा मोटरसाइकल र स्कुटर भने यथावतरुपमा प्रवेश गर्न पाउनेछन् ।
प्रतिक्रिया